परियत्तिशिक्षा विगतदेखि वर्तमानसम्म

भिक्षु पञ्ञामूर्ति

राजकुमार सिद्धार्थले बोधिज्ञान प्राप्त गर्नुभएपछि सर्वप्रथम पञ्चवर्गीय ब्राह्मणहरुलाई उपदेश दिनु भएको थियोजुन ती ब्राह्मणहरुले बोध गरी बुद्धसमक्ष एही भिक्खुभावद्वारा पूर्ण भिक्षुत्व ग्रहण गर्नुभएको थियो । तत्पश्चात बुद्ध आफै पनि गाउँ तथा शहरमा जानुभई धर्मदेशना गर्नुका साथै आफ्ना शिष्यहरुलाई पनि गाउँ तथा शहरमा गई बहुजन हितबहुजन सुखका लागि चरथ भिक्खवे चारिकं बहुजन हिताय बहुजन सुखाय …” धर्मदेशना गर्न आज्ञा हुनुभएको थियो । स्वयं बुद्धले पनि ४५ वर्षसम्म गाउँ तथा शहरमा चारिका गर्नुहुँदै देशना गर्नुभएका धर्मस्कन्धहरु ८४,००० छन् . जसलाई नवाङ्ग सत्थुसासना अर्थात बुद्धको नवाङ्ग धर्म भनिन्छ । जुन बुद्ध वा भिक्षु वा भिक्षुणीहरुको समुपस्थितिमा श्रवण गरेर अध्ययन गर्नु पर्ने स्थिति थियो बुद्धकालीन समयमा । ती सबै उपदेश वा शिक्षालाई परियत्तिको रूपमा भिक्षु तथा गृहस्थीहरूले अध्ययन अध्यापन अध्योपरान्त गर्दै आईरहेका छन ।

बौद्ध ग्रन्थमा परियत्ति” लाई यसरी व्याख्या गरिएको छ ।

“1. Skill or accomplishment, particularly in the study of the scriptures,

 2. The scriptural corpus itself and by extension the dhamma of teachings of Buddhism”[1]

 साथै पाली अंग्रेजी शब्दकोशमा परियत्तिलाई “accomplishment in the scriptures, study (learning by heart) of the holy text”[2]

 जुन बुद्धवचनहरु त्यस समय सबै मौखिक रुपमा अध्ययन अध्यापन गर्नुपर्ने थियो ।

बौद्ध ग्रन्थमा परियत्तिलाई तीन खण्डमा विभाजित गरेको देखिन्छ।  तीसु पिटकेसु तिविधो परियत्ति भेदो” जुन 1.परियत्ति,2 .पटिपत्ति र3. पटिवेध हुन् ।

परियत्ति भन्नाले अध्ययन अध्यापन गर्नुपटिपत्ति भन्नाले अध्ययन अध्यापन गरेकालाई अभ्यास गर्नु वा व्यवहारमा उतार्नु र पटिवेध भन्नाले जुन अभ्यास गरेको हो त्यसको फल प्राप्त गर्नु वा बोध गर्नु हो ।

 तसर्थ परियत्ति एउटा सारा बुद्धवचन बोध गरिलिने माध्यम हो भन्नु अत्योक्ति नहोला । विना परियत्ति जे हामी अध्ययन गर्छौं त्यो सबै मौलिकताबाट टाढा हुन सक्छ वा गलत हुनसक्छ । जुन गलत अभ्यासबाट फल पाउँछौंत्यो ठीक हुन सक्दैन । त्यसकारण जहाँ परियत्ति हुँदैन त्यहाँ पटिपत्ति र पटिवेध सही तरिकाले अभ्यास गरेको हुँदैन जसले गर्दा सही ज्ञान बोध गरिएको हुँदैन ।

हुन त ज्ञान प्राप्त हुने नै परियत्ति हो जुन अध्ययन अभ्यासको लागि , जब हामी बुद्धवचन सही तरीकाले अध्ययन वा परियत्ति गछौं यही नै सही अभ्यासको लागि पथ प्रदर्शक हुन्छ भने यही नै निर्वाणपथमा पुग्नको लागि सजिलो र सही मार्ग हुनेछ ।

