धर्मकीर्ति बौद्ध परियत्ति केन्द्रमा पुरस्कार वितरण

बोधी संवाददाता
काठमाडौं, बैशाख ३१ । धर्मकीर्ति विहार परियत्ति केन्द्रमा बुद्ध संबत २५६० को परियत्तिका विभिन्न तहहरुमा परिक्षा दिएर उतीर्ण भएका विद्यार्थीहरुको सम्मानमा शनिबार एक कार्यक्रम आयोजना गरियो ।

 

नेपाल बौद्ध परियत्ति केन्द्रका परिक्षा नियन्त्रक बोधीज्ञान भन्तेको प्रमुख आतिथ्यमा र धर्मकीर्ति विहार परियत्ति केन्द्रका केन्द्राध्यक्ष विहार प्रमुख श्रद्धेय धम्मवती गुरुमाको सभापतित्वमा सञ्चालित उक्र कार्यक्रममा परीक्षामा सफल भएका सबै धर्मकीर्ति बौद्ध परियत्ति केन्द्रका विद्यार्थीहरुलाई श्रद्धेय बोधिज्ञान भन्ते, श्रद्धेय धम्मवती गुरुमां, श्रद्धेय चमेली गुरुमां र पुरस्कारका दातारुले पुरस्कार वितरण गर्नुभयो ।

 

यस वर्ष धर्मकीर्ति परीक्षा केन्द्रमा पाँच जना बोर्डमा पुगेको समेत गरी जम्मा ७३ जना उतीर्ण भएको जानकारी कार्यक्रमका आयोजकहरुले दिए ।
शुभवती गुरुमांले सञ्चालन गर्नुभएको उक्र कार्यक्रममा केशावती गुरुमांले स्वागत गर्नुभएको थियो भन श्रद्धेय चमेली गुरुमांले पारीयत्तिमा प्रतिवेदन प्रतिवेदन प्रस्तुत गर्नुभउको थियो भने धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठिका सचिव लोचन तारा तुलाधरले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

कार्यक्रममा बोधिज्ञान भन्तेले परीयत्तिको महत्वको बारे बताउनुभयो तथा सभापतिको तर्फबाट धम्मवती गुरुमांले परियत्ति शिक्षा साँच्चै जीवनोपायोगी शिक्षा हो भन्दै कार्यक्रमको समापन पनि गर्नुभएको थियो ।

1 month ago/Sunday, May 14th, 2017 /