कथिन चीवरदान कार्यक्रम सम्पन्न

बोधी संवाददाता
काठमाडौं, कार्तिक ११ । तीन महिने वर्षावास पुरा भएको उपलक्ष्यमा आज गणमहाविहारमा कथिन चीवर दान उत्वसको आयोजना गरियो ।
यस वर्ष उक्त विहारमा भिक्षु सोभित महास्थविर, भिक्षु सुगतानन्द तथा भिक्षु खेमानन्द वर्षावास बस्नुभएको थियो ।
आजको कार्यक्रममा सुभाषित ज्ञानमाला संघबाट भजन, शील प्रार्थना, बुद्धपूजा सम्पन्न भएको थियो भने त्यस पछि भिक्षु बोधिज्ञान महास्थविरबाट धर्मदेशना पनि भएको थियो ।
कार्यक्रम अन्तर्गत दाताहरुबाट भिक्षु महासंघलाई पवित्र कथिन चीवरदान तथा अष्थपरिकार दान सम्पन्न भएपछि पुण्यानुमोदनाबाट कार्यक्रम सम्पनन् भयो । यसपपछि नै दाताहरुबाटै भिक्षुमहासंघ एवं अनाकारिकाहरुलाई भोजन दान गरिएको थियो ।

 

 

साथै आजै भिक्षु समित, भिक्षु शान्त शोभन तथा भिक्षु शान्त सिद्धार्थले वर्षावास पुरा गर्नुभएको उपलक्ष्यमा आनन्द भूवन विहार भुइख्यः स्वयम्भूमा पनि कथिन चीवरदान कार्यक्रम आयोजना गरिएको थियो ।

3 weeks ago/Saturday, October 28th, 2017 /