जनप्रतिनिधिहरुलाई बौद्ध गोन्पाहरु समस्याबारे जानकारी

बोधी संवाददाता
काठमाडौं, असोज ८ । नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य कार्मा रिन्छेन र गोन्पा विहार ब्यवस्थापन परिषद नेपालका अधक्ष आचार्य नुर्बु सेर्पाले शनिबार एक कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुर्ला नेपालका बौद्धहरले हाल भोग्नुपरिहेको समस्याको बारेमा अवगत गराउनुभयो ।
उहाँले बाट गोन्पाहरुको समस्या, गोन्पा शिक्षाको औपचारिकीकरण गर्नको लागि आवश्यक ऐन लगायतका बिषयमा मन्तव्य राख्नु भएको थियो ।
बुढानिलकण्ठ नगरपालिकाको नव निर्वा्चित जन प्रतिनिधीहरुलाई बधाई तथा शुभकामनाको कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा उपस्थित अतिथिहरु एवं अन्य सहभागीहरुले नगरपालिका प्रमुख उद्धव प्रसाद खरेल, उपप्रमुख रमा दवी राई, बु.न.पा. ११ का अधक्ष राजु अधिकारी लगायत सदस्यहरुलाई खादा र फुलको गुच्छाले बधाई प्रदान गर्दै कार्यकाल सफतताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
नगरप्रमुख र वडा अध्यक्ष बाट आगामी दिनमा गोन्पा र नगर बिच अझ बढी समन्वय र सहकार्य गरी अगाडि जाने बिचार राख्दै तत्काल एक बु.न.पा गोन्पा समन्वय समिति गठन गरी अगाडि जाने विचार राख्नु भएको थियो ।
र अन्त्यमा कार्यक्रमका सभापति भिक्षु फुपु छेम्बे सेर्पाबाट धन्बाद सहित सभा समापन गर्नु भएको थियो ।

2 months ago/Sunday, September 24th, 2017 /