बुद्धकालिन अवस्थाको छोटो परिचय

अाभा दुवाल अवाले

राज्यको सिमाना सदैब एउटै हुँदैन । समय र परिस्थिती अनुसार त्यो बदलिरहन्छ । विश्वको इतिहासको अध्ययन गर्ने हो भने तत्कालिन भूगोल र हालको अवस्थामा धेरै नै फरक आई सकेको पाइन्छ । भगवान बुद्धको समयमा पनि उहाँको जन्म र कर्मस्थान फरक फरक देशहरु भए पनि आवत जावतमा खासै ठूलो समस्या परेको देखिंदैन । उहाको जन्म हाल नेपालको कपिलवस्तु जिल्लाको लुम्बिनीमा भएको थियो ।
सनातन वैदिक धर्मले जरा गाडेको तत्कालिन समयमा केही नयाँ दर्शन र धर्महरु विस्तारै देखा पर्दै थियो । समग्रमा भन्नु पर्दा त्यो समय भनेको परम्परागत धर्म र दर्शनबाट अलि पर नयाँ विचारधाराहरुको प्रर्वतन र तिनीहरुको सम्बद्र्धनको समय थियो । जसले गर्दा समाजमा एक किसिमको अन्यौलको स्थिति सृजना भएको पाइन्छ । त्यस्तो समयमा बुद्धको आपैmले अनुभव गर्दै अपनाउने मध्यम मार्ग र आर्य अष्टांिगक मार्ग सहितको बुद्ध धर्मले साधारण जनता मात्रै होइन बुद्धिजिवी र राजाहरुलाई समेत अनुयायी बनाएको देखिन्छ । उहाँले पहिलो पटक धर्मोपदेश दिनु भएका पञ्चभद्रवर्गिय, अग्रश्रावकहरु सारीपुत्र र मौदगल्यायन, गया काश्यप, नदी काश्यप, उरुबेल काश्यप आदि विद्धानहरु मात्र होइन, मगधका राजा बिम्बिसार, कोशल नरेश आदिलाई भगवान बुद्धले ह्ृदय भित्रसम्मै गड्ने गरी बुझाउनु भई आपैmले अनुभव गराई बुद्ध धर्ममा दिक्षित गर्नुभयो । आप्mना गुरुहरु उद्दकरामपुत्र र आलारकालाम आदिको त्यस समयका वैदिक धर्म र विभिन्न धर्मगुरु अर्थात परिब्राजकहरु जसमा ६ तीर्थियहरु प्रमुख छन्ः पूरणकश्यप, मक्खली गोशाल, अजितकेशकम्बल, प्रकुधकात्यायन, निगण्ठ नाटपुत्र, सञ्जय बेलठ्ठपुत्र आदिको प्रभुत्व रहेको समयमा गौतम बुद्धको मध्यम मार्ग सहितको सरल र सहजै बुझिने बौद्ध दर्शनले जनमानसमा सजिलै प्रभाव पार्दै गएको देखिन्छ, जसले गर्दा बुद्ध धर्म छोटो समय मै तीब्र गतिमा प्रचार हुदैं गयो ।
त्यस समयमा आरामहरु अर्थात भिक्षु भिक्षुणीहरु बस्ने विहारहरु धेरै भएबाट यो भन्न सक्छौं कि प्रब्रजितहरुको संख्या हजारौंमा थियो जस्तै वेलुवनाराम, जेतवन विहार, पूर्वाराम विहार आदि । साहित्यमा यो पनि पढ्न पाइन्छ कि कपिलवस्तुबाट मात्रै पाँच सय शाक्य कुलपुत्रहरु प्रब्रजित भएका थिए र पछि महाप्रजापति गौतमीसँगै तिनीहरुका पाँचसय पत्नीहरु पनि प्रब्रजित भएका थिए । यति मात्र होइन बुद्धबाट प्रभावित भएका अन्य धर्मका गुरुहरु पनि आप्mना सयौं शिष्यहरुसँग प्रब्रजित भएको पाइन्छ । यी भिक्षु, भिक्षुणीहरुलाई जहाँ गए तापनि सहजै रुपले भिक्षा प्राप्त हुनाले यो पनि स्पष्ट हुन्छ कि तत्कालिन समयमा सधारण जन मानसमा बुद्ध धर्म प्रति श्रद्धा र आस्था थियो ।
१.१ राजनीतिक अवस्था
बुद्धकालिन समयमा साच्चै भन्ने हो भने राजनैतिक अवस्था उत्कृष्ट थियो भन्ने पुष्टि हुन्छ । बुद्धकालीन समय भनेको ई.पु. छैंठौं शताब्दी हो । जम्बु व्दीपमा त्यतिखेर १६ महाजनपदहरु थिए । बौद्ध ग्रन्थ अंगुत्तर निकाय अनुसार १६ महाजनपदहरु, १० गणतन्त्रहरु र ४ राज्यहरु थिए ।
१६ महाजनपदहरु निम्नानुसार थिएः
१) अंग २) मगध ३) काशी ४)कोशल ५) वज्जी
६) मल्ल ७) चेति ८) वशं (वत्स) ९) कुरु १०)पंचाल
११) मत्स १२) सुरसेन १३) अस्सक १४) अवन्ती १५)गान्धार १६) कम्बोज ।
४ राज्यहरु
१) मगध २) कोशल ३) वंश ४) अवन्ति
१० गणराज्यहरुः
१) साकिय २) मोरिय ३) कोलिय ४) बुलि ५) कालाम
६) विदेह ७) भग्ग ८) लिच्छवी ९) पावा मल्ल १०) कुशी नगर

