नेपाली विहारका विशेषताहरू

भिक्षु सुदर्शन
“एवं मे सुतं एकं समयं भगवा सावत्थियं विहरति जेतवने अनापिण्डिकस्स आरामे……….” सूत्रारम्भरमा रहेका विहरति (बस्नु भएको छ) शब्दको अनुकरणबाट ‘विहार’ को व्युत्पन्न भएको थियो । शुरूमा विहार ‘आराम’ को एक अंग हुन्थ्यो। बुद्धको जीवितावस्थामा शान्त, स्वच्छ सघन बृक्षछायाँयुक्त  श्रमणहरूको विश्राम–भवनहरूलाई ‘आराम’ भन्ने गर्दथ्यो । यसको उदाहरण जेतवनाराम, घोषिताराम, पूर्वाराम र कपिलवस्तुको निग्रोधाराम हो । प्राचीन वाङ्गमयको अध्ययनबाट स्पष्ट हुन्छ ।

 
‘आराम’ भन्नाले थुप्रै विहारहरू, बगैंचा, खुल्ला चौर आदिकोसंयुक्त नाम हो भन्ने बुझिन्छ । आरामभित्रै मूल गन्धकुटी हुन्छ, जहाँ भगवान बुद्ध विहार गर्नुहुन्थ्यो । मूल सूत्रमा जेतवनाराम आदि आरामहरूको धेरै बार उल्लेख भएतापनि आरामको एकाई अर्थमा ‘विहार’ हरूको उल्लेख पनि हुने गर्दछ । जस्तो कि ‘बुद्धवंस’ मा उल्लेख गरेको छ – “विहारवत्थुं भन्ते जानाहिनेति
विहारस्स पतिट्ठानंट्ठानं भन्ते जानाहि । एत्थ च विहारो ति न सकल विहारो एको आवासो । तेनवाहं अयस्स विहारं कारापेस्सामीति ।” अर्को रमाइलो कुरा के हो भने आजसम्म पुरातात्विक उत्खननमा पाइएका प्राचीन अभिलेखहरूमा आरामका अपेक्षा ‘महापरिनिर्वाण विहार’ र ‘मुकुटबन्धन महाविहार’ जस्ता विहारहरूको नाउँ पाइएका छन्। यसका मूल कारण ‘आराम’ विहारहरूको एक सामुहिक नाउँ हुनु हो ।

 
नेपाल उपत्यकामा रहेका विहारहरूको प्राचीन ऐतिहासिक क्रम आजसम्म स्पष्ट भएको छैन । स्वयम्भू पुराण र बृद्ध स्वयम्भूपुराण बुद्धको नेपाल बुद्धको नेपाल आगमनको कुरा त उल्लेख गर्दछ तर बुद्ध कुन विहारमा बस्नुभएको छ भन्ने कुरा स्पष्ट गर्दैन । यी पुराणहरूले पूर्व बुद्धहरूलाई पहाडको शिखरमा बसाले जस्तै गौतम बुद्धहरूलाई पनि स्वयम्भू स्तूप अगाडी बस्नुभएको उल्लेख गर्दछु, परन्तु यसले विहारहरूको नाउँ बुद्ध र बुद्धको भिक्षु परिषदलाई प्रदान गर्न सकेको छैन ।
ऐतिहासिक प्रमाण्य श्रोतको आधारमा भन्ने भए ‘सुगत शासन पक्षपाति’ वृषदेवको समयसम्म विहार भएको हुनुपर्दछ ।

 
कारण विना बौद्ध बिहार कुनै राजा सुगत–शासनको कालसम्म ‘श्रीमान विहार’ बनिसकेको छ । गोपाल–वंशावलीको ‘श्री मानदेव………..तेन स्वनामेन मानविहार प्रतिष्ठित’ उल्लेख लिपि अनुसार चाँगुको स्तम्भ लेखभन्दा अलि पुरानो देखिएको चायबहिलको अभिलेखमा ‘……………संघस्स मत्तयाथं’ भन्ने उल्लेखको आधारमा विद्वानहरूले स्वयम्भुको ‘………………क्षत्रश्चाक्षत्र दत्तं श्रीमान विहारे’ बाट राजा मानदेबलेश्रीमान विहार बनाएको कुरा प्रमाणित गर्दछन्।
यस अतिरिक्त लिच्छविकालका अभिलेखबाट लिच्छवि युगमा थुप्रै विहारहरू भएको कुरा सिछ गर्दछ । ने.सं. ४० को अष्टसहश्रिका प्रज्ञापारमिता पुस्तकमा उल्लेख गरेका जस्ता विहारहरूको नाम संकलन गरे ‘नेपालको धार्मिक इतिहास’ को विहारहरूको सूचिभन्दा विहारहरू थुप्रै भएको देखापर्दछ ।

