“बुद्धधर्म अनुसार मानव जीवनमा राजनीतिको स्थान नगन्य छ”

बोधी संवाददाता
काठमाडौं, चैत २५ । प्रा. डा. श्रीधर लोहनीले आज बुद्धधर्ममा राज्यव्यवस्थाबारे प्रस्तुतीकरण गर्नुभयो ।
धर्मकीर्ति विहारको आयोजनामा गरिएको प्रवचन कार्यक्रममा उहाँले पाली साहित्यको आधारमा बुद्धधर्म अनुसार मानिसको जीवनमा राजनीतिले कुनै खास फरक नपार्ने, मानिसभित्र अन्तरनिहित नैतिक शिद्धान्त छ र सरकारले मुक्तिको मार्गमा लैजाँदैन, यसको लागि मानिस आफैले कोशिस गरेर जानु पर्दछ ।
उनले बौद्ध ग्रन्थहरुमा राजाको काम धर्मचक्र चलाउने तथा यसका लागि राजासँग नैति पवित्रता हुनुपर्ने उल्लेख भएको पनि बताउनु भएको छ । सिंहनाद सुत्तमा उल्लेख भए अनुसार राजा पहिले जो गरीब छन् उसलाई दान दिनुपर्छ भन्नेमा विश्वास राख्थे, पछि उनले यस्तो गर्न छोड्यो र मानवजीवनमा यसको प्रभाव पर्यो । राजाले धर्ममा सुधार गरेमा पुनः मानवजीवनमा सुधार आउँछ भन्ने पनि केही सुत्तमा उल्लेख भएको पाइन्छ,” उहाँले भन्नुभयो ।

उहाँले आफुले यसका लागि बुद्धबचन भनिएका अगन्न सुत्त, चक्कवति सिंहनाद सुत्त तथा महापरिनिब्बान सुत्तको अध्ययन गरेको बताउनु भयो ।

कार्यक्रममा धर्मकीर्ति विहार संरक्षण कोषकी अध्यक्ष धम्मावती गुरुमाले डा. लोहनीले बुद्धधर्मको यति गहिरो अध्ययन गरेर सबैले बुझ्ने गरी त्यसको व्याख्या गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>