राष्ट्रपतिद्वारा बौद्धधर्मगुरुहरुको योगदानको प्रशंसा

बोधी संवाददाता
काठमाडौं, साउन १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गरेका धर्मगुरुहरुलाई सम्मान प्रदान गर्नुभयो ।
बौद्ध दर्शनमा विशिष्ट उपाधि हासिल गर्नुभएका लामा धर्मगुरुहरुलाई उहाँले बधाइ ज्ञापन गर्नुभयो ।
उहाँले नेपाल बहुभाषा बहुसंस्कृतिको समन्वय र बहु परम्पराको संगमस्थल हो भन्दै उत्कृष्ट धार्मिक र साँस्कृतिक सहिष्णुता तथा अनेकतामा एकाताको पर्यायवाची बनेको सुन्दर राष्ट्र नेपालका विशिष्ट र परिचायक संस्कृति मध्ये बौद्ध संस्कृति एक अनुपम साँस्कृतिक धरोहर भएको बताउनुभयो ।

 

“नेपाल गौतमबुद्धको पवित्र जन्मभूमि मात्र होइन बौद्ध दर्शन र संस्कृतिको उद्गमस्थल पनि हो,” उहाँले बताउनुभयो ।

 

उहाँले नेपालका बौद्ध धार्मिक स्थलहरुको संरक्षण र संवद्र्धन हुन नसकेकोमा दुख पनि व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति, काठमाडौं महानगरका मेयर उपमेयर, भिक्षु भिक्षुणी लगायत तीनै यानका बौद्ध धर्मगुरुहरुको उपस्थिति थियो ।

फोटो साैजन्य  भिक्षु बाेधिञान

4 months ago/Thursday, July 27th, 2017 /