Dharma Desana in Nepalbhasha

फागुन पूर्णिमा र बुद्धको राजगृह प्रवेश दिवस

अनुवाद – बिष्णु धनञ्जय

फागुन महिना प्रथम आधा चाहिँ शिशिर (जाडो) ऋतु पर्छ र दोस्रो आधा चाहिँ ग्रीष्म (गर्मी) ऋतु पर्दछ। शिशिर ऋतु विगत ग्रिष्म ऋतु आगत हुने मनोहर रोचक सुखदः ऋतु हो। त्यसै कारणले बर्षौँ बर्षौँ देखि कवि साहित्यकार रुले फागुन महिनाको सौन्दर्यलाई लेख्ने काव्य रचनाहरु गर्ने आज सम्म छ।

फागुन महिना ऋतु मौसम रोचकताको साथै धार्मिक (सासन) सम्बन्धी बिषयहरु को बारेमा पनि अभिलेख वृत्तांत स्पष्टिकरण धेरै छन्।

अतुलनीय भगवान बुद्धको समय कालमा राजगृह वेलुवनमा विहार लिनु भएर अङ्ग र मगध प्रदेशमा दायक दायिकाहरु लाई धर्मको रस पान गराउँदै हुनुहुन्थ्यो। त्यस समाचार लाई पिता सुद्धोधन राजाले सुनेर थाहा पाए पछि छोरा भगवान लाई भेटेर दर्शन गर्ने साह्रै इच्छुक हुनुहुन्थ्यो । त्यस कारण एउटा अमात्य लाई एक हजार प्रतिवेश अंगरक्षक तयारी द्वारा साथ पठाउनु भयो।

ती आमात्य सहित प्रतिवेश अंगरक्षकहरु सबै भगवान बुद्ध कहाँ आइपुग्दा धर्म देशना सुन्न पाएर सबै प्रव्रजित भए। राजा सुद्धोधन कहाँ भगवान पाल्नु हुने आमन्त्रणा सफल भएन। राजाले पनि पुनः आमात्यहरु लाई एक हजार प्रतिवेश अंगरक्षक सहित नौ पटक सम्म पठाउनु भयो। तर पनि सबै फर्केर नआई कन भिक्षु धारण गरेर बसे।

पिता सुद्धोधन राजाले कुनै खबरको समाचार लाई पनि आफुसँग ल्याएर भन्ने व्यक्ति नदेखे पछि नौहजार नौजना व्यक्तिहरु सबै नै म प्रति असाध्यै प्रेम स्नेह नभएको कारण ले, म कहाँ आएर कुनै खबर र समाचार पनि पु-याएनन्। कस्ले चाहिँ सहि असलमा मेरो आदेश अनुसार केहि अबेर नगरिकन झट्टै पालन गर्न सक्ला भनेर विचार गर्नु भयो।

सुद्धोधन राजाले आफ्ना प्रतिष्ठित आमात्यहरु हेर विचार खोजी गर्दा कालुदायी आमात्यले सुद्धोधन राजाको राजपाटको कार्यहरु विविध सबै पुरा हुनेगरि कर्तव्य पालन गर्दै आउने एउटा इमान्दारी पराधीन युक्त र सिद्धार्थ कुमार (गौतमबुद्ध भगवान हुने बोधिसत्व सिद्धार्थ कुमार) संगै जन्मेर पनि बचपनमा संग संगै धुलो खेल्ने घनिष्ठ साथी थिए। कालुदायी आमात्य पनि हुन्।

त्यसैले सुद्धोधन राजाले कालुदायी आमात्य लाई .. प्यारा छोरा कालुदायी, मलाई छोरा भगवान बुद्ध लाई भेटेर दर्शन गर्ने इच्छा हुनाले पछिबाट एक एक हजार अंगरक्षक प्रतिवेश सहित नौजना आमात्यहरु लाई छोरा भगवान लाई आमन्त्रणा गर्न पठाएको केहि समाचार आएन।

आयुको अन्तराय केहि पनि सुरक्षित गरि टारेर टार्न नसक्ने ! मैले सास रहँदै रहँदै नै छोरा भगवान लाई भेटेर दर्शन गर्न चाहन्छु। छोरा … कालुदायी
तिम्ले मेरा छोरा भगवान लाई भेटेर दर्शन गर्न सक्ने गरि सकेभरको प्रयास गरेर परिबन्द मिलाई दिन सक्छौ ? भनेर सोद्धा कालुदायी आमात्य ले …

उत्तम पुरूष हजुर … यदि मैले आफ्नो लागि पनि भिक्षु धारण गर्ने अनुमति लाई पाउँछु भने महाराज हजुर लाई छोरा भगवान संग भेटेर दर्शन गर्न सक्ने गरि भए भरको प्रयास गरेर परिबन्द मिलाई दिनेछु भनेर बिन्ती चढाउँनु भयो।

त्यस बेला राजाले “प्यारा छोरा कालुदायी… तिमी चाहिँ प्रव्रज्या भै भिक्षु धारण गरेर भएतापनि किन नहोस्, भिक्षु धारण नगरेर भएतापनि किन नहोस् जसरी हुन्छ, छोरा भगवान लाई भेटेर दर्शन गराई दिन सक्ने गरि प्रयास गर। भनेर आदेश दिनु भयो। त्यस बेला कालुदायी आमात्य ले पनि अति उत्तम भनेर स्वीकार गरि पिताजी राजाले भने मुताबिक त्यस वचन लाई लिएर राजगृह भएको तर्फ एक हजार प्रतिवेश अंगरक्षक सहित भगवान बुद्धले धर्म देशना गर्नु भएको ठाउँमा समयमा नै परिषदहरु को एकछेउमा उभिएर देशना लाई सुन्न पाएर प्रतिवेश अंगरक्षक एक हजारका साथमा अरहत्त फल प्राप्त गर्नु भयो। पहिला का भिक्षुहरु जस्तै एहि भिक्खु भिक्षु भएर स्थापित भए ।

