बुद्धको जीवनमा सारिपुत्र महास्थविरको सेवा

 

महास्थविर सारिपुत्र, बुद्धकालिन अतुलनीय तथागत सम्मासंबुद्ध भगवानको सासनमा, भगवान उपरान्त प्रज्ञामा एतअग्र, धर्मका सेनापति भगवानका दाहिने हात अग्र श्रावक महा स्थिविर सारिपुत्र अर्हन्त हुनुहुन्छ। गौतम बुद्ध भगवान उत्पन्न नहुँदै एकलाख कल्प पूर्व एक संख्या अन्तर्गत अनोमदस्सी बुद्धकालिन भगवानद्वारा गौतम बुद्ध भगवान कालिन समयमा प्रथम अग्र श्रावक हुनको निम्ति नियत ब्यादित् प्राप्त गर्नु भएको थियो।

राजगृह नाल ग्राम नामक उपतिस्स ब्राह्मण महासाल जातिय उपतिस्स मुखिया वङ्क पुण्णा (ब्राह्मण) र रूप सारि पुण्णे (ब्राह्मणी) का ७ जना छोरा छोरी मध्ये सबै भन्दा जेष्ठ पुत्र भएकाले उपतिस्स नामले प्रसिद्ध हुनु हुन्थ्यो। एक समय आफ्नो बालक कालिन अवस्था देखिका घनिष्ठ मित्र हुने कोलिक (मोद्गल्यान) युवा ब्राह्मण एक साथ रङ्गमञ्च प्रतियोगिताको प्रदर्शन गर्न वन मार्ग तर्फ जाँदा, दुबैमा सति संवेग जागेर तपस्या ध्यान आचरण गर्न संजय परिभोज कहाँ गएर सरण लिनु भयो।
त्यहाँ परिभोज कहाँ श्रावक शिक्षा लिनुहुँदा सहि सत्य धर्म प्राप्त गर्न नसकेपछि, पूर्णतया सन्तुष्टि हुनै सक्नु भएन र अन्त्यता, ” यदि हामी दुबैमा कसैले पनि सर्ब प्रथम सहि सत्यधर्म प्राप्त गर्ने छौं ? एक आपसमा अवस्य भन्ने छौं ” भनेर बाचा गरी सत्य धर्मको खोजीमा एक एक जना एक एक तर्फ लाग्नु भयो।
त्यस बेला भगवान राजगृह वेलुवन विहारमा पाल्नु भएको थियो। एक समय (महा सम्वत् १०३ बर्ष माघ महिना परेवा (प्रथम) तिथिको दिन) अस्सजित स्थिविर भिक्षाटन को लागि पाल्नु भएको थियी। उपतिस्स परिभोज ले अस्सजित स्थिविर लाई देखेर असाध्यै हर्ष पूर्वक आस्चर्य चकित भएर वहाँ भन्ते को धर्म बिषयको बारेमा, चरित्र वान आचरण बिषय बारेमा, उद्देश्य को बिषय बारेमा र गुरु को बिषय बारेमा परिक्षण गर्दै सोध्नुभयो।

 

त्यस बेला अस्सजित स्थिविर ले अतुलनीय तथागत सम्मा संबुद्ध भगवानको बिषय बारेमा, धर्म अनुसार आफैँ पनि आचरण गर्ने र त्यही प्रकारले श्रावक शिष्यहरूलाई पनि आचरण गर्न आग्रह गर्दै उपदेश गर्नु हुन्छ भन्ने कुराको ज्ञात भएपछि उपतिस्स ले केही धर्म देशना गर्न विन्ति चढाउनु भयो। अस्सजित स्थिविर भन्तेले आफु भिक्षु अथवा प्रव्रज्या हुनु भएको केहि समय मात्र भएको हुनाले थोरै मात्रामा देशना गर्न सक्ने बिषय बारेलाई व्यक्त गर्नु भयो र “ये धम्मा हेतुप्पभवा” आदि गरिएको गाथालाई देशना गर्नु भयो। गाथाको पहिलो दुई पदलाई श्रमण गर्ने साथ नै वहाँ उपतिस्स सोतापत्ति मार्गमा हुनु हुन्थ्यो। र पछिको दुईपद लाई श्रमण गर्दा फल स्थानमा पुगिसक्नुभएको थियो।

उपतिस्सले चार आर्यसत्यलाई ज्ञात गरे पछि, आफ्ना मित्रलाई दिएको बाचा अनुसार कोलित परिभोज लाई सहि सत्य धर्म देशनाको बिषय बारेमा जानकारी दिन जानुपर्ने छ। त्यस पछि साथीलाई लिएर भगवान बुद्ध कहाँ आउने बारेमा बिन्ति चढाएर आफ्नो ठाउँ परिभोज हरुको कुटि तर्फ लाग्नु भयो र वहाँ पुगेर आफ्ना मित्र लाई भेटेर “ये धम्मा हेतुप्पभवा” आदि गरिएको गाथालाई उल्लेख गरेर व्यक्त गर्नुभयो। यो सुनेर कोलित परिभोजले पनि सोतापत्ति मार्ग फल प्राप्त गर्नुभयो।

