निर्वाणसम्म पुग्ने चरणहरु

निर्वाण साक्षात्कार गर्ने क्रममा आर्य पुद्गलहरु मार्ग र फलको हिसाबले चार चरण पार गर्दछन् । संक्षेपमा ती चार चरणहरुलाई यसरी व्याख्या गर्न सकिन्छ ।

 

१) सोतापत्ति;
क. तिन वटा बन्धनलाई चुडालिसकेको हुन्छ । ती हुन् सक्काय दिट्ठी, बिचिकिच्छा र शिलवत्त परामास ।
ख. अपायभुमिमा प्रतिसन्धि हुँदैन । 
ग. बढीमा सात पटकसम्म प्रतिसन्धि (जन्म) हुन्छ ।

 

२) सकृदागामी;
क. माथिको तीन वटाको साथै अर्को दुई वटा बन्धनलाई पनि खुकुलो पारिसकेको हुन्छ । ती हुन् – कामराग, पटिघ ।
ख. अपायभूमिमा जन्म हुदैन, कामभूमिमा मात्र हुन्छ ।
ग. एक पटक मात्र प्रतिसन्धि हुन्छ ।

 

३) अनागामी;
क. माथि भनिएको काम राग र पटिघ लाई पूर्णतया चुँडालिसकेको हुन्छ ।
ख. काम भुमिमा अब कहिल्यै फर्केर आउदैन ।
ग. रुप वा अरुप ब्रह्मलोकमा जन्म भई त्यहिबाट निर्वाण प्राप्त गर्छ ।

 

४) अर्हत;
क. दस बन्धन मध्ये अर्को बाँकि पाँच बन्धनहरु रुपराग, अरुपराग, मान, उद्धच्च र अविद्या सबै नै चुँडालिसकेको हुन्छ ।
ख. अब कुनै पनि लोक वा भुवनमा उसको प्रतिसन्धि हुँदैन ।
ग. यहि नै उसको अन्तिम जन्म हुन्छ । क्लेश समुल नास हुन्छ । दुखमुक्त हुन्छ । साँचो अर्थमा उसले निर्वाण प्राप्त गर्छ ।

निर्वाण प्राप्त व्यक्ति कस्तो हुन्छ भन्ने प्रश्नको उतर रतन सुत्रमा यसरी उल्लेख भएको स्मरण गर्न सकिन्छ ।

“सबै पुराना कर्म संस्कार क्षिण भईसकेको, नयाँ कर्म संस्कार संचय हुने सम्भावना छैन । उसको चित्त पुनर्जन्मबाट मुक्त भई सक्यो । तृष्णा राम्ररी नै उन्मूलन भईसकेको ले जसरी बत्ति झ्याप्प निभ्छ, त्यसरी नै उसले महापरिनिर्वाण प्राप्त गर्छ ।”

साभार Buddhism in Nepal फेसबुक पेजबाट

1 month ago/Thursday, October 12th, 2017/