***
भगवान बुद्धले भगवान भए पश्चात् प्रथम बर्षावास लाई एसिपतन मृगदावनमा विहार लिए पश्चात् पावरमा गरि सके पछि उरुवेल वन तर्फ पाल्नु भएर तीन मास (महिना) सम्म विहार लिनु भएर दाजु भाई दुई जना यति (अरण्य वासी+ ऋषिमुनि) सहित एक हजार हरु लाई अरहत्त फल प्राप्त गर्न सक्ने गरि उद्धार गरेर उपदेश गर्नु भयो।

ती पुराना यति ऋषिमुनि भएका भिक्षु एक हजार वर्गिय लाई डाकेर फागुन पूर्णिमा का दिन राजगृह तर्फ पाल्नु भयो। राजगृह मा दुई महिना सम्म विहार धारण गर्नु भै धर्म देशना प्रदान गर्दै अङ्ग र मगध निवासी दश हजार जना बढी सत्पुरूषहरु अरहत्त तर्फ परिवर्तन भए।

यसरी नै देशचारि गर्दै बाराणसी बाट पाल्दै आउनु भएको अतुलनीय भगवान बुद्ध लाई पाँच महिना सम्म लाग्यो। “हेमन्त” जाडो ऋतु अन्तिमता भएर जाने र “गिमन्त” गरमी ऋतु परिवर्तन भै आरम्भिक हुने फागुन महिना तर्फ पनि टेक्न आइपुग्यो। त्यस फागुन महिनाको पूर्णिमा का दिन कालुदायी महास्थिवीर आई पुग्नु भएको आठौँ दिन थियो।

त्यस बेला कालुदायी महास्थिवीर ले फागुन पूर्णिमा को दिनमा हेमन्त ऋतु पनि अन्तिम भयो गिमन्त ऋतु तर्फ लाग्यो ! कृषि (किसान गर्ने) हरुले खेतीबारीमा उब्जनी भएको हरु सबै काटेर बाली थन्क्याइ सकेका भएर सरलता पूर्वक आउन जान सक्ने गरि यात्राको बाटो खोल्दिएका छन्। महा पृथ्वीको भुमि पनि हरियो झारहरू ले ढाकेर शोभायमान बनेको छ।

वरिपरि छेउछाँउ का घनघोर वन जंगलहरु ले पनि पुराना पात त्यागेर कलकलाउँदा नयाँ पातहरु धारण गरेर सुन्दर शोभनीय फलफूलहरु फूल्ने फल्ने पनि भैसक्यो। ऋतु मौसम रोचकता नत अति ठण्डा र नत अति गर्मी भएको छ, ठिक उचित माध्यामिक समय हो। हे प्रभु ! मेरा भगवान ! हजुरले पनि अब आफ्ना आफन्त ञाति (ज्ञाति) सम्बन्धित वंशावली सापेक्ष इष्टमित्रहरु माथि निर्णय गरि उद्धार गर्दै उपहार दिने समय भयो, आदि भनेर सोच-विचार पूर्ण कालुदायी महास्थिवीर ले ६४ गाथा द्वारा अतुलनीय भगवान बुद्ध लाई कपिलवस्तु राजगृह (राजधानी) तर्फ पाल्नु हुन आमन्त्रण बिन्ती चढाउँनु भयो । भगवान बुद्धले स्वीकार गरेर कपिलवस्तु पाल्नु भयो।

फागुन महिना पूर्णिमाको दिन अतुलनीय भगवान बुद्धले राजगृह प्रेवेश गर्न आरम्भ चरण लाङ्नु भएको दिन भएर पनि त्यस दिन लाई बिशेष राखि सासनमा उल्लेखनीय पूर्ण महत्व अदभुत घटनाहरु उद्घटित भएको थियो। त्यस पश्चात् महा सक्कराज १०३ फागुन पूर्णिमा बुधबार का दिन देवराज इन्द्र, उक्कलाप राजा, तपुस्स र भल्लिक दुई दाजुभाई व्यापारीहरु द्वारा अग्रसर भै स्वेडगौँ चैत्य लाई निर्माण गरिएको भनेर ऐतिहासिकता छ। यसै फागुन महिना लाई आधार लिएर सासन मा बिशेष स्तम्भहरु स्थापना निर्माण उपलब्ध भएर आएको दिन पनि हो।

अतुलनीय भगवान बुद्धले पिता सुद्धोधन लाई उपकार गुणको ऋण चुक्ता गरेर धर्मोपदेश गर्नु भएको दिन हो। यस दिन लाई कुनै देशको ठाउँहरु मा कसैले (Father’s day) पिताको दिवस् भनेर पनि मनाउँने गर्दछन्। भगवान बुद्ध राजगृह प्रवेश दिवस् पर्व लाई सासनमा हुने बौद्धमार्गी हरु सबैले भगवान बुद्धले उपदेश गर्नु भएको धर्महरु बमोजिम खुशीको साथमा प्रसन्नता भै दान, सील, भावना उपोसथ सील धारण गर्न सक्ने कुसल राम्रा कर्महरु बिशेष गरि गर्न सकेर धेरै प्रगति हुन सक्ने हेतु बनोस् भन्दै …..