 

त्यसपछि उपतिस्स आफ्ना मित्र कोलित लाई लिएर जहाँ भगवान बुद्ध विहार लिनु भएको थियो वहाँ जानु भयो र वहाँ अतुलनीय भगवान बुद्ध द्वारा “एहि भिक्खु” प्रव्रज्या धारण गर्नु भएको पन्ध्र दिन भएको महा सम्वत् १०३ माघ पूर्णिमा का दिन, उपतिस्स का भान्जा दीघनखपरिभोज लाई देशना गर्नु भएको, वेदनापरिग्गहलक्खण धर्म देशना उपदेश लाई एकछेउबाट सुनेर खन्ध लाई केलाएर हेर्दै हेर्दा, अर्हत मार्ग फल ज्ञान प्राप्त गर्नु भयो। त्यसै दिन वेलुवन विहारमा भगवान बुद्धको सासनमा कुनै एक व्यक्तिले पनि आमन्त्रणा नगरिकन आफ्नो धर्मता स्वभाविक अनुसार आफैँ पाल्नु भएको, ६ प्रकारका अभिञ्ञाण (अभिज्ञान) प्राप्त गर्नु भएको “एहि भिक्खु” अर्हन्त १२५० वर्गिय एक साथ संगठित प्रथम सावकसन्निपात महासंघाको ठुलो बैठक सभामा भगवान बुद्धले उपतिस्सलाई, वहाँकि माता सारी पुण्णे (ब्राह्मणी) को नाम माध्यम बाट सन्दर्भ गरेर स्थिविर सारिपुत्र नामित, भगवान उपरान्त प्रज्ञामा कसैले तुलना गर्न नसक्ने धर्मका सेनापति पद, उपाधिले प्रसिद्ध तथागत भगवान बुद्धको सासनमा दाहिना हात, प्रथम अग्रश्रावक भनेर प्रसंसा सहित घोषणा गर्नु भयो। र साथै अनुक्रम रूपमा भगवानले संसार बाट छुट्कारा हुने कारण भएको ओवाद पातिमोक्ष देशना लाई प्रदर्शन गर्नुभयो।

 

प्रज्ञामा एतादग्र उपाधिले प्रसिद्ध हुनु भएको स्थिविर सारिपुत्र सदैव वहाँको आफ्नो प्रथम गुरू भै बक्सनु भएको स्थिविर अस्सजित हुनु भएको दिसातर्फ सिर बनाएर विश्राम लिएर सुत्नु हुन्थ्यो। स्थिविर सारिपुत्र को गुरु प्रति सम्मान आदर गर्ने गुण, आमाले जतिसुकै गाली निन्दा गरेतापनि सहन गर्न सक्ने क्षमता भएको गुण, आफुनो सुधारको लागि सुझाव सल्लाह दिनेहरू कसैलाई पनि ठुलासाना भनि नरोजीकन स्विकार गर्ने कृतज्ञता गुण, प्रथम श्रावक हुनु भएको मा अधिकतम अधिकार नलिने गुणहरू आदि धेरैले परिपूर्ण हुनु हुन्छ। पन्च निकाय पिकटमा स्थिविर सारिपुत्र को देशनाहरू धेरै पाईन्छन्। स्थिविर सारिपुत्रको बिषेश अलग्गै एउटा देशना भन्नु नै खुद्दकनिकाय सुत्त पिटक लगायत पट्टिसम्भिदा मार्ग पालि हो। पिटक हरुमा आउने महत्त्वपूर्ण भएको धर्महरू लाई मुख्य गरी फिँजाएर विस्तार रूपमा उपदेश गर्नु भएको देशना हो। त्यस मध्ये सासन चिरस्थायी सम्म रहन सासनको मुटु अथवा सास भएको विनयपिटक देशना लाई प्रज्ञप्ति गर्न भगवान बुद्धलाई निवेदन विन्ति चढाउने व्यक्ति स्थिविर सारिपुत्र हुनुहुन्छ। खुद्दक निकाय अन्तर्गत सहित बुद्ध जीवनीलाई देशना गर्न पनि सारिपुत्रले भगवान संग निवेदन गरेर विन्ति चढाउनु भएको थियो।

 

