कैदीहरुका लागि विपस्सना ध्यान शिविर

बोधी संवाददाता
ललितपुर, भाद्र ९ । विभिन्न अपराधका कारण जेलमा जेल जीवन बिताइरहेका कैदीहरुको मानसिक शुद्धताका लागि एक दिने स्मृतिप्रस्थान विपस्सना ध्यान अभ्यास कार्यक्रम सपन्न भएको छ ।
यसका लागि विश्वशान्ति विहारका तर्फबाट भिक्षु बोधीज्ञानले आज ध्यान ललितपुरको नक्खुस्थित जेलमा शिविर सञ्चालन गर्नुभएको थियो ।

 

उहाँले भन्नुभयो, “विभिन्न कारणले मानिसहरु जेलजीवन भोग्न बाध्य हुन्छन् । यस्तो बेलामा मनमा अनेक कुराहरु आउँछ । उनीहरुलाई मानसिक शान्तिको जरुरत भएको हुन्छ । यस्तो बेलामा ती नेपाली दाजुभाईहरूलाई भगवान बुद्धले सिकाउनुभएको विपस्स्ना ध्यानसँग परिचित गराउने अवसर पाइयो ।”
उहाँले चित्त शुद्ध गर्ने देखि दुःखबाट मुक्त हुने निर्वाण लाभको प्रतिफल दिने स्मृतिप्रस्थान विपस्सना भावना अभ्यास विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपाली दाजुभाइहरूलाई जेलमा पहिलो प्रयासको रूपमा आज ध्यान शिविर चलाइएको बताउनुभयो ।

 

उहाँले भन्नु भएको छ, “जस्तोसुकै अपराध गरेका भएपनि विपस्सना अभ्यासले मन शान्त भएर राम्रो कामतिर अग्रसर हुन सहायता पुरयाउँछ ।”

 

यसका लागि र्इ्न्जिनियर दिनेश चौधरीले पहल गर्नु भएको थियो ।

विभिन्न बौद्ध संघसंस्थाहरुले यसरी जेलमा कैदी जविन विताइरहेकाहरुलाई छोटो सजिलो ध्यान शिविर सञ्चालन गराउँदै आइरहेका छन् ।

2 months ago/Friday, August 25th, 2017 /