भारतीय राजदूत धर्मकीर्ति विहारमा

बोधी संवाददाता
काठमाडौं, साउन १६ । नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले आज यहाँको धर्मकीर्ति विहारमा गएर अवलोकन गर्नुभयो ।

आजय यहाँ आयोजित एक स्वागत कार्यक्रममा बोल्दै नेपाल र भारतको सम्बन्धको एक आयाम बुद्धधर्म पनि हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भारत सरकारको तर्फबाट विहारलाई सक्दो सहयोग गर्न आफु सँधै तयार भएको पनि बताउनुभयो ।
कार्यक्रममा विहार प्रमुख धम्मावति गुरुमांले हाल विहारले विभिन्न गतिविधिको बारेमा जानकारी पनि दिनुभयो ।

5 months ago/Monday, July 31st, 2017 /