सिन्धु घाटीको सभ्यता बौद्ध सभ्यता थियो र?

बोधी संवाददाता
काठमाडौं, असोज २२ । विश्वकै एक प्राचीनतम सभ्यता भनेर चिनिएको सिन्धु घाटीको सभ्यता यथार्थमा बौद्ध सभ्यता थियो भन्ने हालै केही अध्ययनकर्ताहरुले पत्ता लगाएका छन् ।

हालै सिन्धु घाटीको उत्खनन्मा स्तुप पाइएको होइन बरु स्तूपको उत्खनन्मा सिन्धु घाटीको सभ्यता उजागर भएको हो भन्ने निष्कर्षकेही पुरातत्वविद्हरुको निकालेका छन् ।
मोहनजोदड़ोको उत्खनन्मा एक विशाल स्नानागार भेटिएको छ । यस स्नानागारको आँगनमा जलाशय छ । जलाशयको तीनतिर पर्खाल र त्यसको पछाडि केही कोठाहरु छन् । इतिहासकार मैकेले भनेका छन् कि कोठा भएको स्नानागार पुरोहितहरुका लागि थियो, अनि विशाल स्नानागार सामान्य जनताका लागि थियो र यसको उपयोग धार्मिक समारोहहरुकोे अवसरमा गरिन्थ्यो ।

डी. डी. कोसंबीले लेखेका छन् कि पुरा ऐतिहासिक युगमा यस्तोे कृत्रिम ताल बनाइयो । पहिले स्वतंत्र रूपमा, र पछि मन्दिरहरुका वरिपरी यस्ता तालहरु बनाइए । तर सवाल यो छ कि सिन्धु घाटीका मानिसहरु विशेष धार्मिक अवसरहरुमा विशाल स्नानागारमा पुरोहितहरुसंग स्नान तथा शुद्धिकरण गरेर कहाँ जान्थे ? मंदिर त त्यहाँ थिएन । त्यहीं स्तूप मा ! स्नानागारको नजिक रहेको स्तूप मा !!

नेशनल दस्तक डट कम नामक हिन्दी अनलाइनमा प्रकाशित भिके एक एक युनिभर्सिटी विहारका प्राफेसर डा राजेन्द्र कुमार सिंहको विचार अनुसार उत्तरी बिहारको वैशालीमा पुरातत्वविदहरुले आनंद स्तूपको छेउमा ठीक यस्तै विशाल स्नानागार पत्ता लगाएका छन् जस्तो मोहनजोदड़ोमा छ ।

सन् १८२६मा मैसनले पहिलोपल्ट हड़प्पामा स्तूप देखेका थिए । र बर्नेस ( १८३१ ) और कनिंघम ( १८५३ ) ले पनि देखेको कुरा उल्लेख गरे । सिन्धु घाटीको सभ्यताको उत्खनन् पछि भयो ।
राखालदास बंदोपाध्यायले पनि १९२२मा मोहनजोदड़ोको बौद्ध स्तूपको उत्खनन्मा नै सिन्धु घाटीको सभ्यता पत्ता लगाएका थिए ।

राखीगढ़ त हालैको घटना हो, त्यहाँ पनि सिन्धु घाटीको सभ्यता स्तूपको उत्खनन् मा नै भेटाइएको थियो – सिन्धु घाटी सभ्यताको विशाल स्थल !

त्यसैले सिन्धु घाटीको सभ्यताको उत्खनन्मा स्तूप पाइएको होइन बरु स्तूपको उत्खनन्मा सिंधु घाटीको सभ्यता पाएको भनेर विद्वानहरुले भनेका हुन् ।

तर इतिहासकारहरुलाई सिन्धु घाटी को सभ्यताको इतिहासलाई यसरी स्पष्ट ढंगले बुद्ध सभ्यता भनेर लेख्न किन समस्या भएको हो, जबकि सत्य यही हो भनेर पनि समाचारले भनेको छ ।

मोहनजोदड़ो को जुन विशाल स्नानागारलाई मार्शल ने विश्व का एक ’’ आश्चर्यजनक निर्माण ’’ बताइएको छ , ठीक यसैसँग टाँसिएको छ मोहनजोदड़ो को विशाल स्तूप ।
विशाल स्तूपकी ईंटाहरु तथा अन्य भवनका सामान त्यही हुन् जुन विशाल स्नानागारमा पनि पाइएका छन् । स्तूप का वास्तुशिल्प , प्रारूप , अभिकल्पन – सबै त्यही हो जो हड़प्पाकामा प्रचलित थियो ।
विशाल स्तूपमा पाइएका भाँडाहरु , त्यमा गरिएको चित्रकारी – सबैमा हड़प्पाकाल को छाप छ । यदि विशाल स्नानागार हड़प्पाकालीन हो भने विशाल स्तूप हड़प्पाकालीन किन होइन ?
ठीक स्नानागार को तल छ स्तूप , माथि छैन । स्तूप को तल कुनै अन्य सभ्यता को उपस्थितिकामे निशान पनि छैन ।

स्तूपमा छैठौं शताव्दी ईसा पूर्वको पछिका कुनै पनि कला शिल्प , शिल्प लेख पाइएका छैनन् । र पनि इतिहासकारले यस्तो किन भने कि मोहनजोदड़ो को स्तूप छैठौं शताव्दी ईसा पूर्वको पछिको हो भनेर ।
यथार्थमा इतिहासकारहरुकोे दिमागमा यो पूर्वानुमान छ कि स्तूप जब जहिले बनेपनि छैठौं शताव्दी ईसा पूर्वको पछि नै बने । यस भूतलाई निकाल्नुस् अनि मात्र इतिहाससँग न्याय गर्न सकिन्छ ।

मोहनजोदड़ो को जलकुंडमा जानलाई सिँडीहरु छन् र पछाडिको कोठामा बनेका थिए र त्यस पछाडि कोठाहरु बनेका थिए । वाराणसी को जलकुंडमा जानलाई पनि सिँढीहरु छन् र त्यसपछि कोठाहरु बनेका छन् ।
जसरी मोहनजोदड़ो को जलकुंडमा स्नान गरेर मानिकहरु बौद्ध स्तूपमा जान्थे, त्यसरी नै वाराणसी को जलकुंडमा पनि स्नान गरेर मानिसहरु दुर्गा – मन्दिरमा जान्छन् । पहिलो बौद्ध सभ्यता को प्रतीक हो , दोश्रो ब्राह्मण सभ्यता को प्रतीक हो । त्यसैले यसमा शंका छैन कि सिन्धु घाटीकोसभ्यता बौद्ध सभ्यता थियो, उक्त समाचारले लेखेको छ ।

2 weeks ago/Sunday, October 8th, 2017 /