फागुन पूर्णिमा र बुद्धको राजगृह प्रवेश दिवस

अनुवाद – बिष्णु धनञ्जय

फागुन महिना प्रथम आधा चाहिँ शिशिर (जाडो) ऋतु पर्छ र दोस्रो आधा चाहिँ ग्रीष्म (गर्मी) ऋतु पर्दछ। शिशिर ऋतु विगत ग्रिष्म ऋतु आगत हुने मनोहर रोचक सुखदः ऋतु हो। त्यसै कारणले बर्षौँ बर्षौँ देखि कवि साहित्यकार रुले फागुन महिनाको सौन्दर्यलाई लेख्ने काव्य रचनाहरु गर्ने आज सम्म छ।

फागुन महिना ऋतु मौसम रोचकताको साथै धार्मिक (सासन) सम्बन्धी बिषयहरु को बारेमा पनि अभिलेख वृत्तांत स्पष्टिकरण धेरै छन्।

अतुलनीय भगवान बुद्धको समय कालमा राजगृह वेलुवनमा विहार लिनु भएर अङ्ग र मगध प्रदेशमा दायक दायिकाहरु लाई धर्मको रस पान गराउँदै हुनुहुन्थ्यो। त्यस समाचार लाई पिता सुद्धोधन राजाले सुनेर थाहा पाए पछि छोरा भगवान लाई भेटेर दर्शन गर्ने साह्रै इच्छुक हुनुहुन्थ्यो । त्यस कारण एउटा अमात्य लाई एक हजार प्रतिवेश अंगरक्षक तयारी द्वारा साथ पठाउनु भयो।

ती आमात्य सहित प्रतिवेश अंगरक्षकहरु सबै भगवान बुद्ध कहाँ आइपुग्दा धर्म देशना सुन्न पाएर सबै प्रव्रजित भए। राजा सुद्धोधन कहाँ भगवान पाल्नु हुने आमन्त्रणा सफल भएन। राजाले पनि पुनः आमात्यहरु लाई एक हजार प्रतिवेश अंगरक्षक सहित नौ पटक सम्म पठाउनु भयो। तर पनि सबै फर्केर नआई कन भिक्षु धारण गरेर बसे।

पिता सुद्धोधन राजाले कुनै खबरको समाचार लाई पनि आफुसँग ल्याएर भन्ने व्यक्ति नदेखे पछि नौहजार नौजना व्यक्तिहरु सबै नै म प्रति असाध्यै प्रेम स्नेह नभएको कारण ले, म कहाँ आएर कुनै खबर र समाचार पनि पु-याएनन्। कस्ले चाहिँ सहि असलमा मेरो आदेश अनुसार केहि अबेर नगरिकन झट्टै पालन गर्न सक्ला भनेर विचार गर्नु भयो।

सुद्धोधन राजाले आफ्ना प्रतिष्ठित आमात्यहरु हेर विचार खोजी गर्दा कालुदायी आमात्यले सुद्धोधन राजाको राजपाटको कार्यहरु विविध सबै पुरा हुनेगरि कर्तव्य पालन गर्दै आउने एउटा इमान्दारी पराधीन युक्त र सिद्धार्थ कुमार (गौतमबुद्ध भगवान हुने बोधिसत्व सिद्धार्थ कुमार) संगै जन्मेर पनि बचपनमा संग संगै धुलो खेल्ने घनिष्ठ साथी थिए। कालुदायी आमात्य पनि हुन्।

त्यसैले सुद्धोधन राजाले कालुदायी आमात्य लाई .. प्यारा छोरा कालुदायी, मलाई छोरा भगवान बुद्ध लाई भेटेर दर्शन गर्ने इच्छा हुनाले पछिबाट एक एक हजार अंगरक्षक प्रतिवेश सहित नौजना आमात्यहरु लाई छोरा भगवान लाई आमन्त्रणा गर्न पठाएको केहि समाचार आएन।

