इजरायलमा बुद्ध जयन्ती सम्पन्न

बाेधी संवाददाता

काठमाडाैं जेठ १ ।   इजरायलमा स्थापित जातीय संघसंस्थाहरु , सामाजिक , राजनैतिक, धार्मिक , साहित्यिक संघसंस्थाहरुको सह-आयोजकमा र १२ वटा मिडीया पार्टनरहरु सहित २५६१ औ बुद्ध जयन्ती कार्यक्रम तेलअविव, इजरायलमा भब्यताका साथ सम्पन्न गरेको छ |
नेपाल आदिवासी जनजाती महासंघ इजरायलको अध्यक्ष श्रीमती निर्मला गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एनआरएन इजरायलको अध्यक्ष दिपक वली रहेका थिए | बिशेष अतिथि धर्मगुरु लामा थुप्तेन तामाङ, सहआयोजक संस्थाका अध्यक्ष तथा प्रतिनिधि, मिडियाकर्मी लगायतका अतिथिहरुमा रहेका थिए |
बौद्ध धर्मगुरु लामा थुप्तेन तामाङ लगायतका लामा गुरुहरुबाट बौद्धधार्मिक विधिअनुसार पाठपूजा गरी कार्यक्रमको शुरवात गरेका थिए | कार्यक्रममा सहभागीहरुलाई सम्वोधन गर्दै ममता लिम्बुले स्वागत मन्तव्य राखेकी थिईन् |
राष्ट्रिय गौरब र भगवान बुद्धको जन्म नेपालमा भएको जानकारी बिश्व सामु अवगत गराउदै पर्यटन प्रवर्द्धन गर्ने उद्धेश अनुरुप बिगत सन् २०१० देखि इजरायलमा मनाउदै आईरहेको बुद्ध जयन्ती कार्यक्रममा  नेपाली राजदुतवास इजरायललाई सदा झैँ प्रमुख अतिथिमा निमन्त्रणा गरिएता पनि यसपटक उपस्थित नजनाएको आयोजक संस्थाले जानकारी दिएका थिए |

 

कार्यक्रम  स्थल परिसरमा बुद्ध जयन्तीको र्याली सहित बुद्ध वाज बोर्न इन नेपाल भन्ने नारा समेत लगाएका थिए | कार्यक्रममा सहभागीहरुलाई प्रशाद,खानेपानी र जुश बितवरण गरेका थिए |
प्रमुख अतिथी एनआरएन इजरायलका दिपक वलीले लगायत सहआयोजक संस्थाका र सह आयोजकमा रहनु भएका संघ संस्थाका पदाधिकारीहरुले बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्नु भएको थियो |

कार्यक्रम नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा भएकाे थियाे ।

5 months ago/Monday, May 15th, 2017 /