यो खन्ध चाहिँ पानीको फिँज (फोका) तुल्यउपमेय समय ढिला नगरिकन बिग्रिएर जाने क्षणभङ्गूर सार नभएको नक्कलि मात्र हो। भनेर आदि
राम्रो संग बुझेर जानेको व्यक्ति चाहिँ ! मारदेव (मृत्यु) राजको फूल तुलनीय समान भएको संसार वट्ट दुःख हरु लाई अरहत्त मार्गज्ञान लाग्ने तरवार (कृपण) द्वारा काटेर मृत्यु राजले नदेख्ने ठाउँ भएको निर्वाण मा पुग्नु पर्दछ। भगवान बुद्धले पिता सुद्धोधन लाई उपकारको गुण हेतु ऋण भार चुक्ता गर्नु भएको दिन हो।

सबैको मंगल होस्

 

अनुवाद – बिष्णु धनञ्जय

रिगोन ताशी छोइलिङ गुम्बाबाट लुम्बिनीमा दीप प्रज्वलन

बोधी संवाददाता
लुम्बिनी, रुपन्देही, जेठ २२ । बुद्धको जन्मभूमि लुम्बिनी उद्यानमा सोमबार साँझ यहाँका बौद्ध धर्मावलम्बीहरुले दियो प्रज्वलन गरे ।
डल्लु फर्पिङ, काठमाडौंस्थित रिगोन ताशी छोइलिङ गुम्बाका ग्येत्रुल जिग्मे रिम्पोछेको धर्मचित्तको परिणाम स्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको भिक्षु कृष्णमानले बनाउनु भएको छ ।

 
उहाँले उक्त कार्यक्रम विश्वशान्ति तथा मानवमात्रको उन्नतिको लागि गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

 
सन् १९७६मा तिब्बती लामा नाम्खा ड्रिमेड राब्जाम रिम्पोजे फर्पिङको असुर गुफामा ध्यान बस्नुभएको थियो । त्यस परम्परालाई कायम राख्दै त्यहाँ रिगोन ताशी छोइलिङ नेपाल गुम्बाको स्थापना गरिएको थियो । निर्माणको ६ वर्ष पछि सन् २००५मा यो गुम्बा औपचारिक रुपमा उद्घाटन गरिएको थियो ।

लुम्बिनीमा सम्पन्न भयो बुद्ध जयन्ती समारोह

बोधी संवाददाता
लुम्बिनी, बैशाख १७ । बुद्धभूमि लुम्बिनी स्थित नवनिर्मित सभाकक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा २५६२ औँ बुद्ध जयन्ती मनाइयो ।
सो कार्यक्रमका लागि राष्ट्रपति भण्डारी हेलिकप्टर मार्फत आजै बिहान कार्यक्रमस्थलमा आउनुभएको थियो ।
औपचारिक कार्यक्रम अगाडि आज सोमबार बिहाने मायादेवी मन्दिरको प्रवेशद्वारबाट शुरु गरिएको उक्त धर्मरयालीमा नेपाली सेनाको ब्याण्ड बाजा सहित स्थानीय विद्यार्थीका विद्यार्थीहरु एवं धार्मिक संघसंस्थाहरको संलग्नता थियो ।
। यहाँ बुद्धपुर्णिमा मनाउन काठमाडौं लगायत नेपालका विभिन्न जिल्लाबाट एवं विदेशबाट भिक्षु, अनागरिका, उपासक, उपासिका एवं बौद्ध विद्वानहरु सहभागी हुन आएका थिए ।
सोही अवसरमा राष्ट्रपतिले हाल निर्मित सभाकक्षकोसँगै नयाँ अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको पनि शिलन्यास गर्नुभयो ।
भगवान बुद्धको जन्म, सम्बोधि प्राप्ती एवं महापरिनिर्वाणको त्रिसंयोग दिवसको महत्व सम्झेर उहाँको मानवमात्रको लागि दिनुभएको उपदेशको महत्वलाई श्रद्धा गरेर आजको दिन विश्वभरीका बौद्धहरुले आजको दिनलाई बुद्धपूर्णिमा, बुद्ध जयन्ती तथा स्वांयापुन्हिको नामले मनाउने गर्दछन् ।

बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

 
यस वर्ष लुम्बिनीमा यसैको अवसरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोेना गरिएको थियो जहाँ ३० भन्दा बढी नेपाली तथा विदेशी विद्वानहरुले बुद्धधर्मको विविध पक्षमा अनससन्धानात्मक कार्यपत्र प्रस्तुत गरे । यसको समापन समारोहमा १० बुँदे घोषणापत्र जारी गरिएको थियो ।

यसदिन काठमाडौं लगायत बौद्धहरुको बाहुल्यता भएको स्थानमा भगवान् बुद्धको स्मृतिमा धार्मिक पुजाआजा, शोभायात्रा, सेमिनार, भजन तथा धर्मसभा गरी मनाइने गरिन्छ ।

नेपालको लुम्बिनीमा इसापूर्व २६४२ वर्ष अगाडि कपिलवस्तुका राजा शुद्धोधन तथा रानी मायादेवीको सुपुत्रका रुपमा सिद्धार्थ कुमारको जन्म भएको थियो । सानै उमेरदेखि गंभीर स्वभावका र किन मानिसहर सजन्मेर दुखी हुन्छन् भन्ने जस्ता प्रश्वनहरुको जवाफ खोज्दै २९ वर्षका उमेरमा उनले दरवार त्यागी ज्ञानको खोजीमा लागेका थिए । विभिन्न गुरुहरुको संगत पछि आफै छ वर्षसम्म तपस्या गरेर ३५ वर्षको उमेरमा उनले सारा मानव मात्रलाई संसारको भवचक्रबाट मुक्त हुने उपाय दिए । यसैलाई संझेर बौद्धहरु आजको दिनलाई उत्सवको रुपमा मनाउने गर्दछन् ।