 
लिच्छविकालमा बौद्ध विहारको प्रतिष्ठा र विहारको जनकल्याणकारी कार्यक्रम सारै माथिल्लो स्तरको छ । त्यसैले राजकीय सहयोगमा बौद्ध विहारहरूको स्थान धेरै सम्मानित भएको देखिन्छ । दोलाशिखर स्वामीलाई जस्तै गुंविहार, श्रीमानविहार, श्री राजविहार, खर्जुरिका विहार, मध्यम विहारलाई पनि प्रति विहार ६ पुराण २ पण राजकीय सहयोग पाएको हाडिगाउँको अभिलेखबाट प्रमाण हुन्छ ।

 
लिच्छविकालका यी प्रसिद्ध एवं शिक्षण केन्द्र विहारहरू आज कहाँ कहाँ छन् निश्चित रूपमा भन्न सकेको छैन । ‘गुंविहार’ लाई साँखु स्थित बज्रयोगिनीसित सम्बन्ध देखाउने प्रयास भइरहेको छ। १२ औं शदीको प्रसिद्ध तिब्बती विद्वान धर्म स्वामीले भिक्षुहरू भएको र विना भिक्षुको थुप्रै विहार काठमाडौं उपत्यकामा भएको कुरा उल्लेख गर्नुभएको छ । तर ती विहारहरूलाई हाम्रा वर्तमानकालका विहारहरूसँग अझसम्म तादात्म्य सम्बन्ध राखेर व्याख्या गर्न सकेको होइन । काठमाडौं
उपत्यका बाहिरका विशेषत उत्तरी भेकका र पश्चिमी नेपालका विहारहरूतिर अझसम्म हाम्रो ध्यान जान सकेको छैन ।

 
कमसेकम एघार सय वर्ष पुराना दानवताल र काँक्रे विहार धेरै कलात्मक र विशाल भएर मात्र महत्वपूर्ण छैन । अपितु यो हाम्रो सांस्कृतिक प्रसारको बाटो देखाउने केन्द्रको बीच बाटोमा भएकोले पनि मूल्यवान भएको छ ।

 
नेपाली बौद्ध विहारका विशेषताहरूलाई दुई आयामबाट विवेचना गर्नु युक्तियुक्त देखिन्छ । ती दुई आयामहरूमा पहिलो आयाम नेपाली विहारमा विद्यमान ती विशेषताहरू – जसले प्राचीनतम बौद्ध विहार र संस्कृतिसंग तादात्मय वा अनुकरण भाग सम्बन्ध देखाउँछ तथा अर्को आयाममा नेपाली बौद्ध विहारका विद्यमान ती विशेषताहरू जुन बौद्ध दर्शन संस्कृतिको विशेषतः समयगत र देशगतरूपमा विकसित कलात्मक पक्ष हो ।

 
नेपाली बौद्ध विहारको विशेषतामा पहिलो आयामबाट विचार गर्दा विचार गर्नुपर्ने तत्वहरू –
चतुष्कोण चोक
खुल्ला दलान
विहारको चारैतिरको पेटी
मुख्य प्रतिमाको अलग कोठा हुनु
विहारको चारैतिरका घरहरूमा अन्तर्गत बाटो नहुनु ।
विहारको चौकबिचको चैत्य
विहारको चतुष्कोण चौक बौद्ध विहारको एक विशेषता हो । सारनाथ, कुशीनगर, लुम्बिनी तथा पिपरहवाको विहारका अवशेषबाट यसको प्राचीनता सिद्ध गर्दछ । नेपालका बौद्ध विहारहरूले आजसम्म यस विशेषतालाई कायम गरिएको छ ।
वर्तमान समय चतुष्कोणरूपमा देखानपरेका पनि इतुम्बहाल, टेबहाल र नागबहाल मूलतः चतुष्कोण नै छ । बहाल वा बहिलका यी चतुष्कोण आज प्रायः चिकँ ईंटाले छापेको हुन्छ । कतै कतै ढु्रंगाले छापेको हुन्छ । यहाँ घाँस न उम्रने काई नपर्ने हुन्छ । यी बौद्धहरूको परम्परागत वास्तुकला प्रविधि हो । बर्माको आनन्दफया, कम्बोडियाको अंकोवाट र इण्डोनशियाको बोरोबुदुरमा पनि यी विशेषताहरू देखिन्छ ।