प्राचीन समयमा ब्राह्मण शिक्षा परम्परा नै सबभन्दा पुरानो थियो , जुन वैदिक शिक्षाको रूपमा मानिन्छ । “the Brahmanical system is the most ancient its educational tradition, dating back to the vedic age and followed in this country up to the present, is essentially based on an individual teacher with this small group of disciples and pupils the gurugrah (the teacher’s house as it is term).[3] उपरोक्त भनाई अनुसार प्राचीन समयमा शिक्षित विद्यार्थीहरू आफ्नो गुरुको घरमा शिक्षा हासिल गर्दथ्यो । सायद त्यो वर्ण व्यवस्थाले गर्दा हुन सक्छ , किनकि तत्कालिन समाजमा वर्ण व्यवस्थाको बोलवाला बढी थियो । जसमा ब्राह्मणहरुको बाहुल्यता हरेक क्षेत्रमा देखिन्थे भने महिलाहरूको भूमिका प्राय: शून्यप्राय: रह्यो । तसर्थ मनुस्मृतिमा उल्लेखित छ की 

अध्ययनं मध्ययनं यजनं याजनं तथा – दानं  प्रतिग्राहना ब्राह्मणमाकल्पयत ।।

अध्ययन अध्यापनयज्ञ तथा दानादि धर्मकर्मादि कार्यहरु ब्राह्मणहरुलाई मात्र सीमित रह्यो , बौद्ध शिक्षा ती ब्राह्मण शिक्षा भन्दा भिन्न थियो । सर्वप्रथम बौद्ध शिक्षा वेदमा आधारित थिएन अर्थात केहि सीमित व्यक्तिहरुको लागि मात्र नभई सारा व्यक्ति अर्थात जातभात तथा वर्णभेद्लाई प्राथमिकता नदिई सारा प्राणीहरू जो सत्यको खोजीमा हिंडेका छन् ती सबैलाई खुला रहेको देखिन्छ।  अर्को अर्थमा भन्ने हो भने बौद्ध शिक्षा जातभात वर्णभेद तथा कुनै पनि ओहदालाई समेत नहेरी प्रदान गरिएको देखिन्छ ।

प्राचीन समयमा शिक्षालाई पाँच भागमा विभाजित गरेको देखिन्छ:

1.       जुन अध्यात्म विद्या

2.        हेतु विद्या,

3.        शब्द विद्या,

4.        चिकित्सा विद्या र

5. शिल्पशास्त्र विद्या हुन्

जसले यी विद्या हासिल गरेको हुन्छ ऊ पण्डित अर्थात विद्वान कहलाईन्थ्यो ।

त्यस्तै आधुनिक समयमा आएर शिक्षालाई चार भागमा विभाजित गरेर अध्ययन गरिने गरेको देखिन्छ  1.Family Education (पारिवारीक शिक्षा)- पञ्चशीलमा आधारित भएर पारिवारिक रूपमा अध्ययन गर्ने । 2.Formal Education (औपचारिक शिक्षा) – राम्रो नराम्रोलाई बुझेर अध्ययन गर्ने शिक्षा,

3. Social Education (सामाजिक शिक्षा)-सामाजिक दृष्टिकोणमा आधारित भएर अध्ययन गर्नेर 4.Religious Education (धार्मिक शिक्षा)- धार्मिक रूपमा अध्ययन गरी आध्यात्मिक रूपमा उच्च तहमा पुग्ने 

तर बौद्ध शिक्षालाई मुख्यतया दुई भागमा विभाजन गर्न सकिन्छ । जस्तो की:

1.ग्रन्थ धुर र

2. विपस्सना धुर ।

 बुद्धद्वारा देशित सारा धर्मलाई यी धुरको रूपमा तत्कालीन समयदेखी आजसम्म बौद्धहरूले अध्ययन तथा अभ्यास गरेर आएका छन् । तथापि बुद्धले विना कारण कसैलाई त्यतिकै धर्म देशना गरेको देखिंदैन। किनकि नानत्त सञ्ञा नानत्त काय” हरेक प्राणीमा बोध गर्न सक्ने क्षमता समान नभए जस्तै शारीरिक बनौट पनि समान छैनन । तसर्थ वहाँले स्रोताहरुलाई मध्य नजर गर्नुभई अवस्था अनुसारसमय अनुसार तथा व्यक्ति अनुसार आनुपूर्वी कथाको रूपमा देशना गर्नुभएको थियो 