जयन्ती होइन बुद्ध पूर्णिमा

– बसन्त महर्जन
नेपालमा मनाइने ‘बुद्धजयन्ती’ ले गौतम बुद्धको जन्म बाहेकका घटनालाई बेवास्ता गरेको छ।

नेपालमा प्रत्येक वर्ष वैशाख पूर्णिमाका दिन राष्ट्रियस्तरमा बुद्धजयन्ती मनाइन्छ। अन्यत्र वैशाख पूर्णिमा वा बुद्ध पूर्णिमा भनेर मनाइए पनि नेपालले त्यसलाई ‘बुद्धजयन्ती’ भनेको छ। उहिले यो कुन रूपमा मनाइन्थ्यो थाहा पाइन्न, तर नाम ‘स्वांया पुन्हि’ भएको किटान गर्न सकिन्छ। काठमाडौंको नेवार समाजमा वैशाख पूर्णिमालाई हिजोआज पनि स्वांया पुन्हि भनिन्छ।कुनै बेला टुटेको गौतम बुद्धको सन्दर्भमा उत्सव मनाउने परम्परा राणाकालमा धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले जोडेका थिए। त्यसबेला ‘वैशाख पूर्णिमा’ र ‘स्वांया पुन्हि’ शब्द प्रयोग भएको थियो। यसबाट बुझ्िन्छ, प्राचीनकाल र बौद्ध धर्मको पुनर्जागरणकालमा ‘बुद्धजयन्ती’ भनिएन। नेपालमा कहिलेदेखि सामूहिक रूपमा वैशाख पूर्णिमा मनाउन थालियो भन्ने जानकारी धर्मादित्य धर्माचार्यद्वारा सम्पादित/प्रकाशित बुद्ध धर्म पत्रिकाले दिन्छ। त्यस पत्रिकाको दोस्रो अंक (१९२६) को लेखमा ‘बुद्ध संवत् २४७० को पूर्णिमा’ मा मनाउने अपेक्षा गर्दै लेखिएको थियो– ‘दुःखको कुरा, नेपाल राज्य जहाँ कपिलवस्तु नगर अवस्थित छ, भविष्यमा भगवान बुद्ध हुने बोधिसत्व जन्मेको लुम्बिनीजस्तो पुण्यभूमि छ र लाखौं बौद्ध छन्। र पनि, बुद्धको उत्सव मनाइँदैन।

त्यसकारण वैशाख पूर्णिमादेखि महीना दिनसम्म भगवानको उपयुक्त आदरसत्कार र पूजा गर्नुपर्‍यो। सकिन्न भने वैशाख पूर्णिमाका दिन मात्र भए पनि भगवानको नाममा नेपालका मूल ठाउँहरू मञ्जुपत्तन, अशोकपत्तन लुम्बिनीमा गर्नुपर्छ। लुम्बिनीमा त नगरी हुन्न किनभने त्यहाँ भगवान बुद्ध हुने सिद्धार्थ राजकुमार जन्म भएका थिए। यो ठाउँ हाम्रो धर्मको मूल ठाउँ हो।’

त्यसको तीन वर्षपछि धर्मादित्यकै सम्पादनमा कलकत्ताको महाबोधि सोसाइटी कलेज स्क्वायरबाट प्रकाशित बुद्धिस्ट इण्डिया (१९२८ जून) अंग्रेजी त्रैमासिकको समाचारमा नेपालमा तेस्रो पल्ट वैशाख पूर्णिमा मनाएको उल्लेख भएअनुसार १९२६ मा पहिलो पटक नेपालमा वैशाख पूर्णिमा उत्सव मनाएको सिद्ध हुन्छ।

गौतम बुद्धसँग सम्बन्धित महत्वपूर्ण घटनाहरू जन्म (इ.पू. ४८३, लुम्बिनी), बुद्धत्व लाभ (इ.पू. ४२८, बोधगया) र महापरिनिर्वाण (इ.पू. ४८३, कुशीनगर) वैशाख पूर्णिमाकै दिन परेका कारण यस दिनलाई ‘त्रिसंयोग’ पनि भनिन्छ र बौद्धहरू बडो श्रद्धासाथ बुद्धको स्मरण र धर्मोपदेश मनन् गर्दै उत्सव मनाउँछन्। अझ् आदर र गौरवका लागि ‘बुद्ध पूर्णिमा’ पनि भनिने यस दिनको उत्सव कस्तो हुने भन्ने निश्चित मापदण्ड नभएको हुँदा संसारका बौद्धहरू आफ्नै संस्कृति–परम्परा अनुरूप गर्छन्।