सम्राटहरु वँशका आधारमा अर्थात बुवा पछि जेष्ठ पुत्रले शासनभार थाम्दै आउथ्यो भने अन्य प्रदेशहहरुमा जनताले चुनेर गण नायक वन्दै प्रमुख हुन्थ्यो । उनीहरुले जनचाहना अनुरुप शासन गर्दथ्यो । कपिलवस्तृुका राजा शुद्धोदन पनि गणराज्य प्रमुख थिए । हाल पाकिस्तान, अफगानिस्तान रहेको स्थानमा गान्धार, कम्बोज, तक्षशिला आदि शिक्षा र व्यापारका लागि प्रशिद्ध भए बाट पनि हामी भन्न सक्छौं, त्यसबेलाका शासकहरुले कुशलतापूर्वक शासन सञ्चालन गर्दै आएका थिए ।
१.२ बुद्धकालिन वाणिज्यको अवस्थाः
बुद्धले व्यापारी एवं उद्योगपतिहरुलाई नैतिक पक्ष उच्च राखेर इमान्दारिका साथ सेवा भावले व्यापार व्यवसायमा लाग्न शिक्षा दिनुभएको थियो । त्यतीखेरको वाणिज्यको अवस्था विकसित र समृद्ध थियो । बुद्धकालमा मगध (पाटलीपुत्र), कोशल, वंश र अवन्ती (उज्जैन), राज्यहरुलाई महाराराष्ट्र् भनिन्थ्यो । अंग देशको राजधानी चम्पा, मगधको राजधानी राजगृह, काशीको राजधानी वाराणसी, कोशलको राजधानी श्रावस्ती, वंशको राजधानी कौशाम्वी र साकेत यी ६ वटालाई महानगरमा गनिन्थ्यो । त्यस पछि प्रमुख व्यापारिक केन्द्रहरुमा तक्षशिला, बैशाली, मिथिला, आलवी, उज्जयिनी, सागल, सुंसुमारगिरि नगर, साकेत, इन्द्रप्रस्थ (दिल्ली), उक्कट्ठा, पाटलीपुत्र, जेत्तुत्तर, संकस्स र कुसिनाराआदि २० वटालाई लिइन्थ्यो ।
यी नगरहरुमा व्यापारको अवस्था एकदमै राम्रो थियो । जसमा कृषि पैदावार, खाद्यान्नहरु, धातुका विभिन्न सामानहरु, कपडा, माटाका विभिन्न भाँडाकुँडाहरु कृषि औचारहरु पशुपंक्षी, जडीबुटीहरु, काठका सामानहरु आदिको व्यापार हुने गर्दथ्यो । दीघ निकाय, सामञ्ञफलसुत्तमा २५ प्रकारका शिल्पकारहरुको वर्णन पाइन्छ । यिनीहरु बस्तु उत्पादन र सेवा कार्य गर्दथ्ये । प्रमुख व्यापारीहरुमा सेठ अनाथपिण्डिक, धनंञ्जय सेठ आदिको नाम अग्रस्थानमा आउंछ । त्यस समयमा व्यापारिक नगर(महानगरहरुको आर्थिक अवस्था धन(धान्यपूर्ण र समृद्ध थियो । श्रावस्ती नगरमा नपाइने बस्तु केही थिएन । वाराणसीको कला कौशल धन, वैभव अनुपम थियो । अर्थात भगवान् बुद्धको पालामा जनताको आर्थिक जीवन सुखी र संम्वृद्ध थियो ।
१.३ सामाजिक अवस्था
व्यक्ति व्यक्ति मिलेर परिवार बन्दछ र परिवार पछि समुदाय अनि समाज बन्दछ । समाजलाई व्यक्तिको आदर्श, दर्शन अनि मूल्य र मान्यताले असर पारी रहेको हुन्छ । बुद्धकालिन समाजको कुरा गर्ने हो भने त्यतिखेर पुरातन वैैदिक दर्शनको प्रभाव रहेको पाइन्छ । मानव समुदायलाई ४ वर्ण अर्थात ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रमा बाँडिएको थियो । ब्राम्हणलाई उच्च जातिको रुपमा लिइन्थ्यो । क्षत्रीयहरुमा( राजाहरु र आप्mनो बाहुबलले रक्षागर्न सक्ने जाति पर्दथ्यो जो विशेषतः सेनामा कार्य गर्दथ्यो । मिठो बोली र मेहनती भएको हुनाले वैश्यहरु व्यापारी भए । दैनिक जीवनका लागि अत्यावश्यक कार्य गर्ने व्यक्तिहरुलाई शुद्र भन्न थालियो । यिनीहरु बिना काम चल्दैनथ्यो तर यिनीहरुलाई नै हेपिने र दबाउने गर्न थालियो ।
