विश्वशान्ति विहारमा थाई नरेशबाट प्राप्त कथिन चीवर दान सम्पन्न

बोधी संवाददाता
काठमाडौं, कार्तिक ११ । विश्वशान्ति विहारमा तीन महिनासम्म एकै विहारमा बसेर वर्षावास सम्पन्न गर्नुभएका भिक्षुहरुको सम्मानमा आज कथिन चीवर दान कार्यक्रम आयोजना गरियो ।

 

 

यहाँ थाइ नरेशबाट प्राप्त भएको कथिन चीवर त्यहाँको राजकीय प्रतिनिधिहरुको हातबाट कथिन चीवर यहाँको भिक्षुसंघलाई दान गरिएको थियो । यसकालागि उक्त कार्यक्रममा थाई नरेशका प्रतिनिधिहरुका साथै नेपालका लागि थाई राजदूतको पनि उपस्थिति भएको थियो ।

 
कार्यक्रमा भिक्षु पञारत्नले थेरवाद बुद्धधर्ममा कथिन चीवरदानको महत्वको बारेमा प्रकाश पार्नुभयो । उहाँले स्थिर रहेको पहाडलाई हावाहुरीले चलाउन नसकेजस्तै विनयमा बस्नुभएका भिक्षु संघलाई दिइएको कथिन चिवरदानको प्रभाव अटल रहने बनाउनुभयो ।

 
बोधी टेलिभिजनसँग बोल्दै उक्त विहारका भिक्षु निग्रोधले वर्षावास बस्नु भनेको र बर्षावास पुरा गर्नुभएका भिक्षुसंघलाई यसरी कथिन दान दिनुभनकै उत्तम भन्दै थाइ नरेश र जनताबाट नेपालको एक बौद्ध विहारलाई कथिन चिवर दान दिनुको ठुलो महत्व भएको एवं सम्पूण नेपालका बौद्ध जनताको लागि गौरवपूर्ण भएको बताउनुभयो ।

 
उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न विहारहरुबाट पाल्नु भएको सयौं भिक्षुहरु तथा अनागारिकाहूको तथा उपासक उपासिकाहरुको उपस्थिति थियो ।

 
कार्यक्रममा बुद्धपूजा, शीलप्रार्थना हुनुका साथै उपासक उपासिकाहरुले अष्टपरिकार पनि दान गरेका थिए ।

3 weeks ago/Tuesday, October 31st, 2017 /