बौद्ध वक्तृत्वकला पर्व सम्पन्न

बोधी संवाददाता
कठमाडौं, साउन २१ । पच्चिसौं नेपालमण्डलब्यापी बौद्ध वक्तृत्वकाला पर्वको उद्घाटन लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन प्रा डा भद्ररत्न वज्राचार्यले गर्नुभयो ।

 
उक्त प्रतियोगितामा युवा पुस्तकालयका एन्जीना शाक्यले प्रथम, शाक्यसिंह परियत्ति शिक्षालय नौद्ँवका लक्की महर्जनले द्वितीय तथा दीपंकर परियत्ति शिक्षालयका असीम बराम मगर तृतीय स्थान प्राप्त गर्नुभयो । उहाँहरुलाई प्रमुख अतिथि वज्राचार्य तथा विशेष अतिथि भिक्षु बोधिज्ञानले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

 
आयोजक विश्वशान्ति पुस्तकालयका अध्यक्ष पूर्णराज शाक्यले २०५५सालदेखि पुस्तकालयको आयोजनामा शुरु गरिएको उक्त वक्तृत्वकला पर्व अहिले नेपालमण्डल व्यापी भएको र निकट भविष्यमा नेपाल व्यापी गरिने जानकारी दिनुभयो ।

 
अर्को साल यो प्रतियोगिता धम्मसाकच्छा संघ हःखाले गर्ने निर्ण गरिएको पनि जानकारी गराइएको थियो ।

 

कार्यक्रममा बौद्ध चर्यानृत्यहरुको पनि प्रस्तुतीकरण रहेको थियो ।

 

उक्त कार्यक्रममा ललितपुरका विभिन्न क्षेत्रका बौद्ध विद्वानहरुको उपस्थिति थियो ।

4 months ago/Saturday, August 5th, 2017 /