प्रज्ञापारमिता ग्रन्थ बाचन शुरु

बोधी संवाददाता
कठमाडौं, साउन १९ । नेपाल उपत्यकाका प्रमुख ऐतिहासिक तथा धार्मिक केन्द्रहरु मध्ये एक भगवान बहाल, ठमेलमा वार्षिक रुपमा बाचन गरिने प्रज्ञापारमिता ग्रन्थ बाचन शुरु भएको छ ।

 

इसका साथै त्यस महाविहारमा रहेका प्राचीन देवदेवीका मूर्तिहरु तथा चित्रहरुको प्रदर्शनी पनि आजदेखि शुरु भएको छ ।
वज्रयानी परम्परा अनुसार नौवटा महत्वपूर्ण ग्रन्थहरु मध्ये एक मानिएका ग्रन्थ पाठ गर्नका लागि पाँचवटा वज्रयानी महाविहारहरु सिंखँस्मु बहाल, क्वाथ बहाल, झ्वाः बहाल, ध्वाका बहाल र गम बहालबाट खटाई आउनु भएका पंडित गुरुजुहरुबाट पाठ भएको थियो ।

 

यस कार्यका लागि थाय्पा श्री यज्ञमान पति गुरुजुको नेतृत्वमा शुभारम्भ भयो ।

 

यो पाठ वार्षिक रुपमा परापूर्वकाल देखि देशमा शान्ती कायम गर्ने उद्देश्यले गर्दै आएको हो । यो पर्व गाईजात्राको दिनसम्म संचालन हुन्छ र सो को भोलि वसन्तपुरको लाय्कू कुमारीको आगमन पश्चात् पर्वको समापन हुनेछ ।

 
राजेन्द्र प्रधानको फेसबुक जानकारीबाट

2 weeks ago/Thursday, August 3rd, 2017 /