अश्वघोष महास्थविरको ९१औं जन्मोत्सव सम्पन्न

बोधी संवाददाता
काभ्रे, जेठ २४ । नेपालका थेरवाद संघनायक अश्वघोष महास्थविरको ९१औं जन्मोत्सव आज यहाँको ध्यानकुटी विहारमा एक समारोहका बिच मनाइयो ।

उक्त कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका महासचिव कौण्डन्य महास्थविरले नेपालको थेरवाद बुद्धधर्मको पुनररुत्थानको चर्चा गर्दै यसमा अश्वघोष महास्थविरको योगदानको बारे बताउनुभयो ।

कार्यक्रमको अन्तमा महासंघका उपाध्यक्ष धर्ममूर्ति महास्थविरबाट पुण्यानुमोदन सम्पन्न भयो ।

साथै उक्त अवसरमा स्थानीय उपासक उपासिकाहरुबाट त्यहाँ उपस्थित हुनुभएका सबै भन्ते गुरुमांहरुलाई दानप्रदान कार्य पनि सम्पन्न भएको थियो ।

6 months ago/Wednesday, June 7th, 2017 /