बौद्ध जातकहरुका बारेमा

जीवन कुमार शाक्य
जातकहरुको निश्चित संख्या कति छ, यस्को निर्णय गर्नु बड़ो कठिन छ । लंका, बर्मा र सिआममा प्रचलित परम्परा अनुसार जातक ५५० छन् । समन्तपासादिकाको निदान कथामा पनि जातकहरुको यतिनै भनिएकोछ । ‘‘पण्णासा धकनि पञ्चसतानि जातकंति वेदितब्बं।‘‘ अट्ठसालिनीको निदान कथामा पनि -पण्णासाधिकानि पञ्चजातकसतानि‘‘ छ । संख्या अनुमानित नै निश्चित गरिएको छ । जातकको वर्तमान रूपमा ५४७ जातक कथाहरु पाईन्छ । तर यो सँख्या पनि माथि माथि छ। जातकट्ठवण्णनाकार ले विषयवस्तुको दृष्टिले यसलाई पाँच वर्गहरुमा विभाजित गरेकोछ-
• १ पच्चुपन्नवत्थु – बुद्धको वर्तमान कथाहरुको संग्रह हो ।
• २ अतीतवत्थु – यस्मा अतीतको कथाँहरु संगृहीत छ ।
• ३ गाथा
• ४ वैय्याकरण – गाथाहरु व्याख्यायित गरिएकोछ ।
• ५ समोधन – यस्मा अतीतवत्थुको पात्रहरुको बुद्धको जीवनकालको पात्रहरु सित सम्बन्ध भनिएकोछ ।

 

जातकको केहि कथाहरु अल्प रूपान्तरको साथ दुई ठाउँ पनि पाइन्छ या एकअरुमा समाविष्ट पनि गरिएकोछ, र यसै प्रकार केहि जातक कथाहरु सुत्त-पिटक, विनय-पिटक, तथा अन्य पालि ग्रन्थहरुमा त पाईन्छ, तर जातकको वर्तमान रूपमा संगृहीत छैन। अतः जातकहरुको संख्यामा धेरै कमीको पनि अरु बृद्धिको पनि सम्भावना छ । उदाहरणतः मुनिक जातक(३०) र सालूक जातक(२८६) को कथावस्तु एकै जस्तो छ, तर केवल भिन्न-भिन्न नामहरुबाट त्यो दुई ठाउँमा आएको छ । यसलाई विपरीत ‘मुनिक जातक’ नामको दुई जातक हुँदै त्यस्को पनि कथा भिन्न-भिन्न छ ।
यही कुरा मच्छ जातक नामको दुई जातक पनि छ। कतै-कतै दुई स्वतन्त्र जातकहरु मिसाएर तेश्रो जातकको निर्माण गरेकोछ । उदाहरण को लागि पञ्चपण्डित जातक(५०८) र दकरक्खस जातक(५१७) यि दुबै जातक महाउमग्ग जातक(५४६) मा अन्तर्भावित छ । जुन कथाहरु जातक-कथाको रूपमा अन्यत्र पाईन्छ, यद्यपि जातक’ मा संगृहीत छैन, उन्को पनि केहि उल्लेख गर्नु आवश्यक होला । मज्झिम निकाय को घटिकार- सुत्त या घटीकार सुत्त (२/४/१) एक यस्तो नै जातक कथाहो , जुन ‘जातक’ मा पाईदैन । यसै प्रकार दीर्घनिकायको महागोविन्द सुत्त(२/६) जुन स्वयं जातकको निदान कथामा पनि ‘महागोविन्द जातक’ को नामबाट निर्दिष्ट भएकोछ, जातकको भित्र पाईदैन । यसै प्रकार धम्मपदट्ठ कथा र मिलिन्द पञ्हमा पनि केहि यस्तो जातक-कथाहरु उद्धृत गरिएकोछ, जुन जातकमा संगृहीत छैन ।
अतः केहि जातक निश्चित रूपले कति छ यस्को ठिक निर्णय हुन सक्दैन ।

 

जब जातकहरुको संख्याको सम्बन्धमा विचार गर्छौ तब जातकसित हाम्रो तात्पर्य एक विशेष शीर्षकको कथा सित हुन्छ, जस्मा बोधिसत्वको जीवन-सम्बन्धी कुनै घटनाको वर्णन होस, अनि चाहे त्यस एक जातकमा कति नै अवान्तर कथाहरु किन बनाईएको होस । यदि जम्मा कथाहरु गनियो भने जातकमा करीब तीन हजार कथाहरु पाईन्छ । वास्तवमा जातकहरको संकलन सुत्त-पिटक र विनय-पिटकको आधारमा गरिएकोछ । सुत्त -पिटकमा अनेक यस्तो कथाहरु छ जस्को उपयोग वहाँ उपदेश दिनको लागि गरिएकोछ । यद्यपि बोधिसत्वको उल्लेख त्यस्मा छैन । यो काम पछि गरेर प्रत्येक कथालाई जातकको रूप दिईयो । तित्तिर जातक(३७) र दीघित कोसल जातक(३७१) को निमार्ण यसै प्रकार विनय-पिटक को क्रमशः चुल्लवग्ग र महावग्गबाट गरिएकोछ । मणिकंठ जातक(२५३) पनि विनय-पिटक मै आधारित छ । यसै प्रकार दीर्घ-निकायको कूटदन्त सुत्त(1१।५) र महासुदस्सन सुत्त(२/४) तथा मज्झिम निकायको मखादेव सुत्त(२/४/३) पनि परै अर्थहरुमा जातक हो । कम भन्दा कम१३ जातकहरुको खोज विद्वानहरुले सुत्त पिटक र विनय-पिटकमा गरेकोछ । यद्यपि राजकथा चोर-कथा एवं यसै प्रकारको भय, युद्ध, ग्राम, निगम, नगर, जनपद, महिला , पँधेरो, भूत-प्रेत आदि सम्बन्धी कथाहरुलाई तिरश्चीन (व्यर्थको, अधम) कथाहरु भनेर भिक्षु संघमा हेयता को दृष्टि ले हेरिन्थ्यो। त्यहिपनि उपदेशको लागि कथाहरको उपयोग भिक्षुहरु केहि-न-केहि मात्रामा गर्थे ले। स्वयं भगवानले पनि उपमाहरु र दृष्टान्तहरु द्वारा धर्मको उपदेश दिनुभएकोछ । बौद्ध संस्कृत ग्रन्थ सद्धर्मपुण्डरीक सूत्रको द्वितीय परिवर्त (उपाय कौशल्य-परिवर्त)मा पनि भनिएकोछ बुद्ध अनेक दृष्टान्तहरुबाट (दृष्टान्तशतेहि) तथा जातक(पूर्वजन्म सम्बन्धी कथाहरु) द्वारा सबै प्राणिहरुको कल्याणार्थ उपदेश गर्नुहुन्छ ।

