लुम्बिनी र कपिलवस्तुको उत्खनन्ले विश्वमा नेपालको छुट्टै चिनारी कायम

बोधी संवाददाता
लुम्बिनी, रुपन्देही, पौष २८ । लुम्बिनी बौद्ध विश्वविद्यालयले आज यहाँ लुम्बिनी तथा तिलौाकोट क्षेत्रमा भइरहेको उत्खनन् कार्यको बारेमा एक प्रवचन कार्यक्रमको आयोजना गर्यो ।

बुद्धको जन्मभूमि लुम्बिनी तथा बुद्धले आफ्नो जीवनको २९ वर्ष विताएको कपिलवस्तु, जसलाई आजभोलि तिलौराकोटको नामले चिनिन्छ, ती स्थानहरु विश्वकै लागि आकर्षणको केन्द्र भएकोले त्यहाँको पुरातात्विक उत्खनन्ले नेपालको नाम विश्वका केही उल्लेख्य प्राचीन सभ्यताका केन्द्रहरुको पंक्तिमा उभिने वक्ताहरुले बताए ।

कार्यक्रममा बोल्दै डुरह्याम विश्वविद्यालयका प्राध्यापक रबिन कनिङघमले हालैको उत्खनन्ले शुद्धोदन महाराजको दरवारको पूर्वी ढोका रहेको स्थान स्थानमा इँटाका संरचनाका अवशेष भेटिएको बताउनुभयो ।

उहाँले यो उत्खनन्को आधार चीनिया यात्रीहरुले गरेको वर्णन, तथा पिसि मुखर्जाीले गरेको अनुसन्धान भएको र ती विवरणहरुले तथा अहिलेको भूभौतिक सर्भेक्षणले पनि धेरै सहयोग गरेको पनि बताउनुभयो ।

त्यस्तै पुरात्व विभागका पूर्व महानिर्देशक एवं यस उत्खनन्का परामर्शदाता कोश प्रसाद आचार्यले लुम्बिनी तथा अशोक स्तम्भ पत्ता लागेको समयदेखि लामो चरण पार भएर विश्व सामु आज बुद्धको जन्मभूमि यही लुम्बिनी हो भन्ने प्रमाणि भएकोले ती सबै पुरातत्वविद्हरुमा नेपाल कृतज्ञ हुनुपर्ने बताउनु भयो ।

उहाँले ती सबै उत्खनन्हरुले नेपालको नाम विश्व मानचित्रमा बेग्लै पहिचान बनाउने भएको बताउनु भयो ।

कार्यक्रममा विश्वविद्यालयका डीन डा भद्र रत्न वज्राचार्यले हाल विश्वविद्यालय ले पुरातत्वलाई पनि लुम्बिनी बौद्ध विद्यालयले अध्यापनको विषय बनाएकोले अबका दिनहको विशेष गरी बौद्ध पुरातत्विक स्थलहरुको उत्खनन् तथा अन्वेषण गर्नका लागि जनशक्ति तयार भइरहेकोमा सन्तोष व्यक्त गर्नुभयो ।

1 week ago/Friday, January 12th, 2018 /