लुम्बिनी बौद्ध विश्वविद्यालयले अन्तर्राष्ट्रिय सेमिनार गर्ने

lumbini_mayadevi

बोधी संवाददाता

लुम्बिनी, रुपन्देही, पुस २४ । लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्ध जन्मभूमि लुम्बिनीमै बौद्ध अध्ययनका साथै विभिन्न विषयमा केन्द्रीत रही अन्तर्राष्ट्रिय सेमिनार गर्ने भएको छ ।

नेपाल लगायत भारत, भुटान, श्रीलंका एवं जापान आदि देशका बौद्ध विद्वानहरुले अनुसन्धान कार्यपत्र प्रस्तुत गर्ने र यसमा करिब २०० जना नेपाली तथा विदेशीहरुको सहभागिता हुने विश्वविद्यालयका डीन डा. भद्ररत्न वज्राचार्यले बताउनुभएको छ । कार्यक्रम मार्चको पहिलो हप्तामा गर्ने निधो भइसकेको छ । तर मिति नै भने केही दिन पछि मात्र औपचारिक रुपमा तोकिने छ ।

विश्वविद्यालयको प्राज्ञिक उन्नयनका साथै नेपालको लुम्बिनीमै बौद्ध विश्वविद्यालय किन बनाइयो भन्ने बारे र नेपालमा बुद्ध शिक्षा एवं बुद्ध दर्शनलाई बौद्धिक चिन्तनको विषय पनि हो भन्ने बारेमा अन्तर्राष्ट्रिय क्षेत्रमा जनकारी फैलाउन पनि यो सेमिनारको आयो जनागर्न लागेको हो, उहाँले भन्नु भयो ।

यस वर्षको सेमिनारमा बुद्धधर्म अध्ययनका चुनौती र अवसरहरु, बुद्धधर्म र स्वास्थ्य, पुरातत्वशास्त्र, दर्शन, विज्ञान, समाज र शान्तिसँगको अध्ययनलाई मुख्य विषयको रुपमा छानिएको छ ।

यसका लागि कार्यपत्र प्रस्तोताहरुलाई पत्र लेखिरहेको तथा अन्य तैयारीका लागि बैठकहरु बसिरहेको पनि उहाँले बनाउनुभएको छ ।

विश्वविद्यालयको कार्यकारी परिषदको मंसीर १५ गते बसेको बैठकले विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहको उपलक्ष्यमा सेमिनार गर्ने निर्णय गरेको थियो ।

2 weeks ago/Monday, January 8th, 2018 /