बौद्ध भन्ते र गुरुमांहरुको सहयोग बाढीपीडितहरुलाई

बोधी संवाददाता
भक्तपुर, भाद्र ६ । भक्तपुरका बौद्ध भिक्षु तथा गुरुमांहरुले यहाँ भिक्षाटन गरी संकलन गरेको रकम तथा अन्य राहत सामाग्री मोरङ, सुनसरी तथा झापा जिल्लाका बाढी पीडितहरुलाई यही आइतबार वितरण गरियो ।
केही दिन अगाडि भक्तपुर मुनिबिहार तथा सुर्योदय बुद्धबिहार, छोटीमोरङ्ग, भेडेटार, धरानको संयुक्त आयोजनामा भक्तपुर, ललितपुर तथा काठमाडौं जिल्लामा श्रध्यय भन्ते, गुरुमाँंहरुको टोलिले संयुक्त रुपमा भिक्षाटन गरीे रकम, खाद्यान्न, लत्ताकपडा, साथमा पाल तथा झुल समेत संकलन गरेका थिए ।

ती सामाग्रीहरु मोरङ्ग जिल्लाको इटहरी उपमाहानगर पालिकाको आईतबारे – ४ र झापा जिल्लाको कमला गाउँपालिकाको क्याम्पा बजार –२ मा बाढीपीडितहरुलाई राहत भदौको ४ आइतबार बितरण गरिएको थियो ।

उक्त राहत बितरण कार्यक्रममा सुर्यदय बुद्धविहारबाट मेधंकर भन्तेु ,भक्तपुर मुनिबिहार बाट अर्जुन भन्ते, थाइल्यान्डबाट भक्तपुर मुनिबिहारमा बर्षाबास बसिरहंनु भएका नाथ भन्ते, तिका भन्तेका साथमा उपासक, उपासिकाहरु समिता मगर, गोपाल मगर तथा प्रताप मानन्धर पनि सहभागी भएका थिए ।

प्रताप मानन्धरको सहयोगमा

2 months ago/Tuesday, August 22nd, 2017 /