मैत्रेय परियत्तिका विद्यार्थीहरुलाई पुरस्कार वितरण

बोधी संवाददाता
भक्तपुरं, असार २५ । बु.सं.२५६० को मैत्रेय परियत्ति केन्द्रबाट परियत्ति परीक्षा दिई उतीर्ण हुने विद्यार्थीहरुलाई शनिबार पुरस्कार बितरण गरियो ।

 

मुनि बिहारका भिक्षु अर्जुन स्थविरले परियत्तिका कक्षा १ देखि ८ सम्मका २८ जना उतिर्ण पुरस्कार तथा प्रमाण पत्र बितरन गर्नु भएको थियो । यसवर्ष यहाँबाट ३१ जना बिद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए ।

 

उक्त अवसरमा स्कुल परियत्ति केन्द्रहरुबाट पनि परियत्ति कक्षा सञ्चालन गर्दाका प्रगति प्रतिवेदन पेश गरिएको थियो जानकारी केन्द्रका सञ्चित बुद्धाचार्यले दिनुभयो ।

 

बौद्ध समकृत बिहार कुथुबहीमा भएको उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

 

२०५३ सालमा स्थापना भएको मैत्रेय युवा संघले आफ्नो स्थापना कालदेखि नै बुद्ध शिक्षाको माध्यमबाट समाजमा ब्याप्त कुरीति कुसंस्कारलाई हटाउने उद्देश्य लिएको छ । यसै उद्देश्य पूर्तिका लागि यस केन्द्रले नैतिक तथा चारितृक बिकासका लागि परियत्ति शिक्षा सञ्चालन गर्दै आइरहेको छ । यसै सन्दर्भमा परियत्ती शिक्षा स्कुल स्कुलमा पढाउनु पर्ने आवश्यकता देखेर मैत्रेय युवा संघको सक्रियतामा भक्तपुरका पाँचवटा स्कुलमा परियत्ती संचालन भैसकेको छ ।

 

उक्त अवसरमा एभरेष्ट स्कुल परियत्ति केन्द्र, जेनिथ स्कुल परियत्ति केन्द्र, सनसाइन स्कुल परियत्ति केन्द्र, इजी पायोनियर स्कुल परियत्ति केन्द र प्रोक्सिमा स्कुल परियत्ति केन्द्रका प्रतिनिधिहरुबाट पनि आआफ्नो केन्द्रको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

3 months ago/Sunday, July 9th, 2017 /