नेपालमा मनाइने बुद्धजयन्तीले बुद्धको जन्म सन्दर्भको मात्र संकेत गर्छ। यसमा गौतम बुद्धको जन्म बाहेकका घटनाहरूमा ध्यान दिनुपर्दैन भन्ने साँघुरो सोचले काम बिगारेको छ। आजभोलि यही सोचलाई जोड दिने गरी यस दिनलाई ‘लुम्बिनी दिवस’ भन्नुपर्छ भन्ने अविवेकी आवाज पनि उठ्न थालेको सुनिन्छ। लुम्बिनीमा जन्मेका सिद्धार्थले बोधगयामा बुद्धत्व प्राप्त गरी सारनाथमा पाँचजना भिक्षुलाई उपदेश दिएर शुरु गरेको (धर्मचक्र प्रवर्तन) बौद्ध धर्म अहिले विश्वका प्रमुख धर्महरूमध्ये एक भएको छ। आफू अर्कै धर्मावलम्बी भए पनि बुद्ध र बौद्ध धर्म मन पराउने र कुनै धर्ममा खासै चासो नराख्नेहरू पनि बौद्ध धर्मको मध्यममार्गले विश्वमा शान्ति र भाइचारा बढाउने ठान्दछन्। यसरी यो संसारकै एउटा साझा दर्शन भएको छ। विश्वले यसरी बुद्ध र बुद्धका उपदेशहरूलाई अंगीकार गरिरहेको अवस्थामा नेपालले भने बुद्धलाई सानो घेरामा राख्नु ताज्जुबको विषय हो।

नेपालले वैशाख पूर्णिमालाई बुद्धको जन्म वा लुम्बिनीमा मात्र सीमित गर्ने हो भने भोलि भारतले यस दिनलाई बुद्धत्व प्राप्ति वा बोधगया र महापरिनिर्वाण वा कुशीनगरसँग मात्र सम्बन्धित गर्‍यो भने संकीर्णताको नमूना हुनसक्छ। यस्तो संकीर्णता र क्षेत्रीयतावाद हावी भयो भने बाँकी विश्वले बुद्ध र बौद्ध धर्मलाई कुन रूपमा लेला? बुद्ध र बौद्ध धर्मको नामबाट नेपालले पर्यटनलगायतका क्षेत्रमा फाइदा लिन चाहेको केही दशकयता सरकारी स्तरबाट भइरहेका गतिविधिले बुझाउँछ, तर साँघुरो सोचबाट फराकिलो फाइदा लिन सकिने कुरा हुँदैन।

यत्तिऔं र उत्तिऔं ‘बुद्धजयन्ती’ नभनी बुद्धको जन्म सालबाट गणना हुनुपर्छ भन्नेहरू पनि नभएका हैनन्। यसवर्ष २५६०औं बुद्धजयन्ती भनिंदैछ, तर यसमा बुद्ध बाँचेको ८० वर्ष थपेर ‘२६४०औं बुद्धजयन्ती’ भनिनुपर्ने उनीहरूको भनाइ छ। तर, यो न ऐतिहासिक कालगणनासँग मिल्छ न त मूलभूत बौद्ध मूल्य र मान्यतासँग। घटनाहरूको कालगणना महापरिनिर्वाणभन्दा यति वर्षअघि वा पछि भनेर गरेको पाइन्छ।

भारत, श्रीलंकालगायतको इतिहासका तिथिमितिहरू यही पद्धतिबाट निर्धारित छ। इतिहास र पुरातत्वका अध्येताहरू बुद्धको महापरिनिर्वाण इ.पू. ४८३ भएको मान्छन् भने श्रीलंकाको बौद्ध परम्पराले ५४३ लाई। यसमा ६० वर्षको फरक पर्न गयो। यही मतभिन्नताका कारण बुद्ध संवत् नै प्रचलनमा रहेन।

साभार  हिमाल खबर पत्रिका

Founding of International Center of Vajrayana Buddhism in Bhutan

Craig Lewis

THIMPHU—Speaking at the International Vajrayana Conference held in the Bhutanese capital Thimphu last week,* the prime minister of Bhutan, Lyonchhen Dasho Tshering Tobgay, proffered a new vision aimed at ensuring the preservation and development of the Vajrayana Buddhist tradition in the 21st century, proposing the establishment of an international center of Vajrayana Buddhism.

The prime minister noted that regardless of where the proposed center is located, it’s underlying impetus should be to facilitate the study, practice, and preservation of Vajrayana Buddhism so that the teachings can continue to flourish across the world.

“We must have an international Vajrayana center. It doesn’t matter where it’s located, what matters is that we preserve the essence [of Vajrayana Buddhism] and let it flourish throughout the world and throughout the universe for all time. This is what’s important. We cannot entertain any risk of deterioration, and therefore I have floated the idea,” Tshering Tobgay emphasized.

“If we need a home for an international Vajrayana center for posterity, to hand over to future generations, then Bhutan could be a possible location to host such a center. I dare say the environment is right in Bhutan. I dare say that we in Bhutan need it as desperately as anybody else anywhere in the world. We in Bhutan need the center desperately because we are going through so many changes here—socially, economically, politically. Therefore we need a center like this to help us anchor ourselves in our real essence; the essence that has been gifted to us by our teachers over the centuries.”

Bhutan, nestled in the foothills of the Himalayan mountain range, and sandwiched between two political and economic heavy hitters India and China, is the world’s last remaining Vajrayana Buddhist country. The spiritual tradition is embedded in the very consciousness and culture of this remote land, where it has flourished with an unbroken history that dates back to its introduction from Tibet by Padmasambhava, also known as Guru Rinpoche, in the 8th century.

“Buddhism is also a major element in the shared heritage between India and Bhutan, as well as Bhutan and other countries. Buddhism remains a uniting factor stretching back thousands of years. Conferences of this nature will only contribute to strengthening a broader base in the relationship between and among the people of all nations,” said Tshering Tobgay. “As the last surviving Vajrayana kingdom, I would humbly offer to host such a center in Bhutan. But you must bless it and you must work together with us to develop this center for ourselves and for future generations of the world.”

The proposal was echoed during a special post-conference session with an expression of support from conference delegate Khensur Geshe Jangchup Choeden, former abbot of Gaden Monastery in India and executive director of the Geluk International Foundation.

