पाेखरामा बुद्ध जयन्ती सप्ताहब्यापी मनाइयो

पाेखरा जेठ २ ।  सिद्धार्थ  गौतमको जन्म, बुद्धत्व प्राप्ती र महापरीनिर्वाण जस्ता महत्वपूर्ण तीन संयोगहरु बैशाख पुर्णिमाको दिन परेको कारण कास्कीमा क्रियाशील विभिन्न बुद्ध विहार, गुम्बा, बौद्ध संघ संस्थाले आ-आफ्नो तरिकाले  बुद्धजयन्ती  मनाएको छ ।

फुलबारी तमु समाजका अध्यक्ष तिल बहादुर तमु भन्नुहुन्छ, फुलबारी तमु समाज २०४९ सालमा स्थापना भई बुद्ध चैत्य बनाएपछी समाजको अगुवाहरुको सहयोग र सरकारबाट आएको बजेटले गुम्बा खडा गरे लगतै बुद्ध जयन्ती मनाउदै अाइरहेको छ ।  यो समाजले २५ अौ वसन्तपार गरेको  उपलक्ष्यमा चैत्र १० गतेदेखी सुरुवात गरी  बैशाख २७ गते बुद्ध जयन्तीको अवसर पारेर भब्य कार्यक्रमका साथ रजत जयन्ती बर्ष समाप्त भएको  बुद्ध  जयन्तीको  समस्त तमुहरुमा शुभकामना ब्यक्त गर्नुभ्एको थियो भने त्यहा आउनुभएको सम्पूर्ण भक्तजनहरुलाई  खिर (प्रशाद) को ब्यबस्ता गरिएको थियो ।

सधैं झै पोखरा –१०, रामघाट स्थित बौद्ध अर्घाै सदन परिसरमा २६४१ अौ बुद्ध जयन्ती तथा २५६१ औ महापरिनिर्वाण दिवस सप्ताहब्यापी कार्यक्रमहरु २०७४-१-२० गतेबाट अनादु डाडा ताल पारी बिश्व शान्ती स्तुप,अनादु डाडामा बुद्ध पूजामा सहभागी रहेको थियो भने क्रमश बेगनास तालमा प्राणदान(छतर छाडने ), गणचक्र पूजा(दशमी पूजा), सरसफाइ, फलफुल तथा भोजन दान र यो बर्ष फरक तरीकाले  बुद्ध जयन्ती मनाउने  उदेश्यले बुद्ध सम्बन्धीत पेन्टीङ प्रदशनीका साथै बुद्ध कबिता वाचन तथा बैशाख २७ गते बिहान ५ बजेदेखी पूजा तथा दीप प्रज्वलन कार्यक्रम गरी बिहान ११ बजे खिर ग्रहण पश्चात बुद्ध जयन्ती मुल समारोहद्वरा आयोजित कार्यक्रममा सहभागी भएर बेलुका ६;३० बजे शान्ती  सदन गुम्बा परीसरमा दीप प्रज्वलन गरिएको बौद्ध अर्घाै सदनका अध्यक्ष क्या. भुवनसिंङ्ग  गुरुङले जानकारी  दिनुभ्एको  थियो।
पुरानो गाउँ आर्वा बिजयपुर-८ ,पोखरी गाउँ घर भई हाल पोखरा लेखनाथ महानगरपालीका -१३ विपी मार्ग निवासी श्रीमान श्रीमती भिम बहादुर गुरुङ,शान्ती कुमारी गुरुङ तथा सम्पूर्ण परिवारको तर्फबाट २०७४ बैशाख २७ गतेको दिन  खिर (प्रशाद) दान गर्नुभएको र  यहाँ उपस्थित सम्पूर्ण भक्तजनहरुलाई भोजनदान गर्न पाउदा मन खुशी रहेकोमा आजको  दिनबाट सबै प्राणीको रक्षा होस् भन्दै सबैमा बुद्ध जयन्तीको शुभकामना ब्यक्त गर्नुभ्एको थियो ।

