एशियाली बौद्धचित्रकलामा नेवार कलाकारहरुको योगदानबारे चर्चा

बोधी संवाददाता
ललितपुर, कार्तिक२७ । काठमाडौं उपत्यकाका नेवार कलाकारहरुले प्राचीनकालदेखि एशियाली बौद्ध चित्रकलामा पारेको देखिन्छ । बौद्धकला अन्वेषक नरेश शाक्यले आज यहाँ स्थित सिम्रिक अटेलियरमा एक प्रवचनमा सो कुरा बताउनुभएको हो ।
हाल बौद्धकला विषयमा विद्यावारिधि गरिरहुनभएको शाक्यले नेपालका कलाकारहरु विभिन्न समयमा तिब्बत लगायत चीनका विभिन्न प्रान्तहरु, लद्दाख, सिक्किम, भुटान आदि ठाउँमा गएर त्यहाँ कलाकारिताको काम गर्दै त्यहाँको मौलिक कलामा समेत यहाँ काठमाडौंको कलाप्रवृतिको प्रवेश गराएको बताउनुभयो ।

 

 

उहाँले सन् ६३४मा नेपालकी राजकुमारी भृकुटीले चीनमा बुद्धमूर्ति लगेर त्यहाँ नेपाली कलाको परिचय दिएका स्मरण गर्दै त्यसै बेला त्यहाँ अवलोकितेश्वरको मूर्ति पनि नेवार कलाकारले बनाएको बताउनुभयो । त्यस्तै दुनहाङ गुफामा स्थित सहस्रभुज लोकेश्वरको पौभामा पनि नेवार कलाको झल्को भएको बताउनुभयो ।

 
त्यसपछि कालान्तरमा नेपालीकलाकारहरुले त्यहाँ छोडेको प्रभावका कारण पछि स्थानीय कलाकारहरुले लेखेका चित्रहरुमा समेत यहाँका कलाकारहरुको झल्को रहेको उहाँले बनाउनुभयो ।

 
उहाँका अनुसार दुनहाङ गुफाको योगिनीहरुको चित्रमा, छिन्नमस्ता देवीको चित्रमा नेवारकलाको शैली भेटिन्छ । त्यस्तै खाराखोस्टोको पद्मपाणी लोकेश्वरको चित्रमा, जिन्ज्याङ स्थित बोधिसत्वको चित्रमा पनि नेवारकलाको केही शैलीहरु रहेको उहाँ बताउनुहुन्छ ।

 
यसका साथै उहाँले दुईवर्ष अगाडि नेपालमा भूकम्पमा क्षतिभएका पुराना घरहरुको भित्तामा रहेका सयौं वर्ष पुराना भित्ते चित्रहरुको यथोचित संरक्षण नभएको तथा सम्बन्धित निकायले समेत विशेष चासो नदेखाएकोले अब त्यस्ता मौलिक चित्रभएका घरहरु काठमाडौं उपत्यकामा बाँकी नरहने चिन्ता पनि व्यक्त गर्नुभयो ।

 
त्यस्ता भित्तेचित्रहरु यहाँका आदिवासी बौद्ध नेवारहरुको पहिचान भएकोले राज्य लगायत स्थानीय संघसंस्थाहरु लागिपर्नुपर्ने उहँको धारणा थियो ।

 

4 weeks ago/Thursday, November 16th, 2017 /