  जुन दानकथाशीलकथास्वर्गकथाकामादिभवकथा र नैष्क्रमणको आनिशंस देशना गर्नुभई बोध गराउनुभएको थियो । बुद्धकालीन समयमा परियत्ति शिक्षा प्रदान गरेको सत्यज्ञान गर्नसक्ने अर्थात

निर्वाणमार्गमा पुग्नसक्नेलाई वा पुग्नको लागि देखिन्छतापनि आधुनिक परियत्ति शिक्षा भिन्नै अर्थमा सञ्चालन हुँदै आएको देखिन्छ । जस्तो की धम्म स्कूलको रूपमा अर्थात बुद्धधर्म सम्बन्धि केहि ज्ञान प्रदान गर्ने उद्देश्य लिएर गरेको देखिन्छ ।

आजकल सञ्चालन हुँदै आईरहेको परियत्ति शिक्षाको शुरुआत England लाई मान्न सकिन्छ । किनकि त्यस समाज वैज्ञानिक तथा यान्त्रिक रूपमा विकसित हुँदै जाँदा त्यहाँका मान्छेहरूमा समयको अभाव हुन थाल्यो जसले गर्दा तिनीहरु अत्यन्त व्यस्त हुन थाल्यो । जसको परिणाम स्वरूप पारिवारिक भेटघाटलाई दूर बनाई दियो भने धार्मिक गरिविधिमा सरिक हुनबाट वन्चित बनाई दियो । त्यस समस्यालाई हल गर्न Sunday Missionary Education Center को सूत्रपात भयो त्यहाँ ।

 हुन त शुरुवातमा यो शिक्षा पढ्ने र पढाउने कार्यको लागि सञ्चालन गरेको भए तापनि पछी गएर यसको उद्देश्यमा पूर्णत: परिवर्तन भई धार्मिक शिक्षाले ठाउँ लियो । जुन Sunday Missionary Religious School को रूपमा विकसित हुन पुग्यो । जसको परिणाम स्वरुप यसले Religious Missionary को कार्यलाई बढावा दियो ।   

श्रीलंका ब्रिटिसहरूको अधीनमा रहेको समयमा धेरै जसो स्कूलहरू Christian Missionary को अधीनमा सञ्चालन हुँदै गयो । जसको लागि ब्रिटिस सरकार र Public Missionary Fund बाट सहयोग गरिंदै रह्यो । जसले गर्दा श्रीलंकाली जनताहरु आफ्नो कलाकृतिसंस्कृति तथा बुद्धधर्मको अध्ययन अध्यापन तथा अभ्यासबाट वन्चित हुँदै गयो । यसैताका अर्थात १८ औं शताब्दिमासन् १८८० मा Henry Steel Olcott श्रीलंका आइपुग्योजो आफै पनि Sunday Missionary Religious School बाट दीक्षित थियो ।

 तरपनि श्रीलंकाली बौद्ध भिक्षुहरु तथा जनताको सत्संगत र सहिष्णुताले गर्दा Henry Steel Olcott मा बौद्धपन देख्न थाल्यो ।

जसको परिणामस्वरूप उनले Sunday Buddhist School को थालनी गर्नुभयो, जुन Sunday Missionary Religious School को अवधारणाबाट निर्मित भन्दा केहि फरक नपर्ला । तसर्थ श्रीलंकाको Sunday Buddhist School को जन्मदाताको रूपमा Henry Steel Olcott लाई मान्न सकिन्छ । हालसम्म पनि त्यो “दहम् पासल” अर्थात Sunday Buddhist Dhamma School को रूपमा प्रत्येक विहारमा हरेक शनिवार तथा आईतवारका दिन सञ्चालन भैरहेको जो कोहि श्रीलंका जानेहरुले अवलोकन गर्न सकिन्छ भने त्यहाँको सरकारले पनि यसको विकास तथा उत्थानको लागि आवश्यक सहयोग पुर्याउँदै आइरहेको छ ।

थाईल्याण्डको परियत्ति शिक्षा अर्थात् Sunday Buddhist Dhamma School को शुरुआत श्रीलंकाको अनुसरण गरेर सञ्चालन गरेको देखिन्छ । Wat Mahadhatu विहराधिपति तथा 2nd President of the Council of MCU, Bangkok को भिक्षु विमोनलाधम्मा श्रीलंकाको भ्रमणमा जाँदा त्यहाँ सञ्चालित परियत्ति शिक्षाबाट प्रभावित हुनुभयो ।