आयुको अन्तराय केहि पनि सुरक्षित गरि टारेर टार्न नसक्ने ! मैले सास रहँदै रहँदै नै छोरा भगवान लाई भेटेर दर्शन गर्न चाहन्छु। छोरा … कालुदायी
तिम्ले मेरा छोरा भगवान लाई भेटेर दर्शन गर्न सक्ने गरि सकेभरको प्रयास गरेर परिबन्द मिलाई दिन सक्छौ ? भनेर सोद्धा कालुदायी आमात्य ले …

उत्तम पुरूष हजुर … यदि मैले आफ्नो लागि पनि भिक्षु धारण गर्ने अनुमति लाई पाउँछु भने महाराज हजुर लाई छोरा भगवान संग भेटेर दर्शन गर्न सक्ने गरि भए भरको प्रयास गरेर परिबन्द मिलाई दिनेछु भनेर बिन्ती चढाउँनु भयो।

त्यस बेला राजाले “प्यारा छोरा कालुदायी… तिमी चाहिँ प्रव्रज्या भै भिक्षु धारण गरेर भएतापनि किन नहोस्, भिक्षु धारण नगरेर भएतापनि किन नहोस् जसरी हुन्छ, छोरा भगवान लाई भेटेर दर्शन गराई दिन सक्ने गरि प्रयास गर। भनेर आदेश दिनु भयो। त्यस बेला कालुदायी आमात्य ले पनि अति उत्तम भनेर स्वीकार गरि पिताजी राजाले भने मुताबिक त्यस वचन लाई लिएर राजगृह भएको तर्फ एक हजार प्रतिवेश अंगरक्षक सहित भगवान बुद्धले धर्म देशना गर्नु भएको ठाउँमा समयमा नै परिषदहरु को एकछेउमा उभिएर देशना लाई सुन्न पाएर प्रतिवेश अंगरक्षक एक हजारका साथमा अरहत्त फल प्राप्त गर्नु भयो। पहिला का भिक्षुहरु जस्तै एहि भिक्खु भिक्षु भएर स्थापित भए ।

***
भगवान बुद्धले भगवान भए पश्चात् प्रथम बर्षावास लाई एसिपतन मृगदावनमा विहार लिए पश्चात् पावरमा गरि सके पछि उरुवेल वन तर्फ पाल्नु भएर तीन मास (महिना) सम्म विहार लिनु भएर दाजु भाई दुई जना यति (अरण्य वासी+ ऋषिमुनि) सहित एक हजार हरु लाई अरहत्त फल प्राप्त गर्न सक्ने गरि उद्धार गरेर उपदेश गर्नु भयो।

ती पुराना यति ऋषिमुनि भएका भिक्षु एक हजार वर्गिय लाई डाकेर फागुन पूर्णिमा का दिन राजगृह तर्फ पाल्नु भयो। राजगृह मा दुई महिना सम्म विहार धारण गर्नु भै धर्म देशना प्रदान गर्दै अङ्ग र मगध निवासी दश हजार जना बढी सत्पुरूषहरु अरहत्त तर्फ परिवर्तन भए।

यसरी नै देशचारि गर्दै बाराणसी बाट पाल्दै आउनु भएको अतुलनीय भगवान बुद्ध लाई पाँच महिना सम्म लाग्यो। “हेमन्त” जाडो ऋतु अन्तिमता भएर जाने र “गिमन्त” गरमी ऋतु परिवर्तन भै आरम्भिक हुने फागुन महिना तर्फ पनि टेक्न आइपुग्यो। त्यस फागुन महिनाको पूर्णिमा का दिन कालुदायी महास्थिवीर आई पुग्नु भएको आठौँ दिन थियो।

त्यस बेला कालुदायी महास्थिवीर ले फागुन पूर्णिमा को दिनमा हेमन्त ऋतु पनि अन्तिम भयो गिमन्त ऋतु तर्फ लाग्यो ! कृषि (किसान गर्ने) हरुले खेतीबारीमा उब्जनी भएको हरु सबै काटेर बाली थन्क्याइ सकेका भएर सरलता पूर्वक आउन जान सक्ने गरि यात्राको बाटो खोल्दिएका छन्। महा पृथ्वीको भुमि पनि हरियो झारहरू ले ढाकेर शोभायमान बनेको छ।

