श्रीलंकामा  ७ अाैं अन्तर्राष्ट्रिय बाैद्ध सम्मेलन सम्पन्न

बाेधी संवाददाता

काठमाडौं कार्तिक २३ । श्रीलंकाकाे काेलाेम्बाेमा ७ अाैं अत्नराष्ट्रिय बाैद्ध सम्मेलन काेलाेम्बाे घाेषना जारी गरी सम्पन्न भएकाे छ । पाँच महादेशका ४७ वटा देशले भाग लिएकाे छ । बुद्धकाे शान्ति सन्देश प्रचार प्रसारलार्इ प्रभावकारी बनाउने, साताैं सम्मेलनमा पारित भएकाे अप्रिल ८ काे दिनमा अन्तराष्ट्रिय बुद्ध दिवसलार्इ संसारका बाैद्धहरूले व्यापक रूपमा मनाउने, जापानकाे The Grand Hall Buddhism मा निर्माणाधीन नालन्दा महाविहारकाे उदघाटनकाे साथै ८ अाैं बाैद्ध सम्मेलन सन् २०१८ नाेवेम्बर महीनामा जापानमा अायाेजना गर्ने लगायतका प्रस्ताव पारित गरी सम्मेलन समापन भएकाे छ ।

नाेवेम्बर २ मा श्रीलंकाका सम्माननीय राष्ट्रपति मैत्रीपाल सिरिसेनाबाट उदघाटन भएकाे उक्त सम्मेलनमा उगान्डाका दाेश्राे राजा, भूटानकी राजकुमारी, लाअाेसका उपराष्ट्रपति, मंगालियाका भूपू राष्ट्रपतिकाे पनि उपस्थिति थियाे ।

उक्त सम्मेलनकाे सफलताकाे लागि बुद्ध जन्मभूमि नेपालका महामहिम उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरूबाट शुभकामना दिनु भएकाे थियाे । साथै अखिल नेापल भिक्षु महासंघ, धर्माेदय सभा, युवक बाैद्ध मण्डल, विश्व विद्यालयका उपकुलपतिहरूबाट पनि सन्देश दिनुभएकाे थियाे ।

श्रीलंकाकाे महत्वपूर्ण राष्ट्रिय घटनाकाे रूपमा राज्यस्तरमा सम्पूर्ण व्यवस्था मिलाइएकाे उक्त सम्मेलनकाे दाेश्राे दिनमा ४७ सदस्य राष्ट्रहरूमा भएका बाैद्ध गतिविधिहरूकाे रिपार्ट पेश गरिएकाे थियाे ।

विश्व शान्ति विहारका प्रमुख भिक्षु ज्ञानपूर्णिक महास्थविर नेपालकाे प्रतिनिधि सदस्य रहेकाे उक्त सम्मेलनमा विश्व शान्ति विहारका भिक्षु बाेधिज्ञान महास्थविर, भिक्षु निग्राेध र मिम शाक्य नेपालकाे प्रतिनिधिकाे रूपमा सहभागी भएकाे थियाे । र नेपाली प्रतिनिधिमण्डलले नेपालकाे लुम्बिनीमा सम्मेलन अायाेजना गरी लुम्बिनी काे प्रचार प्रसार र विकासमा सहयाेग गर्न अायाेजकहरूलार्इ प्रस्ताव गरेकाे छ ।

सम्मेलन पश्चात अनुराधापुर, दम्बुल्ल र क्याण्डीकाे भ्रमण कार्यक्रम राखिएकाे थियाे ।

सम्मेलनमा नेपालका प्रतिनिधि भिक्षु बाेधिज्ञानबाट प्राप्त जानकारीको अाधारमा

1 week ago/Thursday, November 9th, 2017 /