“It is really an important point to have a body, an organization which should raise the voice of Vajrayanists. I think we’re not talking in political terms here, we’re talking about a commonly shared heritage, a culture, a very important human heritage that has the potential to help all of humanity,” he said. “I don’t think there is any other place better than Bhutan to have that kind of organization. But how to establish it and build it up? I think we need to do a lot of thinking, a lot of drafting, and after that come out with some kind of common understanding and agreement from which we can do something. . . . I’m more than happy to have Bhutan leading this initiative and trying to build something. I would like to express deep thanks to His excellency the prime minister for putting this proposal in the conference.”

Almost 75 per cent of Bhutan’s population identify as Buddhists, according to data for 2010 from the Washington, DC-based Pew Research Center, with Hinduism accounting for the majority of the remainder. Most of Bhutan’s Buddhists follow either the Drukpa Kagyu or the Nyingma school of Vajrayana Buddhism.
Courtesy : www.buddhistdoor. net/

आदि बुद्ध समन्तभद्रको प्रार्थना

मुकेश लामा लो

हो ! रूप र अस्तित्व, संसार र निर्वाण सबै कुराको एकै भूमि छ, तैपनि दुई पथ र दुई फलहरू, र अद्भुत रूपमा ज्ञान वा अज्ञानताको रूपमा प्रदर्शित हुन्छ ।

समन्तभद्रलाई प्रार्थना गरेर, सबै प्राणीहरू धर्मधातुको आलयमा पूर्ण रूपमा सिद्ध बुद्ध बनोस्, । सबैको भूमि संयोजित छ, र अभिव्यक्ति भन्दा परको स्व उत्त्पन्न महान् विस्तारको नाम न त संसार छ न त निर्वाण छ । यसलाई महसुस गर्नाले मात्र पनि तपाईँ एक बुद्ध हुनुहुनेछ यसलाई महसुस न गर्नाले तपाईँ संसारमा भौँतारिनु हुने छ ।

तीन लोकका तपाईँ सबै प्राणीहरूले अभिव्यक्त गर्न नसकिने भूमिको सही अर्थलाई साक्षात्कार गर्न सकोस् भनेर म प्रार्थना गर्छु ।

म, समन्तभद्रले कारण र अवस्थाबाट मुक्त रहेको यस भूमिको सत्यतालाईसाक्षात्कार गरेको छु जुन केवल यो ज्ञान हो । यो बाह्य अभिव्यक्ति र आन्तरिक विचार, पुष्टि वा अस्वीकारको धब्बा विहीन छ र यो अज्ञानताको अन्धकारबाट अदूषित छ । यस प्रकारले यो स्वयम्-प्रकट हुने प्रदर्शन दोषहरूबाट मुक्त छ ।

म, समन्तभद्र, मूलभूत ज्ञानको रूपमा रहन्छु । तीनवटा लोकहरू नष्ट भए पनि, त्यहाँ कुनै डर छैन । चेतनाको वस्तुको पाँचवटा मनोहर गुणहरू प्रति कुनै अनुराग छैन । सोचाइहरूबाट मुक्त रहेको स्वतः उत्पन्न हुने चेतनाको न त ठोस रूप छ न त पञ्च विषहरू छन् ।

सारमा एकल रहेको ज्ञानको अविरल स्पष्टतामा, त्यहाँ तै पनि पञ्च प्रज्ञाज्ञानहरूको प्रदर्शन हुन्छ । यी पाँचवटा प्रज्ञाज्ञानहरू परिपक्व भएर पाँचवटा मौलिक बुद्ध कुलहरू उत्पन्न हुन्छन् र तिनीहरूको प्रज्ञाज्ञानको विस्तारबाट बयालीस जना शान्त बुद्धहरू देखा पर्छन् । पाँच वटा प्रज्ञाज्ञानहरूको उदियमान शक्तिहरूबाट साठी जना क्रोधपूर्ण हेरुकाहरू प्रकट हुन्छन् । यस प्रकारले भूमिको ज्ञान कहिले पनि अशुद्ध वा गलत हुँदैन ।

म, समन्तभद्र, सबैको मूल बुद्ध हुँ, र मेरो यस प्रार्थनाको माध्यमबाट, संसारको यो तीनवटा लोकहरूमा भौँतारिने तपाईँ सबै प्राणीहरूले यो स्वतः उत्पन्न हुने ज्ञानलाई साक्षात्कार गरोस्, र तपाईँको महान् प्रज्ञाज्ञान स्वतः वृद्धि होस् ।

तालिम दिन सकिने तपाईँ प्राणीहरूलाई मद्दत पुर्या उनको लागि मेरो प्रादुर्भावहरू निरन्तर रूपले अरबौं अकल्पनीय विधिहरूमा प्रकट हुनेछन् । तपाईँहरूले भूमिको ज्ञानलाई साक्षात्कार नगरेकोले गर्दा सुरुवात देखि नै तपाईँ प्राणीहरू अलमलमा पर्नु भएको छ ।

जे हुन्छ त्यो मायावत हो भन्नेबारे होशियार नहुनु अज्ञानताकै अवस्था हो र यो नै भौँतारिने कारण हो । यस अयथार्थ अवस्थाबाट अचानक बेहोसी र अस्थिर त्रासको सूक्ष्म चेतना आउँछ ।