 
खुल्ला दलान ः विहारको भूमि तल्लाका मुख्य प्रतिमाको दिसामा बाहेक तिनै दिशाको दलान खुल्ला हुन्छन्। यसले खुल्ला ठाउँमा बसेर बुद्धको उपदेश सुन्ने वा सामुहिक रूपमा ध्यानादि गर्ने प्राचीन युगको दृश्य हाम्रो सामु ल्याइदिन्छ ।

 
किनभने पहिले पहिले आज जस्तो हल परम्परा छैन । राम्रो मौसम र घाम चाहेको अवस्था विहारको बिचको खुल्ला चौकले काम दिए, अन्य मौसममा यस दलानले काम दिन्थ्यो । यी चारै दिसामा दलानहरू अलग अलग रूपमा विभाजित गरेका हुन्छन् र यसको पछाडि पट्टिबाट भ्mयाल ढोका हुँदैन । जहाँसम्म विहारको मुख्य द्वारको सामुन्ने पर्ने दिशामा एकातिर कुनामा एउटा
द्वार हुन्छ । त्यो आजकल पनेरामा जाने वा ननि वा अर्को चौकमा जाने बाटो भए उहिले ध्यानार्थ छायामय उद्यान जाने बाटो हो ।

 
विहारको चारैतिरको पेटी विहारको अर्को विशेषता हो । पाइएका पुराना पुराना विहारहरूको अवशेषमा पेटी त पाइएको छैन, परन्तु मूल चौक पछि चारैतिरको कोठाको अगाडि केही ठाउँ स्पष्ट देखापर्दछ । यो पेटी हुँदारहेछ । पेटीले गर्दा चौकमा भई कोठाहरूमा जानुपर्ने हुँदैन । एक कोठाबाट अर्को कोठामा जाँदा पेटीबाट मात्रै जाने गर्दछन् । यो पेटी इरियापट भावना वा चंक्रमण आदि बौद्ध क्रियाका लागि पनि उपयोगी हुन्थ्यो ।

 
मुख्य प्रतिमा राख्न एक अलग कोठा हुन्छ र यो कोठा अरू कोठाको तुलनामा ठुलो पनि हुन्छ । बुद्ध बस्ने कोठालाई पहिले मूल गन्धकुटी भन्दथे । यो आरामभित्र रहेता पनि अलग रहने गर्दथ्यो । बुद्धलाई एकान्त शान्त कोठाको अवस्था हुने प्राचीन परम्परा आज पनि नेपाली बहाल परम्पराले मुख्य प्रतिमाको लागि अलग कोठाको व्यवस्था गरेर जोगाई राखेको देखिन्छ । यो मुख्य कोठा सधैं नै विहारको मुख्य द्वारको सामुन्ने हुन्छ । ढोकाबाट पस्ने बित्तिकै यसले गर्दा बुद्धको दशैन दिनेछ ।

विहारमा एउटै मात्र ढोका हुनु यसको अर्को विशेषता हो । आजसम्म पाइएका बौद्ध विहारहरूको भग्नावशेषको पर्खालमा पनि पछाडिपट्टिबाट त्यस्तै बन्द भएको देखिन्छ । विहारको यो गुप्तावस्थाको लक्ष विहारलाई बाह्य वातावरणबाट मुक्त र सुरक्षित गर्नु नै हो ।

 
विहारको चौक परिधि बिचमा जुन साना ठूला चैत्य हुन्छन् त्यो बुद्धकालीन पछिको प्राचीन विहारको परम्परा हो । वास्तवमा बुद्धको महापरिनिर्वाण पछि अवशेष राखेर बनाइएका धातु चैत्य र त्यस पछिका परिभोग चैत्य एव्ं धर्म चैत्यको चारैतिर अघि जस्तै विहार बनाउन थालेको थियो ।
अब हामी अर्को आयामबाट नेपाली विहारका विशेषताहरू बारेमा विचार गर्दछौं । नेपाली विहारका यी विशेषताहरू समयगत र देशगत रूपमा क्रमशः कलात्मक रूपमा विकास भएको देखिन्छ ।
१) ढोका बाहिर दायाँ बायाँ रहने दुई सिंह ।
ढोकाबाट पस्ने बित्तिकै देखिने गणेश, महांकालि र हारति ।
मुख्य ढोकाको तोरण ।
प्रवेश द्वारबाट विहारभित्र पस्ने बित्तिकै बाटोको दायाँ बायाँ हुने फलेचाहरू ।
टुँडाल र भिरालो छाना ।
दुई तल्ले विहार र तिनका भ्mयालहरू ।
गजुर वा छानामाथि रहने चैत्यहरू ।
विहार अगाडि पछाडिका चौक ।
मुख्य देवताको विविधता ।
इनार ।

