अमेरिकाको कोलोराडोमा ‘बौद्ध समाज’ गठन

बोधी संवाददाता

काठमाडाै‌ मंसीर १९ । संयुक्त राज्य अमेरिकाकाे कोलोराडोमा आईतबार बौद्ध समाज कोलोराडो गठन गरेको छ । वेष्टमिनिष्टर एक होटलमा आयोजित एक भेलालेअरुणकुमार गुरुङको प्रमुख आतिथ्यता तथा स्थानिय संध संस्थाका प्रतिनिधी ,गन्यमान्य, बुद्धिजिवी ,पत्रकारहरुको उपस्थितीमा बौद्ध समाज कोलोराडो गठन गरिएको हो ।

उक्त समाजकाे उद्देश्य बुद्धको जन्मभुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन बौद्ध धर्मालम्बी एक जुट  गर्ने बताइएको छ ।

नव गठित बौद्ध समाजको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र सहसचिवमा क्रमश अक्कल तमाङ, सोनाम शेर्पा, पासाङ शेर्पा, संन्दिप लामा र संजय शाक्य रहेका छन् । यसैगरी कार्य समितीका सदस्यहरुमा जगमाया तमाङ, राजसिह गुरुङ, कर्म शेर्पा, पार्वती गुरुङ, पासाङ शेर्पा, देबी गुरुङ र धनराज गुरुङ रहेको बिअारटि नेपाल डटकमले जनाएकाे छ ।

त्यसैगरि भेलाले ३ सदस्सिय सल्लाहकार समिती र ३ जना लामाहरु पनि चयन गरेको छ । यसरी चयन गरिएको सल्लाहकारहरुमा मेजर लाक्पा शेर्पा, पूर्णबहादुर गुरुङ र अरुणकुमार गुरुङ रहेका छन् । त्यस्तै लामाहरुमा ज्ञान दोर्जे, सोनाम शेर्पा, पेमा दोर्जे रहेका छन् ।

1 week ago/Tuesday, December 5th, 2017 /