 

बुद्धको अतिरिक्त अन्य भारतीय सन्त पनि उपनिषदहरको कालबाट लिएर रामकृष्ण परमहंसको समय सम्म आख्यायिकाहरु र दृष्टान्तहरुको सहारामा धर्मोंपदेश गर्दैछन । यसै प्रवृत्तिको आधारमा जातककथाहरुको विकास भएकोछ । जन समाज मा प्रचलित कथाहरुलाई पनि कही-कहीं लिएकोछ, यद्यपि त्यसलाई एक नयाँ नैतिक रूप दिईएकोछ, जुन बौद्ध धर्मको एक विशेषता हो । अतः सबै जातक कथाहरमा बौद्ध धर्मको पूरै छाप छ । पूर्व परम्पराबाट आउँदै लोक-आख्यानहरको आधार उन्ममा हुन सक्छ, तर त्यस्को सम्पूर्ण ढाँचा बौद्ध धर्मको नैतिक आदर्शको अनुकूल छ।

 

बुद्ध वचनहरुको वर्गीकरण नौ अंङ्गको रूपमा गरिएकोछ, जस्को नाम हुन् –
१. सुत्त २. गेय ३. वेय्याकरण ४. गाथा ५. उदान ६. इतिबुत्तक ७. जातक ८. अब्भुतधम्म र ९. वेदल्ल।
• सुत्त (सूत्र)को अर्थ हो सामान्यतः बुद्ध उपदेश। दीर्घ-निकाय सुत्त निपात आदिमा गद्यमा राखिएको भगवान बुद्धको उपदेश सुत्त हो।
• गेय्य (गेय)- पद्य मिश्रित अंश (सगाथकं) गेय्य भनिन्छ। ‘‘सब्बं पि सगाथक सुत्तं गेय्यं वेदितब्बं।’’
• वैय्याकरण (व्याकरण, विवरण, विवेचन) त्यो व्याख्यापरक साहित्य हो, जुन अभिधम्म-पिटक तथा अन्य यस्तै नै अंशहरुमा सन्निहित छन्।
• पद्यमा रचित अंग गाथा (पालि श्लोक) भनिन्छ, यथा धम्मपद आदिका गाथाहरु ।
• उदानको अर्थ हो बुद्ध मुखबाट निस्केको भावमय प्रीति-उद्गार या ऊर्ध्व वचन। यी उद्गार सौमनस्यको अवस्थामा बुद्ध मुखबाट निस्केको ज्ञानमयिक गाथाहरुको रुपमा हो । ‘‘सोमनस्सञ्नाणमयिक गाथापटि संयुत्ता।‘‘
• इतिवुत्तक को अर्थ हो- ‘यस्तो भनिएको या यस्तो तथागतले भन्नुभयो।’ ‘‘वुत्त हेतं भगवता‘‘ बाट आरम्भ हुने बुद्ध वचन इतिवुत्तक हो ।
• जातक को अर्थ हो- (बुद्धको पूर्व) जन्म सम्बन्धी कथाहरु। यि जातकमा संगृहीतछ र केहि अन्यत्र पनि त्रिपिटकमा पाईन्छ ।
• अब्भुत-धम्म (अद्भुत धर्म) ति सुत्त हुन, जुन अद्भुत वस्तुहरु योग सम्बन्धी विभूतिहरुको निरूपण गर्छ। अंगुत्तर निकायको ‘‘चत्तारोंमा भिक्खवे अच्छ रिया अब्भुत धम्मा आनन्दे‘‘ जस्तो अंश ‘अब्भुतधम्म’ हो ।
• वेदल्ल ति उपदेश हुन जुन प्रश्न र उत्तरको रूपमा लेखिएकोछ , जस्मा आध्यात्मिक प्रसन्नता र सन्तोष प्राप्त गरेर प्रश्न सधियोस् । ‘‘सब्बे पि वेदं च तुटिठं च लुद्धा पुचिछतसुत्तन्ता वेदल्लं ति वेदितब्बा।‘‘ चुल्ल वेदल्ल सुत्तन्त महा वेदल्ल सुत्तन्त, सम्मादिट्ठि सुत्तन्त, सक्कपञ्ह सुत्तन्त आदि यस्को उदाहरण हो ।

 

क्रमशः……….

2 weeks ago/Monday, October 9th, 2017/