चित्रवन विहारको स्वर्ण जयन्ति समापन

बोधी संवाददाता

चितवन, माघ ९ । चितवनको नारायणी नदीको किनारमा अवस्थित नारायणगढमा निर्मित चित्रवन विहारको स्वर्ण जयन्ती तीन दिनसम्म माघ ६, ६ र ८ गते बुद्धपूजा एवं महापरित्राण इत्यादि गरी मनाइयो ।
पहिलो दिन अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरेको प्रमुख आतिथ्यमा उट्घाटन सभाको आयोजना भएको थियो ।

कार्यक्रममा चित्रवन बिहार संघका अध्यक्ष रबिन्द्र बज्राचार्यले निकट भविष्यमै यो बिहार काठमाडौं र लुम्बिनी बीचको बौद्धहरुको आकर्षण केन्द्र र मिलन विन्दुको रुपमा विकास हुने बन्ने धारणा ब्यक्त गर्नुभयो ।

यस अघि बुद्धपूजा गर्नुका साथै विहारका उपासक उपासिकाहरुले शोभा रयाली निकाली नगर परिक्रमा गरेका थिए ।

दोस्रो दिन शोभायात्रा गरिसकेपछि महापरित्राण पाठ गरिएको थियो । यसका लागि १२ जना भन्तेहरु काठमाडौं लगायतका स्थानबाट उपस्थित भएका थिए ।

उक्त कार्यक्रमै त्यहाँ बनाइने धर्मशालाको शिलान्यास पनि भएको थियो । निर्माण कार्य सम्पन्न हुँदा सम्मको लागि अनुमानित बजेट १ करोड ५० लाख आवश्यक भएको उक्त धर्मशालाको निर्माणका लागि स्थानीय बौद्ध समुदायले यथाशक्य चन्दा पनि राखेका थिए । त्यसमध्ये दाता हरिकृष्ण महर्जनद्वारा २५ लाख र दाता ज्ञानेन्द्रमान शाक्यद्वारा ७ लाख दानको घोषणा भएको थियो । यसका लागि हालसम्म ५५ लाख मुठ्ठी दान संकलन समेत भइसकेको आयोजकहरुले बताएका छन् ।

तेस्रो दिन बुद्ध पूजा गरी समापन कार्यक्रम समापन गरिएको थियो ।त्यस दिन प्रमुख अतिथि भरतपुर उप महानग नगर पालिका उप मेयर पर्वती शाहले विहार बनाउने कार्यदेखि विभिन्न समयमा विभिन्न योगदान दिने
सहयोगीहरुलाई सम्मान प्रदान पनि गरिएको थियो ।

भरतपुर महानगरपालिका स्थित उक्त बिहार बन्नुपूर्व नारायणीमा बालुवाको चैत्य बनाइ बुद्ध पुजा गरी बुद्ध जयन्ती मनाउन सुरु गरिएको थियो ।

२०२४ सालमा विशेष गरेरकाठमाडौं उपत्यकाबाट आएका नेवार बौद्धहरुको सक्रियतामा उक्त विहारको स्थापना भएको थियो भने आज पनि उक्त विहार त्यहाँका नेवार बौद्धहरको मिलन स्थलको रुपमा परिचित भएको स्थानीय बासिन्दाहरु बताउँदछन् ।

1 month ago/Tuesday, January 23rd, 2018 /