सप्तविधानुत्तर पूजा सम्पन्न

बोधी संवाददाता
काठमाडौं, कार्तिक ११ । आज वज्रयानी बौद्धहरुको प्रमुख धार्मिक पर्वका रुपमा लिइने मुखःअष्टमिका अवसरमा यहाँ जनबहालस्थित आर्यावलोकितेश्वर मन्दिरमा वज्रयानी परम्परा अनुसार सप्तविधानुत्तर पूजा सम्पन्न भयो ।

 
यसप्रकारको पूजामा ग्रहशान्ति पाठ, आयुसात्रन, पंचरक्ष पाठ, महाप्रत्यांगिरा ग्रहमातृका पाठ पूजा पनि आयोजना गरिएको थियो । यसप्रकारको पूजापाठ गराएका शान्ति स्वस्तिका साथै दिन दशा राम्रो हुने, घर परिवारमा सुखशान्ति हुने निरोगी समेत भक्तजनहरु विश्वास गर्ने गर्दछन् । यस पूजामा आफ्नो र आफ्नो परिवारको सुखशान्ति चाहनेहरुले पूजामा आआफ्नो नाम लेखाएको आयोजकहरुले जनाएको छ ।

 

 

नेवार वज्रयानी बुद्धधर्म अनुसार करुणामय श्री आर्यावलोकितेश्वरका सामुन्ने यसप्रकारको् पूजा गरिनुलाई एक महत्वपूर्ण धार्मिक उत्सवका रुपमा लिइन्छ ।

3 weeks ago/Saturday, October 28th, 2017 /