श्री सुखबती बौद्ध गुम्बा(गाईघाट) परिसरमा पनि भब्य रुपमा बिहानदेखि पुजा पाठ गरी  बुद्ध जयन्ती मनाएको थियो ।
वरिपरिबाट भक्तजनहरुको व्यापक सहभागी रहेको थियो । उपस्थित सम्पूर्ण भक्तजनहरुकोलागि खिर (प्रशाद) को ब्यबस्था
ल्वाङ् घलेल वडा नं ८ भुने सविक घर भई हाल पोखरा लेखनाथ नगरपालिका वडा  नं १५ शिव मार्ग निवासी स्व. आमा भिमकुमारिको स्मृतीमा परिवारजनले भगवान बुद्धको जन्म, मरण र बुद्धत्व प्राप्त गरेको त्रिसंयोग परेको महान पर्वमा आफ्नो पितृको  स्मरण गर्दै भोजन दान गर्नुभएको  थियो । यस बौद्ध गुम्बाको भौतिक पूर्वधारको लागि आजीवन दान दिनुहुने दानबिर धम्पुस ८ हाल पोखरा-१ सिमपानी निवासी कप्तान श्री पूर्ण बहादुर गुरुङज्युले हरेक वर्ष झै यस बुद्ध जयन्तिमा पनि ५० हजार दान दिनुभयो । यसरी हालसम्म यस गुम्बाको लागि वहाको दान आहिलेसम्म १६लाख ८७ हजार ७ सय १२ रुपैया पुगी सकेको छ । यस सुखबती बौद्ध गुम्बालाई बुद्ध जयन्तीको अवसरपारि सहयोग गर्नुहुने महानुभाबहरुलाई धन्यवाद ज्ञापन गर्दै २६४१ अौ बुद्ध जयन्ती तथा २५६१ औ महापरिनिर्वाण दिवसको सबैमा शुभकामना ब्यक्त गर्नुहुन्छ गुम्बाका अध्यक्ष बम बहादुर गुरुङ ।

यसरी नै श्री उर्गेन छयोलिङ्  बुद्धिस्ट मोनोस्ट्रि तथा आध्यात्मिक ध्यान केन्द्र लेकसाइड -२६ पोखरा लेखनाथमा पनी  बुद्धजयन्ती मनाइएको थियो । सो  अवसरपारि  बुद्धको जीवनी बारेमा आचार्य  घ्ह्युर्मे तेनक्यापले प्रबाचान दिनुभएको थियो भने अन्तमा वाङ अभिशेक पनि दीइएको थियो । सो गुम्बामा कोल्मा समाजका भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा गुम्बाका अध्यक्ष थुब्तेन श्यन्फेन अशोक गुरुङले सहयोगी भक्तजनहरुलाई धन्यवाद शाहीत बुद्ध जयन्तिको शुभ कामना पनि दिनु भएको थियो ।
‘बुद्ध जयन्ती’ पर्व मात्र, एउटा परम्परा नबनोस भनेर बुद्धजयन्ती समारोह समिति,कास्की प्रारम्भिक कालदेखि सचेत र सजग रहँदै आएको  छ । यसले बुद्धजयन्तीले  सार्थक र फलदायी बनाउन भगवान् गौतम बुद्धले समस्त प्राणीको हित, कल्याण र सुखका लागि बाँढ्नु भएको शिक्षालाई जनस्तरसम्म पुर्याउनुपर्ने दायित्व बोध  गरेर बुद्धशिक्षा प्रचारप्रसारको कर्यक्रमलाई क्षेत्रीय र स्थानीय तहसम्म  पुयाउने प्रयासको थालनी गरेको छ । मार्फा थकाली समाजको व्यवस्थापनमा गरिएको यस बर्षको सामारोह यसैको एउटा उदाहरण हो ।  शान्ति पदयात्राको लागि धर्मशाला बुद्ध बिहार नदीपुर,पोखराबाट बिहान १२ बजे  शान्ति पदयात्रा सुभारम्भ भई तेर्सपट्टी, नालाकोमुख, गणेशटोल, सिद्धर्थचोक, चिप्लेढुङा, महेन्द्रपूल, रानीपौवा हुँदै मार्फा थकाली समाज, चापापानिमा धर्मसभामा परिणत भएको थियो । जसमा पोखराका बौद्ध धर्म मान्ने बिभिन्न सामाजिक तथा धार्मिक संघ संस्थाहरुको सहभागीता थियो ।

बुद्ध धर्ममा बैशाख पुर्णिमाको आफ्नै महत्व र महिमा रहेको छ । अहिंसाका पूजारी शन्तिका अग्रदुत तथा एशीयाका तारा सीद्धर्थ गौतम बुद्धको जन्म बैशाख पुर्णिमाको पावन दिनमा भएको  थियो । यही पुण्य तिथिमा वहाँले बुद्धत्व प्राप्त गर्नुभयो र विश्व जगतका सम्पूर्ण प्राणीको कल्याणको लागि ४५ बर्षसम्म बुद्ध धर्मको प्रचार गर्नुभइ ८० बर्षको उमेरमा महापरीनिर्वाण प्राप्त  गर्नुभयो  ।

तमुमै ता डट्कम्

6 months ago/Tuesday, May 16th, 2017 /