श्री बच्छमा परियत्ति पुरस्कार वितरण

बोधी संवाददाता
ललितपुर, जेठ २६ । यहाँ स्थित श्रीबच्छ महाविहारमा यसवर्षको परियत्ति परीक्षाका उतीर्ण परीक्षार्थीहरुलाई आज एक समारोहमा बिच पुरस्कार वितरण गरियो ।

उतीर्ण परीक्षार्थीहरुलाई केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञानले पुरस्कार एवं प्रमाणपत्र वितरण गर्नुभयो ।

ज्ञानमाला भजनसँगै प्रारम्भ भएको उक्त कार्यक्रममा पञ्चशील प्रदान, बुद्धपूजा तथा परित्राण पाठ पनि भएको थियो ।

कार्यक्रम पछि शिक्षक तथा अतिथिहरुले परीयत्ति कक्षाका विषयमा आफ्नो मन्तव्य पनि प्रस्तुत गरे ।

श्रीबच्छ मिसा पुचःले यस महाविहारमा २०७०देखि नियमित परियत्ति कक्षा सञ्चालन गरिरहेको छ ।

3 weeks ago/Friday, June 9th, 2017 /