पोर्चुगलमा २५६१औ बुद्ध जयन्ती सम्पन्न

लिस्बन , बैशाख २८ । बुद्ध नेपालामा जन्मेका हुन्, बुद्धम् शरणम् गच्छामि, धम्मम् शरणम गच्छामी ” को नारा सहित राजधानी लिस्वनमा २५६१औ बुद्द जयन्ती भब्य रुपमा मनाईयो । 

पोर्चुगलमा कृयाशिल बिभिन्न सङघ सस्थाका प्रतीनिधी एवं नेपाली तथा विदेसी समुदायहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रमको बौद्ध लामा गुरुहरुद्वारा विशेष शान्ति पुजा सहित बुद्धकाे मुर्ती र बिभिन्न प्लेकार्ड सहित शहर परिक्रमा गरी मनाइएको थियो ।

नेपाली बाणिज्यदुतको कार्यालय लिस्वनको आयोजना तथा पोर्चुगलका लागि नव नियुक्त पर्यटन दुत रमेश कुमार गुरुङको संयाेकजत्व रहेको उक्त कार्यक्रममा गैरआवासिय नेपाली सङघ् पोर्चुगल्, आदिवासी जनजाती महासङघ्, पोर्चुगल्, लगायत पोर्चुगलमा कृयाशिल सस्थाहरु तमु समाज्, शेर्पा किदुग्,तामाङ समाज्, मोना पोर्चुगल्, मगर समाज्, नेवा पुच्:, अनेसास्, पोर्चुगल आदि लगायतका सङघ सस्थाका प्रतीनिधिहरुले आ-आफ्नो सस्थाको ब्यानर सहित शहर परिक्रमा गरेका थिए ।

शान्ति शोभा र्यालीको अन्त्यमा आयोजक नेपाली अवैतनिक बाणिज्य दुत मकर बहादुर हमाल द्वारा कार्यक्रममा सहभागी सन्पुर्ण सङघ सस्थाका प्रतीनिधी तथा अन्य नेपाली तथा बिदेसीहरुलाई धन्यवाद दिएका थिए, भने प्रत्यक्ष सहयोग गर्ने बिभिन्न सङघ सस्थाहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रमलाई औपचारिक रुपमा एन आर एन पोर्चुगलका अध्य्क्ष भिम केसी कमल्,आदिवासी जनजाती महासङघका अध्यक्ष नर भुपाल राई तथा पर्यटन दुत रमेश कुमार गुरुङले सम्बोधन गरेका थिए ।

साभार : इसमता डटकम

 

2 weeks ago/Thursday, May 11th, 2017 /