बुद्धले पाइला टेकेको कपिलबस्तुमा प्रर्यटन विकासकाे सम्भावना

मो इमरान खान

कपिलबस्तु । कपिलवस्तु जिल्लाले लामो ईतिहास बोकेको कपिलबस्तु जिल्ला  बुद्धको लामो ईतिहास बोकेको ठाँउ हो जो इतिहासमै सिमित भैइरहेको छ ।
पिलवस्तुमा राजा शुद्धोदनको राजप्रासाद तिलौराकोट प्राचीन कपिलवस्तु न्यायलयका रुपमा मानिने कुदान भारतीय सम्राट अशोकद्वारा निर्मित गोटीहवा र निग्लिहबाको आशोक स्तम्भ ७७ हजार शाक्यहरुको बौधस्थल सगरहवा लगायतका महत्बपुर्ण स्थल कनकमुनी बुद्धको शहर अरौराकोट राजा शुद्धोदन र रानी मायादेबीको समाधी स्थल धमनीहबा र सिसहनिया कोट लगायत बौद्ध स्थान रहेका छन् ।
त्यस्तै बिश्ब सिमसार क्षेत्रमा सुचिकृत जगदिशपुर ताल, शिबगढी मन्दिर, सोनगढवा मन्दिर लगायत धेरै सम्भावना बोकेका प्रर्यटकिय स्थलहरु रहेका छन् तर पनि प्रचार प्रसारको अभावले यी स्थानहरु ओझेल परिरहेका छन् ।
कपिलबस्तु बुद्धको राज्य भनेर चिनिने गर्छ बिस्वभर बाट बुद्धको राज्य घुम्न बर्षेनि लाखौ पर्यटक आउने गर्छन तर बुद्धको २६ बर्षे इतिहास बोकेको तिलौराकोटको बारेमा नधेरैले जानकारी पाउछन नअवलोकन नै गर्ने गर्छन बुद्धको महत्वको वारे कपिलबस्तु भन्दा लुम्बिनी नै बुद्धको पहिचान बुझ्ने गर्दछन् ।

क्रकुछन्द बुद्धको जन्मभुमी गोटिहवा कनममुनि बुद्धको जन्मभुमी निगलिहवा लगायत कपिलबस्तुमा धेरै भुमी रहेका छन जुन बुद्ध सगं इतिहास जोडिएका छन यस मध्य विस्व प्रसिद्ध ऐतिहासिक र पुरातात्िवक महत्व बोकेको तिलौराकोटको मात्र केहि प्रचार प्रशार भएको पाईन्छ सदरमुकाम सगै जोडिएको तिलौराकोट भगवान गौतमबुद्धले २६ बर्ष बिताएको तथा गौतम बुद्धका पिता शुद्धोधनको राज्य पनि रहेको स्थान हो ।

गौतम बुद्ध सगं सम्बन्धित रहेकोले यो ठाउलाइ विश्वले चिन्न सक्छ र विस्व प्रसिद्ध छ तर आज सम्म पनि तिलौराकोट को प्रचार प्रसार जहा सम्म पुग्न पर्ने हो । सरकारले जति सरंक्षण गर्न पर्नेहो त्यति गरेको पाइदैन । बुद्धको जन्म भएको लुम्बिनीको बिकासको तुलनाका बुद्धले २६ बर्ष बिताएको ठाउ सम्म जाने र अबलोकन गर्ने बारे प्रचारको अभाव रहेको कपिलबस्तु बासी बताउने गर्छन् ।
सरकारले निती तथा प्रचारमा बुद्धभुमी लुम्बिनीलाई मात्र प्रथमिक्क्ता दिएको कारण लुम्बिनी आउने प्रर्यटक हरु १२ किलोमिटर टाडा रहेको तिलौराकोट, कुदान जस्ता इतिहासी स्थानमा प्रर्यटक पुराउन सकिएको छैन ।
आउने प्रयटक पनि कपिलबस्तुमा १ घण्टा भन्दा धेरै समय बिताउने ठाउ रहेका छैन्न आउने प्रर्यटक हरु यहां हुने फोहोर खुला दिशाले गर्दा पनि धेरै बस्न रुचाउदैन्न कुदान तिलौराकोट आसपास अझै पनि खुला दिसापिसाव हुने गर्दा पनि यस्ले गलत सन्देस दिने गरेको छ ।

साभार मधेशवाणी डटकम

2 weeks ago/Wednesday, November 8th, 2017 /