वरिपरि छेउछाँउ का घनघोर वन जंगलहरु ले पनि पुराना पात त्यागेर कलकलाउँदा नयाँ पातहरु धारण गरेर सुन्दर शोभनीय फलफूलहरु फूल्ने फल्ने पनि भैसक्यो। ऋतु मौसम रोचकता नत अति ठण्डा र नत अति गर्मी भएको छ, ठिक उचित माध्यामिक समय हो। हे प्रभु ! मेरा भगवान ! हजुरले पनि अब आफ्ना आफन्त ञाति (ज्ञाति) सम्बन्धित वंशावली सापेक्ष इष्टमित्रहरु माथि निर्णय गरि उद्धार गर्दै उपहार दिने समय भयो, आदि भनेर सोच-विचार पूर्ण कालुदायी महास्थिवीर ले ६४ गाथा द्वारा अतुलनीय भगवान बुद्ध लाई कपिलवस्तु राजगृह (राजधानी) तर्फ पाल्नु हुन आमन्त्रण बिन्ती चढाउँनु भयो । भगवान बुद्धले स्वीकार गरेर कपिलवस्तु पाल्नु भयो।

फागुन महिना पूर्णिमाको दिन अतुलनीय भगवान बुद्धले राजगृह प्रेवेश गर्न आरम्भ चरण लाङ्नु भएको दिन भएर पनि त्यस दिन लाई बिशेष राखि सासनमा उल्लेखनीय पूर्ण महत्व अदभुत घटनाहरु उद्घटित भएको थियो। त्यस पश्चात् महा सक्कराज १०३ फागुन पूर्णिमा बुधबार का दिन देवराज इन्द्र, उक्कलाप राजा, तपुस्स र भल्लिक दुई दाजुभाई व्यापारीहरु द्वारा अग्रसर भै स्वेडगौँ चैत्य लाई निर्माण गरिएको भनेर ऐतिहासिकता छ। यसै फागुन महिना लाई आधार लिएर सासन मा बिशेष स्तम्भहरु स्थापना निर्माण उपलब्ध भएर आएको दिन पनि हो।

अतुलनीय भगवान बुद्धले पिता सुद्धोधन लाई उपकार गुणको ऋण चुक्ता गरेर धर्मोपदेश गर्नु भएको दिन हो। यस दिन लाई कुनै देशको ठाउँहरु मा कसैले (Father’s day) पिताको दिवस् भनेर पनि मनाउँने गर्दछन्। भगवान बुद्ध राजगृह प्रवेश दिवस् पर्व लाई सासनमा हुने बौद्धमार्गी हरु सबैले भगवान बुद्धले उपदेश गर्नु भएको धर्महरु बमोजिम खुशीको साथमा प्रसन्नता भै दान, सील, भावना उपोसथ सील धारण गर्न सक्ने कुसल राम्रा कर्महरु बिशेष गरि गर्न सकेर धेरै प्रगति हुन सक्ने हेतु बनोस् भन्दै …..

यो खन्ध चाहिँ पानीको फिँज (फोका) तुल्यउपमेय समय ढिला नगरिकन बिग्रिएर जाने क्षणभङ्गूर सार नभएको नक्कलि मात्र हो। भनेर आदि
राम्रो संग बुझेर जानेको व्यक्ति चाहिँ ! मारदेव (मृत्यु) राजको फूल तुलनीय समान भएको संसार वट्ट दुःख हरु लाई अरहत्त मार्गज्ञान लाग्ने तरवार (कृपण) द्वारा काटेर मृत्यु राजले नदेख्ने ठाउँ भएको निर्वाण मा पुग्नु पर्दछ। भगवान बुद्धले पिता सुद्धोधन लाई उपकारको गुण हेतु ऋण भार चुक्ता गर्नु भएको दिन हो।

सबैको मंगल होस्

 

अनुवाद – बिष्णु धनञ्जय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>