 आफ्नो श्रीलंका भ्रमण पश्चात बैंकक फर्केर त्यसको अनुकरण गरी बुद्धसंवत २५०१ मा Sunday Buddhist Dhamma School सञ्चालन गरेको देखिन्छ , जुन शिक्षा १२ वर्षको कोर्स रहेको छ ।

नेपालमा थेरवाद बुद्धधर्मको पुनर्जागरण पश्चात अखिल नेपाल भिक्षु महासंघको स्थापना सन १९५१ मा वैधानिक रुपमा भएको थियो। र विभिन्न बौद्ध गतिविधिहरु पनि सुचारू रूपमा सञ्चालन हुँदै गैरहेको देखिन्छ ।तर पनि बौद्ध भिक्षु-अनगारिकाहरु बिदेशिएर बुद्धधर्मको अध्ययन गर्नु पर्ने क्रम भने जारि नै छ ।

 जो बिदेशमा अध्ययन गरेर फर्केका छन्, तिनीहरुले नेपालमा बुद्धधर्म प्रचार-प्रसार गर्न टेवा दिंदै आएका छन् ।यसै क्रममा भिक्षु बुद्धघोष महास्थवीर पनि बर्माको टाउँ पाउक च्याउँ विहारमा बस्नु भएर बुद्धधर्मको ज्ञान हासिल गर्नु भएको थियो ।

 जहाँ परियत्ति शिक्षाको केन्द्र हुनुको साथै श्रामणेर भिक्षु तथा अनगारिकाहरुलाई परियत्ति सद्धम्मपालक भन्ने उपाधि परिक्षा दिने व्यवस्था रहेको थियो । जुन बुद्धघोष महास्थविरले पनि लिनु भएको थियो , आफ्नो अध्ययन पश्चात वहाँ नेपाल फर्किनु भयो ।

सन् १९६२ मा वहाँ नुवाकोट जिल्लाको त्रिशुलीबजारमा अवस्थित सुगतपुर विहारमा वर्षावास बस्नुभएको थियो । यसै क्रममा प्रत्येक दिन विहारमा उपस्थित उपासक उपासिकाहरुलाई धर्मदेशना गर्नुहुन्थ्यो।  उपासक उपासिकाहरुको रुचीलाई मध्यनजर राख्नुभई सानो बौद्ध कक्षा सञ्चालनको थालनी गर्नुभयो । जसमा लिखित तथा मौखिक रूपमा परीक्षा दिने व्यवस्था गर्नुभएको थियो ।

यसरि त्रिशुलीमा अवस्थित सुगतपुर विहारमा सानो अंकुरको रूपमा वीजारोपण गरिएको बौद्ध कक्षाले काठमाण्डौमा आएर ठूलो वृक्षको रूपमा अर्थात नेपाल बौद्ध परियत्ति शिक्षाको रूपमा विकसित हुने अवस्था प्राप्त गर्यो । किनकि बौद्ध परियत्ति शिक्षा वैधानिक रूपमा अखिल नेपाल भिक्षु महासंघलाई हस्तान्तरण गरिएको थियो ।

 जुन तत्कालिन अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु प्रज्ञानन्द महास्थाविरको ६४ औं जन्मदिनको उपलक्ष्य तथा २५०७ औं बुद्धजयन्तीको उपलक्ष्यमा विहान ८:४५ मा पहिलो कक्षासञ्चालन गरियो । जुन रेडियो नेपालदि राइजिंग नेपाल आदिले समाचार प्रसारण गरेको थियो  जुन नेपाली बौद्धहरुको लागि अत्यन्त महत्वपूर्णको खबर रहन गयो ।  

हाल यस परियत्ति शिक्षा प्रारम्भ देखि कोविद्सम्म १० वर्षे कोर्षको अध्ययन गर्ने व्यवस्था गरिएको छ भने , कोविद उत्तीर्ण भएकाहरुलाई उपाधि प्रदान गर्ने व्यवस्था रहेको देखिन्छ  साथै यस परियत्ति शिक्षा नेपाल अधिराज्यभर ३२ वटाभन्दा बढि केन्द्रहरू सञ्चालनमा रहेको देखिन्छ भने , कुनै कुनै जिल्लाहरुले नयाँ केन्द्रहरुको सञ्चालनार्थ आवेदन दिएको पाईयो ।

