बोधी बचत तथा पद्मावती बचत बिच सम्झौता

बोधी संवाददाता
काठमाडौं, माघ २५ । बोधी टेलिभिजन नियमित प्रशारण गर्नको लागि बौद्ध समाज र बद्धधर्मका लागि कार्यरत बोधी बचत तथा ऋण सहकारी संस्था लि तथा पद्मावती बचत तथा ऋण सहाकारी संस्था बिच सहकार्यको लागि बिहिबार एक सम्झौता भयो ।

सम्झौता पत्रमा बोधी बचतका तर्फबाट अध्यक्ष संजीव तुलाधरले तथा पद्मावती वचतका तर्फबाट अध्यक्ष नेमवीर शाक्यले हस्ताक्षर गनुभएको थियो ।

अध्यक्ष शाक्यले नेपालभरीमा बुद्धधर्मको ज्ञान तथा बौद्ध गतिविधिको जानकारी दिने बोधी टेलिभिजनलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भगवान बुद्धले नै पहिलोपल्ट सहकारीको व्याख्या गर्नुभएको स्मरण गर्दै

बोधी सहकारीमा अध्यक्ष तुलाधरले पद्मावतीसँगको सहकार्यले सम्भावनाको ढोका खोलेको चर्चा गर्दै सबै बौद्धहरुले यस्तो सहकार्य र सहयोग गरेर एकामात्र बौद्ध च्यानललाई सहयोग गर्न अपील गर्नुभयो । उहाँले बुद्धधर्मलाई बुद्धशिक्षा भनेर ग्रहण गरिदियो भने भोलि नेपालकै परिवर्तन हुन्छ भन्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा व्योमकुसुम संघका अध्यक्ष मुकुन्द विष्टले सहकार्यको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा दुबै सहकारीका संचालक समिति सदस्यहरुको उपस्थिति थियो ।

2 weeks ago/Thursday, February 8th, 2018 /