त्यस अस्थिरताबाट त्यहाँ आफूलाई अलग छुट्याउने र अरूलाई शत्रुको रूपमा देख्ने बोध उत्पन्न हुन्छ । क्रमशः अलग छुट्याउने प्रवृत्ति विकास हुन्छन्, र यसबाट संसारको चक्रको सुरुवात हुन्छ । त्यसपछि पाँच वटा विषहरूको भावनाहरू विकास हुन्छन् – यी भावनाहरूको कार्यहरू अनन्त छन् । तपाईँ प्राणीहरू होसियार नभएकोले तपाईँ प्राणीहरूमा ज्ञानको कमी हुन्छ र यो तपाईँ भौँतारिने आधार बन्छ ।

मेरो प्रार्थनाको माध्यमबाट, तपाईँ सबै प्राणीहरूले आफ्नो मूलभूत ज्ञानलाई पहिचान गर्नु पर्छ ! स्वाभाविक ज्ञानको अर्थ होसियार नहुनु र मन अन्यत्र लगाउनु हो । अज्ञानतालाई दोष लगाउनुको अर्थ आफू र अरू प्रतिको द्वैध विचार हो । दुवै प्रकारका ज्ञानहरू सबै प्राणीहरूको मतिभ्रमका आधारहरू हुन् ।

समन्तभद्रको प्रार्थनाको माध्यमबाट, संसारमा भौँतारिने तपाईँ सबै प्राणीहरूले होसियार नहुनुको कालो धुवाँलाई हटाउन सकोस्, द्वैधताको टाँसिदो विचारहरूलाई हटाउन सकोस् ।

तपाईँले आफ्नै मूलभूत ज्ञानलाई पहिचान गर्न सक्नुहोस् ! द्वैध विचारहरूले शङ्का उत्पन्न गर्छ, सूक्ष्म अनुराग देखि मनको यस द्वैध स्वभावले द्वैध स्वभावहरू झन् झन् बलिया र बाक्ला हुँदै जान्छन् ।

खाना, धन, कपडा, घर र मित्र, चेतनाका पाँचवटा वस्तुहरू र तपाईँको प्रिय परिवार – यी सबै चीजहरूले तृष्णा र कामना सृजना गरेर तपाईँलाई तड्पाउने कारण हुन्छ । यी सबै सांसारिक भ्रमहरू हुन्; लोभ र लिप्साका गतिविधिहरू अनन्त छन् । अनुरक्तिको फल परिपक्व भए पछि, तपाईँको जन्म लोभ, लालसा, दुख, भोकमरी र तिर्खाले सताइएको भोको प्रेतको रूपमा हुनेछ ।

समन्तभद्रको प्रार्थनाको माध्यमबाट, अनुरक्ति भएका तपाईँ सबै अभिलाषी र लम्पट प्राणीहरूले न त तृष्णालाई अस्विकार गर्नु न त तृष्णा प्रतिको अनुरक्तिलाई स्वीकार गर्नु । तपाईँको चेतनालाई आफ्नो प्राकृतिक अवस्थामा आराम गर्न दिनुहोस्, त्यसपछि तपाईँको ज्ञान स्थिर हुनमा सक्षम हुनेछ । तपाईँले सम्यक् विचारको प्रज्ञाज्ञान प्राप्त गर्न सकोस् !

बाह्य वस्तुहरू देखा पर्दा, डर त्रासको सूक्ष्म चेतना उत्पन्न हुनेछ । यस डर त्रासबाट, रिस गर्ने बानी झन् झन् बलियो हुँदै जान्छ । अन्तमा, हत्या र हिंसा उत्पन्न गर्दै विद्वेष आउँछ । यो रिस परिपक्व भएपछि, तपाईँले उम्लिँदै र जल्दै नरकमा कष्ट भोग्नु हुनेछ ।

समन्तभद्रलाई प्रार्थना गरेर, छवटा लोकका तपाईँ प्राणीहरू, तपाईँलाई धेरै रिस उठ्दा, त्यसलाई न त स्वीकार गर्नुहोस् न त अस्वीकार गर्नुहोस् । यसको सट्टा प्राकृतिक अवस्थामा आराम गर्नुहोस् र स्पष्टताको प्रज्ञाज्ञान प्राप्त गर्नुहोस् !

तपाईँको मन घमन्डले भरिँदा प्रतिस्पर्धा र अपमानको विचारहरू उत्पन्न हुनेछ । यो घमन्ड झन् झन् बलियो हुँदै जाँदा, तपाईँले झगडा र गाली गलौजको पीडा अनुभव गर्नुहुनेछ । यो कर्मको फल परिपक्व भएपछि, तपाईँको जन्म देव लोकमा हुनेछ र परिवर्तन हुने र तल्लो लोकमा जन्म हुने दुख अनुभव गर्नु हुनेछ ।

समन्तभद्रको प्रार्थनाद्वारा घमन्ड विकास गर्ने तपाईँ प्राणीहरूले आफ्नो चेतनालाई यसको प्राकृतिक अवस्था आराम गर्न दिनुहोस् । त्यसपछि तपाईँको चेतना स्थिर हुनमा सक्षम हुनेछ । तपाईँले समताको प्रज्ञाज्ञान प्राप्त गर्न सकोस् !

