५० हजारले एकैपल्ट धम्मपद बाचन गर्ने

बोधी संवाददाता
काठमाडौं, पुस १८ । आगामि महिना काठमाडौंको टुँडिखेलबाट अनुमानित ५० हजार मानिसहरुले एकैपल्ट बुद्धबचनहरुद्वारा सिर्जित धम्मपद गाथा बाचन गरेर गिनिस बुक अफ वल्र्ड रिकर्डसमा दर्ता गरिने भएको छ ।
“बुद्ध वर्न इन नेपाल” नाम दिइएको उक्त कार्यक्रममा २०७४ माघ २७ गते शनिबार तदनुसार फेब्रुवरी १० कादिन भगवान बुद्धको उपदेश र वचन “धम्मपद बाचन गरिने जानकारी उक्त कार्यक्रमका आयोजकहरुले आज एक पत्रकारसम्मेलन मार्फत गराएको छ ।

महामानव गौतम बुद्धको बारेमा राष्ट्रिय गौरवको कार्यक्रमा एकै स्थानमा करिव ५० हजार भन्दा बढी मानिसहरुको सहभागीता हने र गिनीज वर्ल्ड रेकर्डस् को निर्णायकहरुको उपस्थितिमा कार्यक्रम हुने पनि बताइएको छ ।

राष्ट्र, राष्ट्रियता र स्वाभिमान दर्शाउन र बुद्धप्रति श्रद्धाको भावनाले सम्पूर्ण नेपाली समुदाय मानव जीवनमा अत्यन्त महत्वपूर्ण रहेका बुद्धको उपदेश र वचन “धम्मपद” सस्वर वाचन मार्फत् यस अघि कायम रहेको विश्व कीर्तिमानलाई भङ्ग गरी नेपालको नाममा कायम गर्ने प्रयास स्वरुप यो राष्ट्रिय गौरवको कार्यक्रम तय गरिएको छ, आयोज समितिका अध्यक्ष दिपक शर्मा बजगाइले आज बताउनुभयो ।

यस कार्यक्रमलाई सहभागिताको हिसाबले नेपालको अहिलेसम्मको सबभन्दा वृहत कार्यक्रम भनिएको छ जसमा करिब १००० भन्दा बढी स्वयंसेवकहरु परिचालित हुने छन् ।
कार्यक्रम अवआकाशीय दृश्यको लागि हेलिकप्टर र ड्रोनहरुको प्रयोग गरिने,
सिसिटिभी क्यामेराबाट निगरानी र ह्याण्डमेटल डिटेक्टरद्धारा सुरक्षा जाँच गरिने तथा अत्याधुनिक सफ्टवेयर मार्फत निर्माण गरी सहभागीहरुको सिट व्यवस्थित गरिने पनि आयोजकहरुले बताएका छन् ।
राष्ट्रिय विभूति, शान्तिका नायक, सर्वज्ञ महामानव शाक्यमुनी गौतम बुद्धद्वारा प्रतिपादन गरिएका बौद्ध दर्शन तथा उपदेशहरुको मूलभूमि नेपाल भएको तथ्यलाई अन्तर्रा्ष्ट्रिय जगतमा विश्व कीर्तिमानी कार्यका माध्यमबाट प्रचार गर्नेस् भन्ने कार्यक्रमको उद्देश्य भएको पनि बताइएको छ ।

हालसम्मको कीर्तिमानमा इण्डियामा २०१४ २ फेव्रुअरी मा ४६,६६० जना मानिसहरुले १६आंै शताव्दिका कवि पोथानमद्वारा रचित जानपना नामक वाचन गरिएको थियो ।

3 weeks ago/Tuesday, January 2nd, 2018 /