 हालसम्म पनि यो शिक्षा नेवार समुदायकाहरु माझ मात्रै बढि केन्द्रित रहेको पाइयो । कुनै पनि वस्तु कुनै समुदायको लागि मात्र सीमित हुनु नै त्यसको विकास गतिलाई मन्द पार्नु हो भन्नु अत्युक्ति नहोला ।

 हुन त सीमित साधन र स्रोत परिचालन गरी नेवार भिक्षुहरु तथा विद्वानहरूद्वारा लिखित तथा अनुदित ग्रन्थहरु नै यसको पाठ्यपुस्तकको रूपमा राखेको देखिन्छ , तापनि हाल आएर बहुसंख्यक पुस्तकहरु नेपाली भाषा तथा अन्य भाषामा पनि उपलब्ध हुनु हर्षको कुरा हो ।

 तर अफसोचको कुरा के छ भने हरेक केन्द्रमा आर्थिक स्रोतको अभाव टड्कारो रुपमा खड्किएको देखिन्छ भने प्राय:जसो सक्षम शिक्षक-शिक्षिकाहरुको अभाव पनि त्यतिकै रहेको देखिन्छ। साथै भएका सिमित शिक्षक-शिक्षिकाहरुको तर्फबाट पारिश्रमकोआवाज पनि बेला बेलामा उठेको देखिन्छ ।

एकातिर नेपाली बौद्धहरुले Christian Missionary को जागरणलाई खेप्नु परिरहेको छ भने अर्कोतिर नेपाल सरकारको सौतेली व्यवहार नेपाली बौद्धहरुले भोग्नु परिरहेको तीतो सत्य हामी सामु ताजै छ ।

जे जस्तो भए तापनि यस नेपाल बौद्ध परियत्ति शिक्षाको माग तथा प्रसिद्धिले यो सिद्ध गरेको छ की नेपालीदाताहरुस्वयंसेवककल्याणमित्रहरु तथा भिक्षु-अनगारिकाहरुको देन यसमा असीमित र प्रशंसनीय रहेको छ ।

 सीमित स्रोत साधन बाबजुत पनि यसलाई व्यवस्थित रूपमा निरन्तर रूपमा अगाडी बढाउन असीमित प्रयास गरिंदै आएको छ । धेरैजसो यसको सन्चालन विहारहरुमा हुँदै आएको देखिन्छ भने प्रत्येक विहारमा यसको अनिवार्य रूपमा कक्षा सञ्चालन गर्नुपर्ने अपरिहार्यता देखिन आएको छ । जसले गर्दा आ-आफ्नो विहारहरुमा बौद्ध गतिविधिको एउटा खुद्किला थपेको हुनेछ ।

 बौद्ध विहारलाई प्राथमिकता दिएर यसको सञ्चालन सकेसम्म विहारका भिक्षु-अनगारिकाहरुको सहभागितामा सञ्चालन गर्न सके यसले सुनमा सुगन्ध थपिने छ। किनभने विहार एउटा बौद्धहरुको पवित्र केन्द्रस्थान हो ।

 जहाँ बाल-बालिकाहरुकाई घुलमिल गराउन सके तिनीहरु बौद्ध वातावरणमा अर्थात विहारको वातावरणमा हुर्किने मौका पाउनेछ। साथै भिक्षु-अनगारिकाहरु संग सत्संगत हुनेछ जसले गर्दा बालबालिकाहरुमा बुद्धधर्मको प्रभाव स्वत: पर्नेछ 

[1] Damien Keown, Dictionary of Buddhism, (London Oxford University Press, 2003), p. 213

 [2] T. W. Rhys Davids and William Sted. Ed. Pali-English Dictionary, (Oxford: PTS, 1966), p. 432

 [3] P. V. Bapat ed. 2500 years of Buddhism, New Delhi, Government of India, 1977, p. 156

साभार : आनन्द भूमि, वर्ष ३३ – अंक २ काे सम्पादित अंश ।

1 month ago/Thursday, August 24th, 2017/