विश्व शान्तिमा स्वास्थ्य परिक्षण

बोधी संवाददाता

काठमाडौं, भाद्र २५ । यस वर्षको वर्षावासको उपलक्ष्यमा विश्व शान्ति विहारमा आज मुटु तथा मधुमेहको निःशुल्क परिक्षण सम्पन्न भयो ।
उक्त कार्यक्रममा गौतम बुद्ध इन्टरनेशनल कार्डियाक हस्पिटलका स्वास्थ्यकर्मीहरले भन्तेहरु, गुरुमाहरु तथा उपासक उपासिकाहरुको मुटु तथा मधुमेहको निःशुल्क परिक्षण गरे ।
यसका लागि जसले रोगीको सेवा गर्छ उसले मेरो सेवा गरेको हुन्छ भन्ने भगवान बुद्धको पवित्र बचनलाई व्यवहारमा उतारेकोमा उक्त कार्यक्रमा सहयोग गर्ने सबैलाई विहारका तर्फबाट भिक्षु बोधिज्ञानले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

2 months ago/Sunday, September 10th, 2017 /