बंगलादेश तथा नेपालका बौद्धहरुका बिच सम्बन्ध विस्तार गर्नुपर्ने

बोधी संवाददाता
काठमाडौंं, मंसिर १८ । बंगलादेशका पर्वतीय चत्तग्राम विषयक राज्य मन्त्री बीर बहादुर उस्वी सिंले नेपाल तथा भारतका बौद्धहरुका बिच सौहार्दपूर्ण सम्बन्ध अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले बंगलादेशका बौद्धहरुको बारेमा बोल्दै त्यहाँ भएका बौद्ध स्मारकहरुको उचीत संरक्षण भएको तथा त्यहाँका बौद्धहरुले अन्य धर्माबलम्बीहरुसँग धार्मिक समन्वय रहेको पनि बताउनुभयो ।
कार्यक्रममा धर्मकीर्ति महाविहारकी प्रमुख धम्मावती गुरुमांले सामान्यतयाः मुस्लिम देश भनेर चिनिने बंगलादेशमा एक जना बौद्ध मन्त्री समेत भएकोमा खुशी व्यक्त गर्नुभयो र त्यहाँदेखि नेपालसम्म आएर बौद्ध उपासक उपासिकाहरुका माझ आफ्नो देशको बौद्धहरुको बारेमा बताउनु आउनुभएकोमा अभार पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा बंगलादेशका सहसचिव सुदत्त चकमा एवं नेपालका लागि बंगलादेशका राजदूत माशफी बिन्ते शाम्स पनि उपस्थित हुनुहुन्थ्यो ।

उक्त अवसरमा उहाँले आफ्ना सहयात्रीहरुका साथ बुद्धपूजा एवं दानप्रदान पनि गर्नुभयो ।

2 weeks ago/Monday, December 4th, 2017 /