रक्षेश्वर महाविहारमा परियत्ति पुरस्कार वितरण

बोधी संवाददाता
ललितपुर, असार २४ । रक्षेश्वर महाविहार संरक्षण समितिको नवौं वार्षिक अधिवेशनका अवसरमा आज आयोजित एक कार्यक्रममा त्यहाँको बौद्ध परियत्ति केन्द्रबाट उतीर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरियो ।

 

कार्यक्रम नेपाल बौद्ध परियत्ति शिक्षाका केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञान महास्थविरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उहाँबाटै सबै उतीर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि भएको थियो ।

 

उक्त केन्द्रमा ४० जनाले परियत्ति अध्ययन गरेका थिए भने ३० जनाले परीक्षा दिएको मध्ये सबै जना उतीर्ण भएका छन् । ती मध्ये ५ जनाले विशिष्ट श्रेणीमा उतीर्ण हुन सफल भएका थिए ।
उक्त अवसरमा आयोजकहरुका तर्फबाट परियत्ति प्रतिवेदन, र संरक्षण समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

 

साथै कार्यक्रमको अन्यमा परियत्ति कक्षाका शिक्षिकालाई सम्झनाको चिनो प्रदान गरिएको थियो भने शिक्षिका तथा विद्यार्थीका प्रतिनिधिले पनि परियत्ति कक्षामा बुद्धधर्मको अध्ययन अध्यापन गरेको मन्तव्य प्रस्तुत गरेका थिए ।

 

उक्त कार्यक्रममा सहभागीहरुलाई पंचशील प्रदान गरिएको थियो भने स्थानीय बौद्ध समुहबाट धाःबाजा पनि प्रस्तुत गरिएको थियो ।

3 weeks ago/Saturday, July 8th, 2017 /