अार्य अष्टाङगीक मार्ग 

(१) सम्याक दर्शन :- सम्याक दर्शन नै प्रज्ञा हो ! दर्शन अर्थ धेरै लाग्छ ! कसैलाई देख्यो दर्शन भन्छ, कसैले आफ्नो देबि , ईस्वर आदिको कल्पना गरेर ध्यान गर्छ र ध्यान बाट मैले ईस्वरको दर्शन गरे, ज्योती आदि आदि दर्शन गरे भन्छन ,त्यो दर्शन यहा लागू हुदैन ! वास्तविक दर्शन भनेको स्वयम् आफुले यथार्थ जान्नु हो ! कसैले पाएको ज्ञान अध्ययन गरेर, सुनेर सच्चा ज्ञान् पाउन सकिँदैन, त्यस ज्ञानले प्रेरणा पाउन सकिन्छ ! वास्तविक ज्ञान भनेको आफैले आफ्नो अनुभव द्वारा पाएको ज्ञानलाई प्रज्ञा अर्थात दर्शन भनिन्छ ! उदाहरण , एउटा बृक्षमा फलेको फल देखेर स्वाद थाहा पाउन सकिँदैन ! त्यही फल कसैले मीठो साथ खाएको देखेर पनि स्वाद थाहा पाउन सकिँदैन तर त्यो फल स्वयम् आफैले खाएर वास्तविक स्वाद थाहा पाउन सकिन्छ ! त्यहिनै वास्तविक यथार्थ ज्ञान् हो ! आफ्नो अनुभूति बाट सत्य प्रकट हुनु ! चार आर्य सत्यको बोध हुनुनै सम्याक दर्शन हो !

 

(२) सम्याक वाणी :- कसैलाई ठग्ने, फसाउने, दुख दिने नियतले झुठो बोल्ने बाट अलग हुनु ! , कसैको चित्त दुख्ने किसिमले तीखो वचन नबोल्न बाट अलग हुनु ! एताको कुरा उता र उताको कुरा यता लगाएर कसैलाई नफुटाउनु , झगडा नगराउनु ! मिलेकोकोलाई प्रोत्साहान गर्नु, नमिलेकोलाई मिलाउनु (चुक्ली लगाउने बाट अलग हुनु) ! फाल्तु कुरा बाट अलग हुनु ! यहि हो सम्याक वाणी !

 

(३) सम्याक कर्म :- कुनै पनि प्राणिको हत्या, बलि , हिन्सा गर्न बाट अलग हुनु ! चोरी डाका गर्न बाट अलग हुनु ! ब्यबिचार, परपुरुष तथा परस्त्री गमन बाट अलग हुनु !

 

(४) सम्याक आजिबिका : – अरुलाई हानी नोकानी हुने जिबिका बाट अलग हुने ! ठगी, नाप तौलमा घड्बड , भ्रष्टाचार , बीष, हतियार, मासु, आदिको ब्यबसायी नगर्ने ! समग्रमा भन्दा अन्याय द्वारा धन आर्जन नगर्ने !

 

(५) सम्याक वायाम :- दुर्बल मनलाई सबल बनाउने ! आफू भित्र भएको दुर्गुण , अकुशललाई जोश जागर, बल द्वारा दुर गर्ने ! ईच्छा शक्ति र जागरले दुर्गुण अकुशल लाई आउन नदिने ! सद गुण कायम राख्ने ! मनमा सदगुण कुशल उत्पन्न गराउने !

 

(६) सम्याक संकल्प :- पन्च काम गुण बाट उत्पन्न हुने अकुशल धर्म मुक्त गर्ने संकल्प गर्ने ! प्राणी हत्या हिंसाबाट टाढा रहि मैत्री कायम राख्ने, सेवा गर्ने ,दान दिने, पुण्य गर्ने संकल्प गर्ने !

 

(७) सम्याक स्मृती :- आफ्नो चित्तमा सजग रहने , होस राख्ने ! सबै प्रकारको कर्म प्रती सजग रहने, होसियारी साथ काम गर्ने ! चित्त र शरिरको प्रपन्चमा सजग रहने !

 

(८) सम्याक समाधी :- कुशल चित्तको एगाग्रतालाई सम्याक समाधी भनिन्छ ! मनमा राग , द्धैष, मोह को आधारमा गरिएको एग्राग्र सम्यक समाधी हुन सक्दैन ! जस्तो : एउटा बकुला पानीमा एगाग्र ध्यानिस्ट हुन्छ तर उसको ध्यानको उद्धेस्य माछा देखोस र समाउ भन्ने हुन्छ, त्यो सम्याक समाधी हुदैन ! राग, द्धैष, मोह क्लेस बाट अलग भैइ गरिएको चित्तको एगाग्रलाई सम्याक समाधी भनिन्छ !

4 months ago/Thursday, July 27th, 2017/