विश्वशान्तिमा उपसम्पदा सम्पन्न

बोधी संवाददाता
काठमाडौं, असार २३ । विश्व शान्ति विहारको प्रासाद सीमामा आज शुक्रबार दुइजना श्रामणेरहरुको उपसम्पदा दीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

 

उक्त कार्यक्रम उपसंघनायक भिक्षु ज्ञानपुर्निक महास्थविरको उपाध्यायत्वमा सम्पन्न भएको हो ।

 

विश्व शान्ति बौद्ध शिक्षालयमा एस.एल.सी परीक्षा पछि श्रीलंकामा ७ वर्ष बसी अध्ययन गरी फर्कनुभएका श्रामणेरहरू धजवन्तो र उत्तरोहरूको उपसम्पदा सम्पन्न भएको हो । उहाँहरु मध्ये श्रामणेर उत्तरोलाई चित्राशोभा तुलाधर परिवार तीनधाराको तथा श्रामणेर धजवन्तोलाई अनागारिका कर्मशीला र धर्मशीला बुद्ध विहार दायक समिति पोखराको प्रत्यय अनुग्रहलाई स्वीकार गरी श्रामणेरभाव, दशशिक्षापदभन्दा उच्च पवित्र भएको २२७वटा मूलशिक्षापदलाई धारण गरी अलंकृत भई उपसम्पन्न भिक्षुभावमा प्रतिस्थित गराइएको विहारले जनाएको छ ।

 

उहाँहरु दुबै जना २३ वर्षका हुनुहुन्छ, उहाँहरु सुर्खेत र झापाबाट आउनुभएको हो र उहाँहरुले मगर समुदायको प्रतिनिधित्व गर्नुहुन्छ ।

 

उक्त कार्यक्रममा २१ जना संघ सदस्यहरूको उपस्थिति थियो । त्यसमध्ये अनुशासक आचार्य महास्थविर बोधिज्ञान, प्रथम समुहका कर्मवाचाचार्यहरुमा भिक्षु धम्मशोभन, भिक्षु शिलभद्र, भिक्षु भद्दिय र दोश्रो समुहको कर्मवाचाचार्यहरुमा भिक्षु कोण्डन्य, भिक्षु निग्रोध र भिक्षु अशोक एवं तेश्रो समुहकाम कर्मवाचाचार्यहरुमा भिक्षु ज्ञानेन्द्र, भिक्षु नायक तथा भिक्षु अमतो बस्नुभएको थियाृृे ।

 

विश्व शान्ति बौद्ध शिक्षालयमा एस.एल.सी परीक्षा पछि श्रीलंकामा ७ वर्ष बसी अध्ययन गरी फर्कनुभएका श्रामणेरहरू धजवन्तो र उत्तरोहरू आज २०७४ असार २३ गते शुक्रबारको दिनमा विश्व शान्ति विहारको प्रासाद सीमामा २१ जना संघ सदस्यहरूको उपस्थितिमा उपसम्पदा दीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

 

विशेष गरी थेरवाद बुद्धधर्ममा प्रवज्या जीवन यापन गर्नु र यसरी बुद्धधर्मको चीरस्थायीत्वका लागि जीवन समर्पण गर्नुलाई ठुलो पुण्यकार्यको रुपमा लिइन्छ ।

3 months ago/Friday, July 7th, 2017 /