नेपालका प्राचीन बौद्ध चित्रहरुको संरक्षण हुनुपर्ने

बोधी संवाददाता
ललितपुर, भाद्र २ । क्यानाडाको युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाका प्रा. डा. क्याथरिन हकरले काठमाडौं उपत्यका प्राचीन बौद्धकलाहरुको भण्डार भएकोले यसको उचीत संरक्षण गर्नुपर्ने बताउनुभयो ।

आज लोटस रिसर्च सेन्टरले आयोजित प्रवचनमा बोल्दै उहाँले विशेष गरी पाटनमा रहेका प्राचीन बौद्ध कलाकृतिहरुको बारेमा चर्चा गर्नुभयो ।

विशेष गरी उहाँले १६औ शताब्दीको स्वयम्भुका साथै काठमाडौं उपत्यकाका प्रमुख बौद्ध तीर्थस्थलहरुको चित्रण भएको एक पटचित्रका बारेमा वर्णन गर्दै यस्ता बौद्ध चित्रहरुको ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा सामाजिक महत्व भएका पनि बताउनुभयो ।

1 month ago/Friday, August 18th, 2017 /