बिशेष गरी प्रकट रूपमा प्रभावशाली विषय क्षेत्र संम्बन्धि स्थिविर सारिपुत्रले गर्नु भएको अभिधम्म पिटक, भगवान बुद्धले तुषिता देवलोकमा उत्पन्न हुने संतुषिता देवता, अतित मा सिद्धार्थ कुमार लाई जन्म दिने माता महामायाँ देवी सहित धेरै प्राणीहरू लाई उपकार गर्दै बिषेश, भब्य रूपमा मसिनो गरी उपदेश गर्नु भएको अभिधम्म देशना लाई भगवान बुद्धको माध्यम विधि मुखारविन्दबाट श्रमण गर्नु भएको स्थिविर सारिपुत्रले नत चौडाइमा, नत संकिर्ण रूपमा छोट्करी गरी, माध्यमिक अथवा बिच ठिक खाले भिक्षुहरू लाई अभिधम्म शिक्षा देशना गर्नु भयो।

 

स्थिविर सारिपुत्रको कृपा र उपकारले गर्दा बिशाल, गहिरो गंभीर, जटिल कठिनाइ भएको भगवान ले उपदेश गर्नु भएको अभिधर्मलाई मनुष्य हरुले सरलतरिकाले सजिलै गरी शिक्षा ग्रहण, श्रमण गर्न सक्नेगरी प्रबन्ध मिलाई दिनु भएको ठुलो कृतज्ञता छ। सासनको प्रयोजन, सत्तवा प्राणी हरूको हित लाभको निम्ति ४४ बर्ष सम्म अभिभार बोकि सकेपछि मगधराज नालक आफुलाई जन्म दिने आमाको गाउँ, गृह घरको कक्षकोठा भित्रमा सासन सम्वत् १४७ बर्ष कार्तिक पूर्णिमाका दिन साँझको समय कालमा रक्तस्राव वेदना द्वारा परिनिर्वाण लिनु भयो र वहाँ धर्मका सेनापति स्थिविर सारिपुत्रको धातुहरुलाई भगवानबुद्ध स्वयं उपस्थित स्रावस्ति मा स्थापना गरेर चैत्य निर्माण भयो। पछि गएर श्री धम्मासोक राजाले धातुहरू लाई मूल ठाउँ बाट उत्खनन गरेर अवन्ति नगर उज्जेनी शहर को नजिक वेदिस्सक पर्वतमाथि चैत्य निर्माण गर्नुभयो। त्यस धातुहरू लाई 19 औं शताब्दी शाल अन्तर्गतमा, चैत्य पहिरो गएर भत्केर गए पछि उत्खनन गरेर पुनः भेटेको धातुहरू लाई ईङ्गलैण्ड संग्रहालयमा सुरक्षित राखे बाट ईन्डिया प्रदेश महाबोधीसंघ समिति द्वारा पुनः वेदिस्सकमा स्थापित भएको छ। त्यस धातुहरू को पुनः चैत्य स्थापित नगर्दै म्यानमार देश भित्रका सहरहरू मा 1952 November अन्तर्गत भ्रमण गराउँदै दर्शन पुजा गर्ने आयोजना कार्य भएको थियो।

 

स्थिविर सारिपुत्र का तीन भाईहरु र तीन बैनीहरू सबै महान अर्हन्तहरू हुनु हुन्थ्यो वहाँहरू तीन भाई मध्ये-
१• स्थिविर उपसेन (उपाधि = समन्तपासादिक एतदग्ग)
२• स्थिविर रेवत (उपाधि = अरञक एतदग्ग)
३• स्थिविर चुन्द ले चाहिँ एतादग्र उपाधि प्राप्त नगरे पनि असीति श्रावक हुनुहुन्छ। स्थिविर सारिपुत्रका तीन बहिनी हरू मध्ये-
४• भिक्षुणी चाला
५• भिक्षुणी उपचाला
६• भिक्षुणी सीसूपचाला हरू हुनुहुन्छ।

एक समय भगवान बुद्धले भन्नु भयो कि- मेरो द्वारा संचालित चक्र, अनुपम धर्मचक्र लाई, तथागतको अनुजात सारिपुत्रले अनुचालित गरिरहेका छन्। उनको सदाचारी व्यक्त्तित्व मा मिलिंदपह अभिव्यक्त गर्दछ। देवताहरू सहित यस सम्पूर्ण जगत विपरीत भएर गएता पनि, सूर्य र चंद्रमा पृथ्वीमा झरेर विस्फोट भएतापनि र पर्वतराज सुमेरू चूर चूर भएर गएता पनि, स्थविर सारिपुत्रले कसैलाई पनि अफ्ठ्यारो पुर्याउने इच्छा मनमा ल्याउनै सक्दैनन्। स्थिविर सारिपुत्र को परिनिर्वाण महात्मा गौतम भगवान बुद्धको जीवन काल मा भएको थियो। भगवान बुद्धले भन्नु भयो कि- ई भिक्षु संतुष्ट, प्रविविक्त, उद्योगी थिए। ई वीतराग, जितेंद्रीय, निर्वाण प्राप्त सारिपुत्र लाई वंदना गर।

बहुसुत्र र धम्म देसना अनुवाद – बिष्णु धनञ्जय