पोखरामा बौद्ध समर क्याम सम्पन्न

सुरज श्रेष्ठ/पोखरा

युवा बौद्ध संघको आयोजनामा भएको समर क्याम सम्पन्न भएको छ । विभिन्न स्कुलमा अध्ययनरत ३० जना विद्यार्थीहरु समर क्याममा सहभागी भएका थिए ।

नैतिक शिक्षा र व्यवहारिक शिक्षा दिने उद्धेश्यले राखिएको क्याममा सहभागी विद्यार्थीहरुलाई पहिलो दिन विश्व शान्ति स्तुप अनदुमा राखिएको थिए । धर्मशीला बुद्ध बिहारका श्रद्धेय भन्ते धजवन्त ज्यूको पुजा र पञ्चशील प्रार्थना बाट शुरु भएको कार्यक्रम दुई दिनसम्म चलेको थियो ।
पहिलो दिन सहभागीहरुले पोखराका रमणीय स्थल,बौद्ध गुम्बाहरुको भ्रमण साथ साथै बौद्ध गुम्बाका प्रमुखहरु बाट बौद्ध शिक्षा संबन्धी ज्ञान पनि लिएका थिए ।

कार्यक्रमको दोस्रो दिन विश्व रत्न शाक्य ज्युले सहभागीहरुलाई ध्यान अभ्यास र आध्यात्मिक ज्ञान बारे शिक्षा दिनु भएको थियो । सोही दिन सहभागीहरु बिच चित्रकला प्रतियोगिता र माउन्टेन म्यूजियममा अन्य रमाईलो कार्यक्रम पनि राखिएको युवा बौद्ध संघका अध्यक्ष सकेन्द्र ताम्राकार ले बताए ।

सहभागी विधार्थी जेनिस,प्रनिसा उदासका आमा निलम उदासले यस्ता कार्यक्रमले बाल बालिका हरुको बौद्धिक विकास हुनुको साथै बच्चाहरुलाई रिफ्रेसमेन्ट पनि हुने हुनाले अन्य समयमा संस्थाले राखेको यस्तो क्याममा आफ्नो बच्चाहरुलाई सहभागी गराउने बताए ।

शनिबार सम्पन्न भएको उक्त कार्यक्रममा सहभागीहरुलाई संघका अध्यक्ष सकेन्द्र ताम्राकारले प्रमाण प्रत्र समेत वितरण गरेका थिए । कार्यक्रमको संचालन संघका सह सचिव कमला थापाले गरेको थियो ।

सिटिपाेखरा डटकमबाट साभार

5 months ago/Sunday, July 16th, 2017 /