त्रिपाठी लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त

बोधी संवाददाता ।

काठमाडौं मंसिर १८ । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवदेशकुमार त्रिपाठीलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बिहीबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले त्रिपाठीलाई गत मंसिर १४ गते नियुक्त गर्ने निर्णय गरेको सरकारी समाचार संयन्त्र राष्ट्रिय समाचार समितिले जनाएको छ । सो जनाकारी सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएको पनि समाचारमा उल्लेख छ ।

यसअघि भिक्षु निग्रोध  (सिद्धार्थ महर्जन ) २०७२ जेठ २ मा लुम्बिनी बिकाष कोषको उपाध्यक्ष नियुक्त हुनुभएको थियो । उहाँ लगायत कोषका अन्य पदादिधकारीहरुकाे समयावधि सकिएपछि नयाँ पदाधिकारीहरुकाे नियुक्ति शुरु भएकाे हाे ।

 

 

2 weeks ago/Monday, December 4th, 2017 /