 
प्रत्येक बहालमा मुख्य द्वार बाहिर दायाँ बायाँ दुई सिंह रहेका हुन्छन् । शाक्यसिंह तथागतको विहारद्वारमा दायाँ बायाँ सिंह रहेको साह्रै प्रतिकात्मक अर्थ लाग्दछ । यसको अर्थ यो होइन कि ढोका बाहिर सिंह राख्ने नेपालको आप्mनै मौलिक विशेषता हो । किनभने यस्तै सिंह थाइलैण्ड, बर्मा र चीन आदि देशका मध्यकालीन विहारमा पनि पाइएका छन् ।

 
अशोकको स्तम्भ माथि रहने सिंहबाट यसको प्राचीनता सिद्ध गर्दछ । कुनै कुनै विद्वानको विचार अनुसार सिंह बहालमा मात्र हुन्छ, बहिलमा हुँदैन । सिंह जस्तैगणेश, महाँकाल प्रत्येक बहाल बहिलामा अनि अजिमा प्रायः विहारमा हुन्छ । थाइलैण्ड, चीन आदि देशका बौद्ध विहारमा जुन विशालकाय दण्डधारी धर्मपाल हुन्छ यही देवताहरू नेपालको वास्तवमा धर्मपालहरू हुन् । त्यस्तै नेपाली बच्चाहरूको रक्षासँग हारति सम्बन्धित हुन्छ । यी देवताहरू विहारका लागी पनि अनिवार्य अंग हुन्, मूर्ति बनाएर राख्न नसकेको खण्डमा कपडामा छापेर भएपनि विहारमा राख्ने गरिन्छ ।
विहारको मुख्य प्रवेश द्वारमा काठको वा ढुंगाको एक कलात्मक तोरण हुन्छ । यी तोरणहरूमा धातुका पाताले प्रतिकृतिका सात मोरेको पनि हुन्छ । तोरणमा भएका क्षपु आदि अनेक विशेषतातिर व्याख्या नगरेतापनि एक मुख्य कुरामा हामी जरूर ध्यान दिनुपर्दछ । तोरणको मुख्य कृरा वास्तवमा मूल देवताको अनुकृतिको बाहिर प्रस्तुत गर्नु ।

 
मूल देवताको दर्शन गर्न नसकिने वा नपाउने अवस्थामा तोरणको मूर्तिले दर्शकलाई सान्त्वना प्रदान गर्दछ । किनभने तोरण मुख्य भागमा त्यही देवता हुन्छ । जुन देवता कि मुख्य मन्दिरभित्र हुन्छ । प्रायः बौद्ध विहारमा शाक्यमुनि बुद्ध तोरणमा हुन्छ, तापनि इटुंबहालमा मार विजय लायकूबहिलमा बुद्धको लुम्बिनी यात्रा र छुस्याबहालमा प्रज्ञा पारमिता भए जस्तै कतै कतै तोरणमा अन्य देवता नभएको पनि होइननु प्रायः बहिलहरूमा तोरण हुँदैन । यही बहाल र बहिल छुट्टयाउने एक आधार पनि हो ।

 
प्रवेशद्वारबाट विहारभित्र पस्ने बित्तिकै प्रवेश द्वारको बाटो छाडेर यसैको दायाँ बायाँ दुईवटछा फलेचा हुन्छन्। यसको उपयोगिता बहुपक्षीय हुन्छ । यहीं बसेर ‘गुंलाधर्म’ मा वा पर्वदिनाम दाफा भजन, स्तोत्र पाठ हुन्छ भने प्रत्येक दिनमा देवपालालाई रक्षार्थ सहयोग गर्न राति पालो सुत्न आउनेहरू यहीं सुत्ने गर्दछन्। दिउँसो यहाँ खुल्ला आराम लिने गर्दछन्भने ‘बहीद्यो ब्वयेगु’ जस्ता धार्मिक कलात्मक प्रदर्शनी पनि हुने गर्दछ ।

 
भिरालो छाना प्रत्येक विहारको अर्को विशेषता हो । यो भिरालो छानालाइै पैंतालिस डिग्रीको कोणमा तेर्सिएर राखेको टुँडाल वा वास्तबमा नेपाली कलाको विशेषतालाई दर्शाउने आधार भएको छ । विभिन्न देव देवीहरूका मूर्तिहरू पाप–पूण्यका दृश्यहरू र मानव जीवनका सामाजिक आकृतिहरू दर्शाउने यो टुँडाल कलाकारहरूको लागी नेपालको कलात्मक आधार स्तम्भ पनि हो । श्री शिवदेब संस्कारित श्री रूद्रवर्ण महाविहारको ५ वटा टुँडालहरू, इटुंबहालका २ वटा टडालहरू र यट्खा बहालका
३ वटा टुँडालहरू अत्यन्तै कलात्मक हुनुका साथै प्राचीनताको दृष्टिकोणबाट पनि उल्लेख भएको यस प्रसङ्गमा स्मरणीय छ ।