त्यस्तो समयमा पनि भगवान बुद्धले मानव हित र सहअस्तित्वको नयाँ विचारधारालाई जनमानसमा पुर्याउनु भई मानव मात्रको कल्याणको बाटो देखाउनुभयो । एक पटक भगवान बुद्ध कोशल राज्यमा कोशल ब्राह्मणहरुको गाउँ मनसाकटमा बस्नुहुदाँ त्यस बखतका नामी धनी ब्राह्मणहरु जस्तै चड.की ब्राह्मण, तारुक्ष ब्राह्मण, जानुस्रोणी ब्राह्मण, तोदय्य ब्राह्मण आदिको प्रसंगबाट ब्राह्मणहरु समाजमा सम्मानित थिए भनि भन्न सक्दछौं । जसको उल्लेख तेजिज्ज सुत्तमा भएको पाइन्छ । त्यस समय वंशजको आधारमा जाति छुट्टिन्थ्यो । तर भगवानले त्यस्तो होइन, कर्मको आधारमा ब्राह्मण हुन्छ भन्ने नयाँ दर्शन प्रतिपादन गर्नुभयो । सुत्त निपातका अनुसार वसल सुत्रमा अग्गिक भारव्दाज ब्राम्हणलाई मान्छे ठूलो जन्मले होइन कर्मले हुन्छ भनि जातिवादलाई नकार्नु भयो । आनन्द स्थविरले चण्डालिकाको हातबाट पानी पिएकोबाट पनि पुष्टि हुन्छ कि बुद्धले मानिस जन्मले ठूलो हुने होइन, कर्मले ठूलो हुन्छ भन्ने कुरा प्रतिपादन गर्नु भएको थियो । कसि भारव्दाज सुत्रमा मेहनत गरेर खानु पदर्छ भनी कर्ममा जोड दिनुभयो भने मैत्री सुत्रमा सबै प्रति मैत्री भाव राखी स्मृतिपूर्वक बस्नुपर्छ भन्ने कुरामा जोड दिनुभयो ।
१.४ लैंगिक अवस्था
बौद्ध जगतमा जति नारी स्वतन्त्रता थियो( त्यो अन्य धर्म अपनाउनेहरुमा थिएन । अन्य धर्ममा बालविवाह, बहुविवाह आदिले भित्रैसम्म जरा गाडेको थियो । अन्य धार्मिक ग्रन्थहरुमा यो कुरा उल्लेख पाएको पाइन्छ । पुरातन कालमा श्री स्वस्थानी ब्रत कथामा ७ वर्षकी गोमा ब्राम्हणीको विवाह ७० वर्षको शीव शर्मा ब्राम्हणसंग भएको पाइन्छ । त्यस्तै महाभारतमा द्रौपदीको विवाह पाँच पाण्डवहरुसँग अनि रामायणमा राजा दशरथका चार चार पत्नीहरु भएकोबाट थाहा हुन्छ कि राजदरवारमा समेत बहुविवाह प्रचलनमा थिए ।
लैंगिकता कै कुरा गर्ने हो भने त्यस बखत बौद्ध जगतमा लैगिंक समानता थियो भनि भन्न सकिन्छ । बौद्ध महाउपासिका बिशाखालाई लिउँ( एक महिला भएर पनि तीनले आप्mनो सपरिवारलाई सद्धर्म सिकाई बौद्ध धर्म अपनाउन मात्र लगाइनन्, २७ करोड खर्चेर पूर्वाराम विहार बनाई दान गरी बौद्ध धर्म प्रचार र संरक्षणमा जीवन अर्पण गरिन् । सद्धर्ममा जान र उचित निर्णय गर्न उनलाई स्वतन्त्रता थियो । उत्तरा कै कुरा गर्ने हो भने आफुले सद्धर्म गर्दा आप्mना श्रीमान्को सेवाका लागि सिरिमा गणिकालाई केहि समयका लागि ल्याएकि थिइन् । एक गणिका भएर पनि आम्रपालीले बौद्ध जगतमा पुर्याएको योगदान अविस्मरणिय छ । बुद्धकालमा विभिन्न थेरीहरुले समाज सुधार्न र धर्म प्रचार गर्न गरेको योगदानको चर्चा थेरी गाथामा भएको पाइन्छ , जुन थेरीहरु कै सृजना मानिन्छ ।

उपसंहार
हाल बैज्ञानिक धर्मको रुपमा रहेको बुद्ध धर्म आजभन्दा करिव २६०० वर्ष अघि भगवान् बुद्धले प्रतिपादन गर्नुभएको थियो । तत्कालिन समयको राजनीतिक अवस्था, लैंगिक अवस्था आदि राम्रो भएकोले नै व्यवहारीक र बैज्ञानिक दर्शनको रुपमा बुद्ध धर्म पूmलको सुगन्ध भैm फैलन धेरै मद्दत पुगेको देखिन्छ ।

साभार : अानन्दभूमि