द्वैधताको बानीलाई वृद्धि गरेर, आफैलाई प्रशंसा गरेर अरूलाई निन्दा गरेर, तपाईँको प्रतिस्पर्धी दिमागले तपाईँलाई ईर्ष्या र लडाइ तर्फ डोर्यालउनेछ, अनि तपाईँको जन्म लडाईँ झगडा र धेरै हत्या भएको असुर लोकमा हुनेछ । त्यो हत्याको परिणामबाट, तपाईँको नरक लोकमा पतन हुनेछ ।

समन्तभद्रको प्रार्थना गरेर, ईर्ष्या र प्रतिस्पर्धात्मक विचारहरू उत्पन्न हुँदा, तिनीहरूलाई दुस्मनको रूपमा बुझ्न नदिनुहोस् । बस आराममा आराम गर्नुहोस्, त्यसपछि चेतनाले आफ्नो प्राकृतिक अवस्थामा स्थिर हुनेछ । तपाईँले निर्बाध कार्यको प्रज्ञाज्ञान प्राप्त गर्न सक्नुहुन्छ !
समन्तभद्रको प्रार्थनाद्वारा ईर्ष्या र प्रतिस्पर्धात्मक विचार उत्पन्न हुँदा तिनीहरूलाई शत्रुको रूपमा न लिनुहोस् ।
विचलित, लापरवाह र बेपरवाह हुँनाले तपाईँ प्राणीहरू मंदबुद्धि, अस्पष्ट र असावधान हुनु हुनेछ ।

बेहोशी र अल्छी भएर, तपाईँले आफ्नो अज्ञानतालाई वृद्धि गर्नु हुनेछ र यस अज्ञानताको फल जनावर लोकमा असहाय भएर भौँतारिनु हुने छ ।
समन्तभद्रको प्रार्थनाद्वारा, अज्ञानताको अँध्यारो खाडलमा खसेका तपाईँ प्राणीहरूमा होसियारीको ज्योतिको चम्कियोस् र त्यसबाट विचारहरूबाट मुक्त रहेको प्रज्ञाज्ञान प्राप्त होस् ।

तीन लोकका तपाईँ सबै प्राणीहरू वास्तवमा सबैको भूमि बुद्ध जस्तै हो । तर भूमिबारेको तपाईको गलत बुझाइले तपाईलाई कुनै उद्देश्य बिना काम गर्नको लागि भौँतारिन लगाउँछ । । छवटा कार्मिक कार्यहरू सपना जस्तै मायावत् हुन । मेरा सबै प्रादर्भावहरूद्वारा छ प्रकारमा प्राणीहरूलाई तालिम दिनको लागि म यहाँ आदि बुद्ध हुँ ।
समन्तभद्रको प्रार्थनाबाट कुनै अपवाद बिना तपाईँ सबै प्राणीहरूले धर्मधातुको अवस्थामा सम्यक् सम्बोधि लाभ गरुन् ।

आह हो ! यसपछि एकजना शक्तिशाली योगीले आफ्नो मायाजालबाट मुक्त रहेको चम्किलो ज्ञानले यो धेरै शक्तिशाली प्रार्थना उच्चारण गरेमा यसलाई सुन्ने सबैले तीनवटा जीवन काल भित्र सम्यक् सम्बोधि लाभ गर्नेछन् । सूर्य ग्रहण वा चन्द्र ग्रहण लागेको समयमा भूकम्प गएको समयमा वा पृथ्वी डगमगाएको बखत् संक्रान्ति वा नयाँ वर्षमा तपाईँले समन्तभद्रलाई दृश्यभाव गर्नु पर्छ र यदि तपाईँले सबैले सुन्ने गरि ठूलो स्वरमा प्रार्थना गर्नु भयो भने ती योगीको प्रार्थनाले तीन लोकका प्राणीहरू दुखबाट क्रमशः मुक्त हुनेछन् र अन्त्यमा गएर सम्यक् सम्बोधि लाभ गर्नेछन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले अन्तर्राष्ट्रिय सेमिनार गर्ने

बोधी संवाददाता

काठमाडौं, पुस २४ । लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्ध जन्मभूमि लुम्बिनीमै बौद्ध अध्ययनका साथै विभिन्न विषयमा केन्द्रीत रही अन्तर्राष्ट्रिय सेमिनार गर्ने भएको छ ।

नेपाल लगायत भारत, भुटान, श्रीलंका एवं जापान आदि देशका बौद्ध विद्वानहरुले अनुसन्धान कार्यपत्र प्रस्तुत गर्ने र यसमा करिब २०० जना नेपाली तथा विदेशीहरुको सहभागिता हुने विश्वविद्यालयका डीन डा. भद्ररत्न वज्राचार्यले बताउनुभएको छ । कार्यक्रम मार्चको पहिलो हप्तामा गर्ने निधो भइसकेको छ । तर मिति नै भने केही दिन पछि मात्र औपचारिक रुपमा तोकिने छ ।

विश्वविद्यालयको प्राज्ञिक उन्नयनका साथै नेपालको लुम्बिनीमै बौद्ध विश्वविद्यालय किन बनाइयो भन्ने बारे र नेपालमा बुद्ध शिक्षा एवं बुद्ध दर्शनलाई बौद्धिक चिन्तनको विषय पनि हो भन्ने बारेमा अन्तर्राष्ट्रिय क्षेत्रमा जनकारी फैलाउन पनि यो सेमिनारको आयो जनागर्न लागेको हो, उहाँले भन्नु भयो ।

यस वर्षको सेमिनारमा बुद्धधर्म अध्ययनका चुनौती र अवसरहरु, बुद्धधर्म र स्वास्थ्य, पुरातत्वशास्त्र, दर्शन, विज्ञान, समाज र शान्तिसँगको अध्ययनलाई मुख्य विषयको रुपमा छानिएको छ ।

यसका लागि कार्यपत्र प्रस्तोताहरुलाई पत्र लेखिरहेको तथा अन्य तैयारीका लागि बैठकहरु बसिरहेको पनि उहाँले बनाउनुभएको छ ।

विश्वविद्यालयको कार्यकारी परिषदको मंसीर १५ गते बसेको बैठकले विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहको उपलक्ष्यमा सेमिनार गर्ने निर्णय गरेको थियो ।