 
दुई तल्ला हुनु नेपाली विहारको अर्को विशेषता हो । माथिल्लो तल्ला प्रत्येक दिशामा आ–आफैंमा स्वतन्त्र छन्। माथि उक्लने भ¥याङ्ग पनि यसैकारण अलग हुन्छन्। मुख्य देवताको माथिल्लो तल्लाको कोठामा कुलदेवता हुन्छन्। माथिल्लो तल्लामा कुलदेवता हुने परम्पराले स्थविरवादि धर्म पछि महायानधर्मको आगमन भएको तथ्यलाई पनि प्रमाणित गर्दछ । अर्को कुरा माथिल्लो तल्लामा भ्mयालहरू विहारको चोकतिर मात्र हुन्छन् । त्यो पनि सा–सानै र प्रायः बहिलको भ्mयाल भिरालो रूपमा बाल्कोनी भएको तिकिभ्mया रूपमा हुन्छ ।

 
नेपाली विहारमा मुख्य देवता भएको दिशातिरको छानामा गजुर हुन्छ । कतै एक तल्लामा सा–साना चैत्य राखेर फेरी माथिल्लो तल्लामा ठूला ठूला चैत्यहरू राखेका हुन्छन्। यी चैत्यहरू जहिले पनि विजोर संख्यामा हुन्छन्। बीचको चैत्य ठूलो हुन्छ ।

 
प्रायः बहिलको छानामा सानो देगल जस्तैएउटा चतुष्कोणको गजुरको रूपमा निर्माण भएको हुन्छ । कसैको विचारमा यही बहीलको विशेषता हो । तर हिरण्यवर्ण महाविहार पाटनमा जस्तै कुनै कुनै बहालमा मुख्य देव प्रतिमातिरको छानामा चैत्य र कुनानिरको छानामा फेरी बहिलमा जस्तो चतुष्कोण देगल गजुर पनि नभएको होइन ।
विहारको अगाडि पडाडिको चौकहरू नेपाली विहारका अर्को विशेषता हो । प्राचीन बहिलहरू धेरैजसो कि त पर्वतको टुप्पामा वा थुम्कोमा हुन्थ्यो कि त समतल स्थानमा भए नदीकोकिनारामा हुन्थ्यो । समतल जमीनमा निर्माण गरिने बहालहरू प्रशस्त रूपमा अगाडि पछाडि चौक वा खुल्ला ठाउँ हुन्थ्यो । पाटनका हिरण्यवर्ण महाविहार श्री रूद्रवर्ण महाविहार यसको नमुना हो । पाटन दरबारका अगाडीका मल्लकालीन मन्दिर देगलहरू हटाएर दरबारको स्थानमा विहारलाई स्थापना गरेर विहारका अगाडी पछाडीका चोक वा खुल्ला ठाउँ स्पष्ट देखापर्दछ । नेपालका विहारहरूका मूल देवता शाक्यमुनि बुद्ध हुन्। यसै ऐतिहासिक परम्परालाई पन्छाउन नसकेर पनि विकसित र लोकप्रिय भएको महायानी बौद्ध संस्कृतिले शाक्यमुनि बुद्धलाई यथा स्थान राखिकन आगमदेवता वा गुह्य देवतालाई ठीक
शाक्यमुनि बुद्धकै माथि माथिल्लो तल्लामा प्रतिस्थापित गरेको देखिन्छ । प्रायः बहालहरूमा शाक्यमुनि बुद्धको अर्को एउटा सानो बुद्धप्रतिमा राख्ने नेपाली परम्परा छ । लोक प्रचलन रूपा यस सानो प्रतिमालाई राहुलभद्र भन्ने गर्दछ । कुनै कुनै बहिलमा मैत्रेय बुद्धको प्रतिमा पनि हुने गर्दछ जस्तो वकुबहिलमा ।

 
प्रत्येक विहारमा इनार हुनु र निकाशा हुनु नेपाली विहारको अरू विशेषता हो । इनार नित्य पूजाका लागी आवश्यक अंग भए, निकाशा विहार सुरक्षाका लागी अनिवार्य व्यवस्था हुन्।

2 weeks ago/Wednesday, February 14th, 2018/