हिलेमा बुद्ध जयन्ती

धनकुटा, बैशाख २७ । २५६१ औं बुद्ध जयन्तीको अवसरमा बुधबर धनकुटा हिले बजार लगायत जिल्लाको भिन्न/भिन्न स्थानमा विविध कार्यक्रमको साथ मनाइएको छ ।

 

उर्गेन नाम्डु छ्योलिङ्ग गुम्वा हिलेको आयोजनामा सम्पन्न २५६१ औं वुद्ध जयन्तीमा गुम्वाका प्रमुख लामा गुरु दोर्जे उक्याप लामाले मलमपाठ गरी (वङ्ग) आशिर्वाद र अमृतमय वचन भक्तजनहरुलाई प्रदान गरी १ सय ८ शान्तिद्धिप प्रज्वलन गरिएको थियो भने सो अवसरमा हिले बजारमा विशाल शान्ति -याली समेत निकालिएको थियो ।

 

सो अवसरमा प्रमुख लामागुरु दोर्जे उक्याप लामाको अगुवाईमा एक दर्जन भन्दा वढी लामा गुरुहरुले हिले बजारमा रहेको उर्गेन नाम्डु छयोलिङ्ग गुम्वा, वौद्ध तेन्गे गुम्वा र थुप्तेन देछेन छयोलिङ्ग गुम्वामा मलम गरी, पुजापाठ गरि शान्तिद्धिप समेत प्रज्वलन गरेर शान्तिको कामना गरेका थिए ।

 

सो अवसरमा उर्गेन नाम्डु छयोलिङ्ग गुम्वामा आयोजित शान्ति प्रवचन कार्यकममा नेपाल तामाङ्ग घेदुङ्गका केन्द्रिय सल्लाहकार वीरवहादुर तितुङ्ग तामाङ्ग, उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, घेदुङ्गका पुर्व जिल्ला अध्यक्ष कृष्ण तितुङ्ग तामाङ, घेदुङका सल्लाहकार निरेन तामाङ्ग, हिले वजार व्यावस्थापन समितिका अध्यक्ष वुद्ध तितुङ्ग तामाङ, समाजसेवी चिन्तन तामाङ, घेदुङका जिल्ला सदस्य फुर्वा घिसिङ, ताम्वा संघका जिल्ला अध्यक्ष हरिलाल मोक्तान, नेपाल यातयात मजदुर संगठन धनकुटाका अध्यक्ष सिंह तितुङ तामाङ लगायतले गौतम वुद्धको शान्ति उपदेश जो कसैले पालना गर्न सके मुलुक सतमार्गमा लाग्ने र दिगो शान्तिसंगै देशको चौतर्फी विकास हुने विचार व्यक्त गरेका थिए ।

 

दिप प्रज्वलन गर्नु पुर्व हिले वजारमा हजारौंको संख्यामा भेला भएका वौद्धमार्गीहरुले वौद्ध धर्म दर्शनका वेदका हजारौं ठेली काँध वोकेर भगवान वुद्धलाई (दुक) छाता ओडाएर लामागुरुहरुले मलम पाठ गर्दै वजारको विभिन्न भागको परिक्रमा गरिएको थियो ।

 

साथमा नेपालको झण्डा, विश्व वौद्ध संघको झण्डा सहित शान्तिको कामना गरिएको शन्देशमुलक प्लेकार्डहरु र शान्तिको कमना गर्दै शान्ति प्रिय नाराहरु समेत लामबद्ध भएर सहभागीहरु शान्ति   -यालीमा लगाएका थिए । त्यसैगरी जिल्लाको उत्तरपानी धर्मशालामा रहेको साङ्गे लुईच्यान थाम्जे छ्योलिङ्ग गुम्वा, सिधुवा बजारमा रहेको फुर्चिलिङ्ग गुम्वा, वुढिमोरङ्ग गाविसको वडा नं.९ दानावारी तामाङ टोल र वडा नं. ६ साल्वोटेमा रहेको ह्यारगेन छिरिङ्ग छोप्पा गुम्बा, पाख्रीवास नगरपालिका वडा नं.९ घोर्लिखर्कमा रहेको बौद्धमाने डिकुरे डाँडा र पाख्रीवास बजारमा रहेको तमु वौद्ध गुम्बामा मा पनि १ सय ८ शान्तिदिप प्रज्वलन गरि वौद्धमार्गीहरुले भगवान बुद्धको जन्मदिनको अवसर पारेर शान्तिको कामना गरेका छन् ।

साभार इसमता डटकम

5 months ago/Wednesday, May 10th, 2017 /