ञाणशीला गुरुमांको स्मरणमा श्रद्धाञ्जलि कार्यक्रम

बोधी संवाददाता
ललितपुर, असोज १० । दिवंगत ञाणशीला गुरुमांका संवेजनीय श्रद्धाञ्जलि कार्यक्रम आज शाक्य सिंह विहारमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा बोल्दै संघ उपमहानायक अग्गमहापण्डित डा. भिक्षु ज्ञानपूर्णिक महास्थविरले नेपालको बुद्धधर्मको विकासमा गुरुमांहरुको प्रशंसनीय योगदान रहेको उल्लेख गर्दै यसमा ञानशीला गुरुमांको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा बौद्ध विद्वान अमिता धाख्वाले ञाणशीला गुरुमांको संक्षिप्त जीवनी प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा अनागारिका संघको तर्फबाट अनोजा गुरुमांले नेपालका गुरुमांहरुले गर्दै आउनुभएको धर्मसेवाको बारेमा बताउनुभयो ।

 

नेपालको थेरवाद बुद्धशासनको पुरानो पुस्ताकी एक प्रतिनिधि पात्र अनागारिका ञाणशीलाको भाद्र २९ गते बिहान १२.०५ बजे ९२ वर्षको उमेरमा निधन भएको थियो ।

2 months ago/Tuesday, September 26th, 2017 /